×

NMB BANK
NIC ASIA

अनसन तोडेको केहि दिनमै यता देखिए डा. गोविन्द केसी

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

रौतहट, ५ माघ — स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । 

Muktinath Bank


रौतहटको गढीमाई नगरपालिका–२ समनपुरमा बिहीबार आयोजित शिविरमा स्वास्थ्य परीक्षण गर्दै डा. गोविन्द केसी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । डा. केसी आएको सूचना पाएपछि समनपुरका योगी साह सोनार पक्षाघातले थलिएकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साहलाई ह्वीलचेयरमा लिएर आएका थिए । केसीले करिब १५ मिनेट समय लगाएर उर्मिलाको स्वास्थ्य परीक्षण गरेका थिए । जाडोले काम्दै गरेकी उर्मिलालाई उनले एक थान कम्बल पनि दिएका थिए ।
यस्तै, समनपुरकै ७० वर्षीया मौलादेवी साहलाई पनि केसीले शिविरमै स्वास्थ्य परीक्षण गरेर कम्बल उपलब्ध गराएका थिए । चिकित्सक अभिषेकराज सिंहका अनुसार शिविरमा आएका अधिकांश बिरामीमा उच्च रक्तचाप देखिएको छ । उनले भने, ‘अशिक्षा र गरिबीका कारण अधिकांश बिरामी उपचार नगराई घरमै बस्ने गरेको पाइएको छ ।’ केसीको टोलीलाई प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख तेजनारायण यादवसहितका स्वास्थ्यकर्मीले सघाएका थिए ।
केसीले घरघरमा पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए । उनले गढीमाईको हरैया, टोकार, समनपुर, लक्ष्मीपुर र सुन्दरपुरका १ सय वृद्धवृद्धा एवं बालबालिकालाई न्यानो कपडा ज्याकेट, टोपी, कम्बल वितरण गरेका थिए, कान्तिपुरमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x