×

NMB BANK
NIC ASIA

केन्द्रीय कार्यसमिति बैठकमा देउवा एउटा कुरा गर्ने केन्द्रीय सदस्यहरू अर्कै कुरा गर्ने !

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ - निर्वाचनपछि पहिलोपल्ट बिहीबार बसेकोे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना भएको छ । बैठकको सुरुमै देउवाले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा सल्लाह मागे पनि केन्द्रीय सदस्यहरूले निर्वाचनमा पराजयको मुद्दालाई प्राथमिकतामा राख्दै बोलेका थिए । बिहीबार साँझसम्म २८ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

Muktinath Bank

सभापति देउवाले आफ्नो लिखित मन्तव्यमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पार्टीका सबै तह र मतदातालाई धन्यवाद दिँदै आसन्न राष्ट्रियसभा निर्वाचनमा कसरी जाने भन्नेमा केन्द्रीय सदस्यहरूको राय मागेका थिए । निर्वाचनमा पार्टी पराजयको विषयमा भने गम्भीर समीक्षा गर्नुपर्ने भन्दै उनले अर्को बैठक बोलाउने बताए । तर, केन्द्रीय सदस्यहरूले यही बैठकमा छलफल गर्न जिकिर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभापति देउवाले निर्वाचनमा पार्टीले बेहोरेको हारको सन्दर्भमा राष्ट्रियसभा निर्वाचनपछि अर्को बैठक डाकेर छलफल गर्ने बताउनुभएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘निर्वाचन समीक्षा गम्भीर ढंगले गर्नुपर्ने उहाँको भनाइ छ ।’


Advertisment
Nabil box
Kumari

देउवालगत्तै बोल्न थालेका केन्द्रीय सदस्यहरूले राष्ट्रियसभा निर्वाचनभन्दा पनि पार्टीमा नेतृत्व र त्यसको केही नजिक मानिसहरू हाबी भएको भन्दै पार्टी नेतृत्वलाई सच्चिन आग्रह गरे । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, कल्याण गुरुङ, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, चन्द्र भण्डारीलगायतले नेतृत्वको कडा आलोचना गरे । अधिकांश नेताले देउवाको आलोचनामै समय खर्चिए । उनीहरूले विधानविपरीत गठन गरिएको कार्यसम्पादन समिति र संसदीय बोर्ड विघटन गर्न माग गरे भने विधानअनुसार नयाँ समितिहरू चाँडै गठन गर्न सुझाएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ  ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x