×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभामा सात र राष्ट्रियसभामा तीन समिति प्रस्ताव

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ– संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा अधिवेशनको टुंगो नलाग्दै दुवै सदनका नियमावली तयार पारेको छ । विगतमा सांसद सम्मिलित समितिले बनाउने नियमावलीको ड्राफ्ट बनाएर दुवै बैठक सञ्चालन सहज बनाउन पहल गरिएको सचिवालयले जनाएको छ ।

Muktinath Bank

‘नियमावलीहरूलाई अन्तिम रूप दिन माननीयज्यूहरूकै समिति बन्छ’, संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘यसबीच सचिवालयले ड्राफ्ट तयार पारेकाले नियमावलीमा धेरै समय अल्मलिनु पर्दैन ।’ पहिलो संविधानसभा र दोस्रो संविधानसभामा नियमावली बनाउनै ६र६ महिना लागेको थियो । ‘अब त्यस्तो हुँदैन’, प्रवक्ता गौतमले भने, ‘सचिवालयले तयार पारेका नियमावलीमा सामान्य सुधार र परिमार्जन गरे पुग्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालयले प्रतिनिधिसभामा ७ र राष्ट्रियसभामा ३ वटा विषयगत समिति प्रस्ताव गरेको छ । मन्त्रालय र सांसद संख्या घट्ने भएकाले समितिको संख्या पनि घटाउन प्रस्ताव गरिएको प्रवक्ता गौतमले जनाए । संविधानसभाबाट रूपान्तरित संसदमा १२ वटा विषयगत र दुई वटा विशेष समिति थिए । सचिवालयले प्रतिनिधिसभामा अर्थ तथा उद्योग, अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा मानवअधिकार, कृषि तथा प्राकृतिक स्रोत, राज्य व्यवस्था, विकास तथा प्रविधि, सामाजिक न्याय र सार्वजनिक लेखा समितिको प्रस्ताव गरेको छ।


Advertisment
Nabil box
Kumari

सचिवालयले तयार पारेको नियमावलीको ड्राफ्टमा राष्ट्रियसभातर्फ दिगो विकास तथा वातावरण, विधायन र सुशासन तथा अनुगमन समितिको प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाका विषयगत समितिमा बढीमा ३५ सदस्य रहनेछन् भने राष्ट्रियसभाको विधायन समितिमा २९ र अन्यमा १५ जनासम्म सदस्य रहनेछन्।

Vianet communication
Laxmi Bank

संविधानको धारा २ सय ९२ अनुसार संसदीय सुनुवाइ विशेष समिति भने दुवै सदनको संयुक्त बन्नेछ। १५ सदस्यीय समितिले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतको संसदीय सुनुवाइ गर्नेछ । प्रतिनिधिसभामा संविधान कार्यान्वयन, अनुगमन तथा निर्देशन विशेष समिति पनि गठन हुनेछ । ड्राफ्टअनुसार उक्त विशेष समितिले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन भएरनभएको अनुगमन र मूल्यांकन गर्ने, संघीयता कार्यान्वयन सम्बन्धमा अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन दिनेछ। विशेष समिति गठनमा समानुपातिक समावेशी पद्धतिअनुसार सदस्य राख्नुपर्ने सचिवालयको प्रस्ताव छ। समितिका ५ वटा बैठकमा लगातार अनुपस्थित हुने सदस्यलाई सभापतिले सदस्यबाट हटाउन पाउने प्रस्ताव गरिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x