मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेको शनिवार (जनवरी २० मा) एक वर्ष हुँदैछ । शपथग्रहण वक्तव्यमा उनले ‘अमेरिकालाई फेरि महान् बनाउने’ र ‘आफ्नो देशका बिर्सिइएका सामान्य जनतामा शक्ति फर्काउने’ घोषणा गरेका थिए । तर एक वर्षमा ट्रम्पले यसको ठीक विपरीत काम गरेको अनुभूति हुन्छ । ट्रम्पको शासनकालमा अमेरिका महान् हुनु त परै जाओस् उसको अन्तर्राष्ट्रिय छवि नै धूमिल भएको छ ।
अमेरिकाको विदेशनीतिमा अनेकौं असफलताहरू देखिएका छन् : उत्तर कोरियासँग आणविक युद्धको सम्भावना बढेर गएको छ, पश्चिम एसियामा शान्तिका प्रयासहरू बिग्रेका छन् अनि रुस, चीन र इरानलाई चिढ्याउने काम भएको छ । यसबाटै अमेरिकाको विश्वसमक्ष प्रस्तुत छवि बिग्रेको दाबी गर्न सकिन्छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानका बेलामा अमेरिकालाई अर्को देशको युद्धमा नफसाउने भनेको भएपनि उनको प्रशासनले हालै सिरियामा ३० हजार लडाकूको नयाँ सीमाबल गठन गर्ने घोषणा गरेको छ ।
‘अमेरिका पहिला’ अर्थात् विदेशी विषयमा नअल्झिएर अमेरिकाका सामान्य कामदार र तिनका परिवारलाई उकास्ने प्रतिबद्धता उनले जाहेर गरेका थिए । तर सामान्य गरीब जनतालाई हित हुने काम उनले गरेनन् । उल्टो उनले धनीहरूका लागि करकटौती गराउने विधेयक कंग्रेसबाट पारित गराए । यसले अब व्यापारिक संस्थानहरूलाई धनी बनाउँछ अनि ट्रम्पजस्ता अर्बपति व्यापारीहरूलाई फाइदा गर्छ ।
शपथग्रहण समारोहको सम्बोधनका क्रममा उनले उल्लेख गरेका ‘बिर्सिइएका मानिस’ ले उनको करसम्बन्धी कानूनबाट कुनै आर्थिक लाभ प्राप्त गर्ने देखिँदैन ।
हुन त ट्रम्पको शासनकालमा अमेरिकाको आर्थिक वृद्धि भएको छ र रोजगारी सिर्जना भएका छन् तर ट्रम्पलाई त्यसको श्रेय दिन अर्थविद्हरू हिचकिचाउँछन् । पूर्ववर्ती ओबामा प्रशासनले अमेरिकी अर्थतन्त्र उकास्नका लागि गरेको प्रयत्नको ब्याज ट्रम्पले खाएको विश्लेषणहरू भेटिन्छन् । उनको एकमात्र आर्थिक कदम भनेको करसम्बन्धी कानून हो तर त्यसले अमेरिकाको मध्यमवर्गलाई खासै फाइदा दिने देखिँदैन जबकि उनले एक वर्षअघि त्यही वर्गको हित गर्ने प्रतिज्ञाका आधारमा चुनाव जितेका थिए ।
अमेरिकी जनतालाई ट्रम्पले लाभ दिन नसक्नु एउटा कुरा भयो तर उनको विभेदकारी विदेशनीति चाहिँ अमेरिकाबाहिरका मानिसको चासोको विषय हो । विडम्बना नै भन्नुपर्छ, ट्रम्पले नश्लीय भेदभावयुक्त अमेरिकी विदेशनीतिमा कुनै परिवर्तन ल्याएनन् ।
निश्चित देश र धर्मका मानिसलाई अमेरिका छिर्न नदिन उनले ल्याएका नियमहरू आफैंमा विभेदकारी छँदैछन् । तर अर्को देशको शासन परिवर्तन गर्ने र ‘लोकतन्त्रको उपहार दिने’ नाममा अमेरिकाले गर्ने अनावश्यक हस्तक्षेप नीतिलाई ट्रम्पले कायमै राखे । नश्लीय अवचेतनमा आधारित रही ‘अर्को देशका मानिसले शासन गर्नै जान्दैनन् र हामीले नै उनीहरूलाई सिकाउनुपर्छ अनि हाम्रो कुरा मान्ने व्यक्ति नै उक्त देशको शासक हुनुपर्छ’ भन्ने विभेदकारी विदेशनीति अमेरिकाले अपनाएको छ र ट्रम्पले यसलाई निरन्तरता दिए ।
इरानसँगको आणविक सम्झौता ट्रम्पका पूर्ववर्ती बाराक ओबामाले सन् २०१५ मा गरेका थिए । त्यसलाई संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त छ अनि रुस, चीन र युरोपेली संघले पनि त्यसमा समर्थन जनाएका छन् । तर ट्रम्पले यो सम्झौताको बारम्बार निन्दा गरिरहेका छन् अनि इरानविरुद्ध विषवमन गरिरहेका छन् । इरानमा हालै भएको विरोध प्रदर्शनलाई समर्थन जनाउँदै उनले शासन परिवर्तनको पक्षमा आफूलाई उभ्याएको देखियो ।
विदेशनीतिलाई हलुका रूपमा लिँदै उनले ट्वीट गर्ने गरेका छन् र आलोचकहरूले यसलाई ‘ट्वीप्लोमेसी’ नाम दिएका छन् । यसैक्रममा उनले उत्तर कोरियाका नेता किम जोङ–उनलाई ‘रकेट म्यान’, ‘मोटे’, ‘पागल’, ‘तेरोभन्दा मेरो आणविक बटन ठूलो छ’ जस्ता होच्याउने किसिमका ट्वीट गरिरहे । अनि विदेशमन्त्री रेक्स टिलरसनले कूटनीतिमार्फत कोरियाली समस्या समाधान गर्ने भनेपनि उनले टिलरसनले समय व्यर्थमा खर्च गरिरहेको टिप्पणी गरे । यसबाट उनको धाकधम्कीयुक्त विदेशनीतिलाई प्रस्ट पार्छ र यो विश्वका लागि खतरनाक सन्देश हो ।
त्यस्तै ट्रम्पले जलवायु परिवर्तनको असरलाई रोक्ने पेरिस सम्झौताबाट पछि हटेर विश्वलाई नै जोखिममा पार्ने काम गरेका छन् । ट्रम्प पृथ्वीमा जलवायु परिवर्तनका कारण परिरहेको गम्भीर असरका बारेमा वैज्ञानिकहरूले दिएको चेतावनीलाई विश्वास गर्दैनन् र अमेरिकी आर्थिक वृद्धिलाई रोक्ने षड्यन्त्रका रूपमा यसलाई लिन्छन् ।
त्यस्तै उनले अमेरिकाका सामान्य जनतालाई आवश्यक शिक्षा तथा स्वास्थ्य सेवामा पैसा खर्च गर्नुभन्दा सैन्य बजेटलाई बढाउनतर्फ ध्यान दिएका छन् । अमेरिकी पूँजीवादलाई गतिशील बनाउने हतियारउद्योगलाई उनको नीतिले प्रोत्साहन दिने देखिन्छ । सेनामा थप खर्च गरेर उनले अमेरिकालाई अन्य देशको द्वन्द्वमा थप फसाउने संकेत पाइँदैछ ।
अन्य देशप्रतिको उनको अभिव्यक्तिले नै उनको विदेशनीतिलाई झल्काउँछ । हालै आप्रवासनसम्बन्धी एक बैठकमा उनले हाइटी, एल साल्भाडोर र केही अफ्रिकी मुलुकलाई ‘दिसाको खाल्डो’ भनी नामकरण गरे । विभेदकारी नश्लीय टिप्पणीका लागि उनको कडा आलोचना भएपछि उनी र उनको दल रिपब्लिकन पार्टीले क्षति नियन्त्रण गर्न खोज्यो । रिपब्लिकन समर्थकहरूको आवाज बोल्ने फक्स टीभीका जेस्सी वाटर्सले ट्रम्प आफ्ना समर्थकहरूले जस्तै कडा बोलेको टिप्पणी गरे । ‘अमेरिकाका बिर्सिइएका पुरुष र महिलाले भट्टीमा यसरी नै बोल्छन्,’ उनले भने ।
यो वाहियात टिप्पणी हो किनकि सबै गरीब र बिर्सिइएका मानिस यस्तै असभ्य हुन्छन् भन्ने छैन । अर्को कुरा, राष्ट्रपति ट्रम्प भट्टीमा थिएनन्, सांसदहरूसँगको महत्त्वपूर्ण बैठकमा थिए । त्यसैले उनले जे पायो त्यही बोल्न मिल्दैन । आप्रवासीहरूले बनाएको समतामूलक मुलुकलाई प्रतिनिधित्व गर्ने व्यक्तिले यस्तो हलुका टिप्पणी गर्न सुहाउँदैन ।
वास्तवमा ट्रम्प र उनका आलोचकहरूले अमेरिकाका बिर्सिइएका सामान्य व्यक्तिको सही चित्रण गरिरहेका छैनन् । बिर्सिइएका व्यक्तिहरू गोरा जातिवादी हुन् भनी ट्रम्प र उनका आलोचक दुवै मान्छन् । त्यसैले त ट्रम्पले मतदाता भड्किएलान् भन्ने आधारहीन डरले गर्दा डेभिड ड्युक जस्ता गोरा नश्लवादीलाई आलोचना गर्दैनन् अनि मुसलमानहरूका बारेमा नकारात्मक कुरा गर्ने ब्रिटेन फर्स्ट जस्ता संस्थाका भिडियोलाई रिट्वीट गर्छन् । अनि ट्रम्पका आलोचक पनि बिर्सिइएका व्यक्ति सबै नश्लवादी हुन् र ट्रम्पले तिनको भाषा बोलेका हुन् भन्ने मान्यता राख्दै तिनको आलोचना गर्छन् ।
तर ती बिर्सिइएका व्यक्ति भनेका विभेदकारी पूँजीवाद र न्यायविहीन विश्वव्यापीकरणप्रति रुष्ट गरीब तथा सामान्य मानिसको जमात हो । उनीहरू रोजगारीबाट वञ्चित हुनुपरेकोमा दुःखी र रुष्ट छन् । वाशिङटन डीसीले आफूलाई बेवास्ता गरेकोमा रुष्ट त्यो जमातले यसअघि पनि आशाको सन्देश दिने ओबामालाई जिताएको थियो भने एक वर्षअघि ‘वाशिङटनको हिलो सुकाउने’ प्रतिज्ञा गरेकाले ट्रम्पलाई जिताएका हुन् । उनीहरू नश्लवादी होइनन्, विकृत पूँजीवादका पीडित हुन् । ट्रम्प जस्तो जोकरलाई छानेर उनीहरूले धोका पाएका मात्र हुन् ।
नश्लवादी नीति ट्रम्पको मात्र समस्या नभई अमेरिकी विदेशनीतिको अभिन्न अंग हो । बाहिरबाट ध्यान हटाएर आफ्नै देशमा केन्द्रित गर्ने ट्रम्पको घोषणालाई पत्याउनु नै अमेरिकी जनता तथा परराष्ट्रविद्हरूको हकमा मूर्खता साबित भयो । आफ्नो कट्टरविरोधी मिडियाको नजरमा राम्रो देखिन तथा ‘डीप स्टेट’ को प्रियपात्र बन्न ट्रम्पले सिरियामा क्षेप्यास्त्र प्रहार गराए ।
त्यस्तै उनले चीनको पेटी सडक परियोजनालाई अवरोध पु–याउन कोशिश गरे, उत्तर कोरियालाई अकारण चिढ्याए, साउदी अरबमा गएर शेखहलाई भड्काउँदै इरानलाई एक्ल्याउने प्रयत्न गरे अनि जेरुसेलमलाई इजरायलको राजधानी घोषित गरेर पश्चिम एसियामा अस्थिरता चर्काउने कोशिश गरे । संयुक्त राष्ट्रसंघमा उनले अमेरिकालाई एक्ल्याउने काम गरे अनि अमेरिकी सुरक्षानीतिमा रुस र चीनलाई शत्रुका रूपमा चित्रण गरे ।
विश्वका नेताहरूले अमेरिकी विदेशनीति ट्रम्प प्रशासनअन्तर्गत अस्थिर भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनीहरू जर्मनीले अब लोकतान्त्रिक विश्वको नेतृत्व गर्ला भन्ने आशा लिएका छन् । यसबाटै पनि अमेरिकाको वैश्विक छवि ट्रम्पले धूमिल पारेको प्रस्ट हुन्छ ।
एजेन्सीहरूको सहयोगमा
यो पनि पढ्नुहोस्
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...