×

NMB BANK
NIC ASIA

घेराबन्दीबाट सीके राउत भन्छन्, 'छोराले जाँच दिन पाएन', प्रहरीको ध्यान ल्यापटप र मोबाइलमा

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ५ माघ- स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले प्रहरीले आफूलाई नजरबन्दमा राखेर टर्चर दिइराखेको बताएका छन् । प्रहरीको घेराभित्र रहेका राउतले लोकान्तरसँग टेलिफोनमा कुराकानी गर्दै रातिदेखि नै प्रहरीले आफूलाई नजरबन्दमा राखेको बताएका हुन् ।

Muktinath Bank

'प्रहरीले रातिदेखि नै नजरबन्दमा राखेको छ, अझै बिहानदेखि त २ वटा भ्यानसमेत ल्याएर घरअगाडि राखिएको छ,' राउतले लोकान्तरसँग भने, 'कि पक्राउ पूर्जी ल्याएर पक्राउ गर्नू, म गिरफ्तारी दिन तयार छु, होइन भने यस्तो टर्चर किन ?'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नो ६ वर्षीय छोराले परीक्षा दिनसमेत नपाएको गुनासो गरे । 'मेरो ६ वर्षीय छोरा योगेश कक्षा १ मा पढ्छ, उसको परीक्षा छ, आतङ्कित भएर परीक्षा दिनसक्ने अवस्थासमेत छैन, परिवारका सबै सदस्य आतङ्कित छन्,' राउतले भने ।


Advertisment
Nabil box
Kumari

ल्यापटप र मोबाइलमा प्रहरीको ध्यान

Vianet communication
Laxmi Bank

प्रहरीले सीके राउतलाई पक्राउ गर्नु भन्दा उनको मोबाइल र ल्यापटप जफत गर्न खोजेको छ । राउत बसेको घर घेराउको कमाण्ड गरिरहेका प्रहरी निरीक्षक रामकिशोर साहले मोबाइल र ल्यापटप बुझाउन भनेको राउतले जानकारी दिए । 'इन्सपेक्टर रामकिशोर साहसँग कुराकानी भयो, उनले हामी तपाईंको मोबाइल र ल्यापटप जफत गर्न चाहन्छौँ, भन्नुभयो,' प्रहरीसँगको कुराकानी उद्धृत् गर्दै राउतले भने ।

ताला नै तालाभित्र राउत !

राउत जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित परिक्रमा सडक खण्डको माछा बजारमा रहेको ३ तले घरमा डेरा गरी बस्छन् । सामान्यतया उनी घरमा रहेको च्यानल गेटमा भित्रबाहिरैबाट ताला लगाएर बस्ने गरेका छन् । अहिले पनि घरमा भित्रबाहिरै ताला लगाइएको छ । 'कि त पक्राउ पूर्जी लिएर आउनुपर्‍यो, म आफैँ गिरफ्तारी दिन्छु, होइन भने ताला फोरेर आए हुन्छ,' राउतले भने ।

प्रहरीले बलिदानी दिवसको अवसर पारेर सिरहामा आयोजित कार्यक्रममा सहभागी हुनसक्ने आशंकामा राउतलाई घेराबन्दी गरेको हो । घरमा नै बसेर मोबाइल र ल्यापटपबाट विखण्डनकारी गतिविधि गर्न सक्ने भएकाले मोबाइल र ल्यापटप जफत गर्न खोजिएको प्रहरी स्रोतको भनाइ छ ।

मधेशी जनअधिकार फोरमको नेतृत्वमा भएको मधेश आन्दोलनका क्रममा ०६३ साल माघ ५ गते सिराहाको लहानमा प्रहरी कारबाहीमा परी रमेश महतोको मृत्यु भएको थियो । सोही दिनको सम्झनामा मधेशकेन्द्रित दलहरुले बलिदानी दिवस मनाउने गरेका छन् ।

यसैक्रममा शहीद महतोको शालिक अघि सीके राउतको संगठनले आयोजना गरेको रक्तदान कार्यक्रम प्रहरीले बिथोलेको छ । त्यसक्रमा संगठनका सिरहा संयोजक बालेश्वर यादवलाई प्रहरीले पक्राउगरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x