×

NMB BANK
NIC ASIA

काठमाडौं, ५ माघ– सरकारको सिफारिसमा शुक्रवार ७ वटै प्रदेशका प्रमुख (गभर्नर)हरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका छन् । 
संविधान अनुसार प्रदेश प्रमुखले प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रुपमा काम गर्नेछन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटै प्रदेशमा  प्रमुख तोकेको थियो । मन्त्रिपरिषद्बाट तोकिने प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषदले १ नम्बर प्रदेशको प्रमुखमा गोविन्द सुब्बा, २ नम्बर प्रदेशको प्रमुखमा रत्नेश्वरलाल कायस्थ, ३ नम्बर प्रदेशको प्रमुखमा अनुराधा कोइराला, ४ नम्बर प्रदेशको प्रमुखमा बाबुराम कुँबर, ५ नम्बर प्रदेशको प्रमुखमा उमाकान्त झा, ६ नम्बर प्रदेशको प्रमुखमा दुर्गाकेशर खनाल र ७ नम्बर प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिद्ले गरेको सिफारिसअनुसार नै शुक्रवार अपराह्न राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखलाई शपथ ग्रहण गराएकी हुन् । 


Advertisment
Nabil box
Kumari

कहाँ बस्लान् प्रदेश प्रमुख ?

Vianet communication
Laxmi Bank

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको निवास र कार्यालय प्रदेशको मुकाम (राजधानी)मा रहनेछ । सरकारले प्रदेशसभाको पहिलो बैठक आह्वान गर्न ७ वटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । 

सरकारले १ नम्बर प्रदेशको बिराटनगर, २ नम्बर प्रदेशको जनकपुर, ३ नम्बर प्रदेश हेटौंडा, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल, ६ नम्बर प्रदेशको सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीलाई अस्थायी मुकाम (राजधानी) तोकेको छ । 

तत्कालका लागि प्रदेश प्रमुखको कार्यालय र निवास प्रदेशको अस्थायी मुकाममा नै राखिने छ । 

भवन पाउनै गाह्रो

नवनियुक्त प्रदेश प्रमुखहरुले शुक्रवार अपराह्न शपथ ग्रहण गरेसँगै उनीहरुले अब काम थाल्ने छन् । शपथ ग्रहण गरेको दोस्रो दिन शनिवारको सार्वजनिक भएकाले माघ ७ गते (आइतवार)देखि उनीहरुले आफ्नो काम–काज थाल्नेछन् । तर प्रदेश प्रमुखले पद्भार ग्रहण गर्ने कार्यालयको भने टुंगो लागेको छैन । 

प्रदेश प्रमुखको कार्यालयको व्यवस्थापन गर्ने जिम्मा शहरी विकास मन्त्रालयले पाएको छ । प्रदेशस्तरमा साविकको क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख (क्षेत्रीय प्रशासक) र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुखले प्रदेश प्रमुखको कार्यालय खोजी गरिरहेका छन् । 

तर शुक्रवार अपराह्नसम्म कुनै पनि प्रदेशमा प्रदेश प्रमुखको कार्यालय र निवासको टुंगो लागिनसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीले लोकान्तरलाई बताए । 

‘प्रदेश प्रमुख ज्यूहरुले भर्खर शपथ लिनुभएको छ । उहाँहरुको कार्यालयका लागि भवन खोजी भइरहेको छ,’ प्रवक्ता केसीले लोकान्तरलाई भने, ‘अहिले नै कुनै ठाउँमा टुंगो लागिसकेको छैन । तर उहाँहरु (प्रदेश प्रमुख)ले पद्भार ग्रहण गर्ने दिनसम्म कार्यालयको टुंगो लाग्ने छ ।’ 

धनगढी र बुटवलमा भवन पाउन गाह्रो

प्रदेश नम्बर ७ को अस्थायी मुकाम रहेको केलालीको धनगढी र ५ नम्बरको अस्थायी मुकाम रहेको रुपन्देहीको बुटवलमा प्रदेश प्रमुखको कार्यालय र आवाशका लागि भवन पाउनै गाह्रो भएको शहरी विकास मन्त्रालयका अधिकारी बताउँछन् । 

शहरी विकास मन्त्रालयले गरेको अध्ययनबाट बुटवलमा व्यवसायिक सीप विकास तालिम केन्द्रको भवन मात्रै प्रदेश प्रमुखको कार्यालय बनाउन उपयुक्त छ । तर उक्त भवन सजिलै प्राप्त गर्न सकिने अवस्था भने छैन । भाडामा लिनुपर्ने अवस्था भए उद्योग वाणिज्य संघको भवन पनि उपयुक्त हुने मन्त्रालयका प्रवक्ता केसीले बताए । 

यस्तै धनगढीमा पनि मुख्यमन्त्रीको कार्यालय सञ्चालन गर्न उपयुक्त सरकारी भवन भेटाउन सकिएको छैन । शहरी विकास मन्त्रालयको अध्ययन क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र रहेको भवन प्रदेश प्रमुखको कार्यालयका लागि उपयुक्त हुने देखाएको छ ।  यस्तै कृषि तालिम केन्द्र, क्षेत्रीय वन कार्यालयको भवन पनि मुख्यमन्त्रीको कार्यालय राख्न उपयुक्त हुने विकल्प अगाडि सारिएको छ । तर ती कार्यालयलाई व्यवस्थापन गर्न केही समय लाग्ने शहरी विकास मन्त्रालयका अधिकारी बताउँछन् । 

प्रदेश नम्बर १ को बिराटनगर र प्रदेश नम्बर २ को जनकपुरमा प्रदेश प्रमुखको कार्यालयका लागि खोजी भइसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता केसीले बताए । यद्यपि कुन भवनमा प्रदेश प्रमुखको कार्यालय रहनेछ भन्नेबारेमा भने उनले बोल्न चाहेनन् । 

प्रदेश नम्बर ६ को सुर्खेत, ४ को पोखरा र ३ को हेटौंडामा भने पहिलेदेखि नै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि कार्यालयहरु तयार रहेको उनले दावी गरे । 

प्रदेश प्रमुखको कार्यालयमा कस्ता कर्मचारी ?

प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकअनुसार प्रदेश प्रमुखले १२ जनाको निजी सचिवालयको सुविधा पाउनेछन् । ती १२ जना प्रदेश प्रमुख आफैंले नियुक्त गर्न सक्नेछन् । 

तर, प्रदेश प्रमुखको कार्यालयमा सरकारका तर्फबाट १३ जना कर्मचारीको व्यवस्था गरिनेछ । प्रदेश प्रमुखको कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको सह–सचिवको नेतृत्वमा १३ जना सरकारी कर्मचारी परिचालन खटाइने छ । 

तर कुन कर्मचारीलाई कुन प्रदेश प्रमुखको कार्यालयमा खटाउने भन्ने विषयमा भने टुंगो लागेको छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपाने प्रदेश प्रमुखको कार्यालयका लागि आइतवारसम्म कर्मचारीको टुंगो लाग्ने बताउँछन् । 

‘प्रदेश प्रमुखको कार्यालयका लागि कर्मचारी सामान्य प्रशासन मन्त्रालयले नै पठाउने छ,’ प्रवक्ता न्यौपानेले भने, ‘कुन प्रदेशमा कहाँबाट कर्मचारी पठाउने भनेर गृहकार्य भइरहेको छ । आइतबारसम्म सबै प्रदेश प्रमुख कार्यालयका कर्मचारीको टुंगो लागिसक्ने छ ।’  
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x