×

NMB BANK
NIC ASIA

भक्तपुरमा किन बस्यो कांग्रेस सभापतिहरुको बैठक ?

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, ५ माघ - देशभर नेपाली काँग्रेस पार्टीलाई मजबुत बनाउनका लागि काँग्रेस पार्टी जिल्ला सभापतिले छलफल शुरु गरेका छन् । 
स्थानीय वाग्मती क्लबमा प्रदेश नं ३ का काँग्रेसका जिल्ला सभापतिले यसबारे छलफल शुरु गरेका हुन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारेमा जिल्ला सभापतिबीच छलफल भएको काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । 
उनले भने, “ हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै निर्वाचनमा पार्टीको कहाँ कहाँ के कमजोरी भए, कमजोरीलाई कसरी सुधार्दै लैजाने, संगठन र पार्टीलाई कसरी बलियो तथा मजबुत बनाउने भन्नेबारेमा छलफल भएको हो ।” 

Muktinath Bank

जिल्ला सभापति वा पार्टीका कुनै गुट वा उपगुटको भेला नभई पार्टीलाई बलियो बनाउनेबारे जिल्ला सभापतिको छलफल भएको उनको भनाइ थियो । छलफलमा सभापतिहरु भक्तपुरका दुर्लभ थापा, काठमाडौँका सबुज बानियाँ, रसुवाका पेम्बा छिरिङ, मकवानपुरका इन्द्र बानियाँ, सिन्धुलीका उज्ज्वल बराल, रामेछापका लवश्री न्यौपाने, दोलखाका रुद्रबहादुर खड्का, सिन्धुपाल्चोकका विकास लामा, नुवाकोटका जगदीशनरसिंह केसी र काभ्रेपलाञ्चोकका मधु आचार्यको सहभागिता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरका सभापति क्यानडामा रहेको तथा चितवन र खोटाङका जिल्ला सभापति भने व्यस्तताका कारण छलफलमा सहभागी नभएको बताइएको छ ।
 यही माघ ७ गते खोटाङ हलेसी महादेवको दर्शन गर्दै देशभरका सम्भव भएसम्मका काँग्रेस जिल्ला सभापतिहरु सहभागी भएर पार्टीलाई मजबुत बनाएर लैजानेबारेमा हलेसीमा छलफल हुने र यस्ता छलफललाई निरन्तरता दिनेबारे जिल्ला सभापतिबीच सहमति भएको भक्तपुर सभापति थापाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x