×

NMB BANK
NIC ASIA

कांग्रेस बैठकमा प्रकाशमानको आक्रोश : सभापति हुँ भन्दैमा धक्म्याउने ?

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ६ मङ्सिर-  कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् । 

Muktinath Bank

‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’ सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । ‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो । केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो । स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो । तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे, कान्तिपुरमा खबर छ  ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x