×

NMB BANK
NIC ASIA

यी हुन् गुमनाम हिरोइन, के गर्दैछन् ?

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

केही फिल्ममा अभिनय गर्ने, प्रचारबाजी गर्ने अनि कसोकसो ‘सेटिङ’ मिलाएर अमेरिका पस्ने र उतै हराउने, पछिल्लो समय कलाकारितामा देखिएको प्रमुख ‘दृश्य’ हो । अझ पछिल्लो समय त नेपालबाटै अमेरिकाको ग्रिनकार्ड हासिल गरेका कलाकर्मी थुप्रै छन् ।

Muktinath Bank

यहीँबाट अधिक नक्कली काजगातको भरमा ग्रिनकार्ड ‘अप्लाई’ गर्ने र आफ्नो दुनो सोझ्याउनेहरू त झन् बग्रेल्ती छन् । तर यहाँ कुरा गर्न लागिएको हो, एक समय ह्वात्तै चर्चामा आएका र एकाएक ‘हराएका’ केही हिरोइनको ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रञ्जना शर्माले टेलिशृंखला ‘जानकी’मा अभिनयसँगै सोही सिरियलका निर्देशक श्याम भट्टराईसँग प्रेम अनि बिहे गरिन् । बिहेपछि श्यामले आफ्ना दुवै फिल्म ‘मर्यादा’ र ‘मौसम’मा पत्नी रञ्जनालाई नै हिरोइन लिए । हिरोइन बन्नुअघि नै दीपक रायमाझी निर्देशित केही सिरियलमा चरित्र अभिनेत्रीका रूपमा अभिनय गरेकी रञ्जनाको फिल्मी करिअर उँभो लाग्न सकेन ।


Advertisment
Nabil box
Kumari

एकातिर पति श्यामसँग दिनहुँजसो विवाद हुने, अर्काेतिर हातमा फिल्म पर्न मुस्किल । त्यसपछि उनले अमेरिकाको बाटो तय गरिन् । सांस्कृतिक कार्यक्रमको बहानामा अमेरिका पुगेकी रञ्जना उतै बसिन् । केही समयअघि काठमाडौं आएर फर्किएकी रञ्जना अमेरिकामै सेटल भएकी छिन् । पत्नी अमेरिका गएर आफूलाई तान्ने आशमा बसेका श्यामले काठमाडौंमा धेरै वर्ष एक्लो जीवन बिताउनुपर्‍यो । रेखा थापाले ‘हिम्मतवाली’को निर्देशकबाट हटाएपछि केही समय उनी फिल्मकर्मबाटै ओझेलमा बसे ।

Vianet communication
Laxmi Bank

एकाएक खबर आयो, श्याम अमेरिका उँडे । पत्नीले वास्ता नगरेपछि आफ्नै पहलमा ०७१ को अन्त्यतिर अमेरिका छिरेका श्याम उतै रमाएका छन् । केही दिनअघि उनले आफू र रञ्जनाबीच पति–पत्नीको सम्बन्ध टुंगिएको आशयको स्टाटस पोस्ट गरेका थिए । श्याम अब छिट्टै नै दोस्रो बिहे गर्ने चक्करमा रहेको उनका निकट मित्रहरूले बताएका छन् ।

‘हो यही माया हो’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी जिया केसीले त्यतिवेला राम्रै चर्चा पाएकी थिइन् । तर, त्यसपछि उनले यौनजन्य दृश्य र संवादयुक्त ‘जिगलो’, ‘रिङरोड’, ‘बर्बाद’, ‘एटिएम’, ‘रङ वे’लगायतका फिल्ममा अभिनय गरिन् । जसकारण उनले दर्शक, फिल्मकर्मी मात्रै होइन, मिडियाबाट समेत चर्काे आलोचना खेप्नुपर्‍यो ।

एडल्ट फिल्मका कारण केही समय चर्चामा रहे पनि अन्ततः जियाले फिल्म करिअरलाई अघि बढाउन सकिनन् । अभिनेता भुवन केसीको प्रेममा परेपछि उनी विगत चार वर्षदेखि भुवनको घरमा सँगै बस्ने गरेकी छिन् ।

यद्यपि, भुवन र जियाले सामाजिक रूपमा बिहे भने गरेका छैनन् । जियामा फिल्म अभिनय इच्छा अझै बाँकी छ । प्रेमी भुवन आफैंले त उनलाई आफ्नो फिल्ममा अभिनय गराउँदैनन्, अरू कसले जियालाई अफर गर्नू ? जियाले कलाकारिताप्रतिको आफ्नो इच्छालाई दबाएर राख्नुपरेको उनका निकटवर्तीहरू बताउँछन् ।

जियासँगै एटिएम फिल्मबाट चर्चामा आएकी अर्की हिरोइन सोनिया शर्मा भने गृहस्थ जीवनमा व्यस्त छिन् । अभिनेता प्रज्वल गिरीसँग बिहे गरेर एक छोरीकी आमा बनिसकेकी सोनियाले पछिल्लो समय पति प्रज्वलका साथ एउटा फिल्ममा अभिनय गरेकी छिन् ।

प्रज्वलले अभिनयप्रतिको आफ्नो चाहना पूरा गर्न सहयोग गरेको सोनियाको कथन छ । सोनियाले ‘ढुंगेयुग’, ‘करामत’, ‘छल’लगायतका फिल्ममा पनि अभिनय गरेकी छिन् । ‘दुलही रानी’ फिल्मबाट ठूलो पर्दामा देखिएकी सविना कार्कीलाई पनि एटिएमले चर्चामा ल्यायो । तर, उनले त्यसपछि पनि अभिनयलाई निरन्तरता दिइरहेकी छिन् ।

सविनाले ‘वान साइड लभ’, ‘लाटी’, ‘सरप्राइस’, ‘द फेमस’, ‘पानीमान्छे’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । फिल्मसँगै उनी म्युजिक भिडियो अभिनयमा पनि निरन्तर छिन् । गायक हेमन्त शर्माको ‘आउँदै गर मालती’ बोलको गीतको भिडियोबाट चर्चामा आएकी शशि खड्काले उकेश दाहालका दुई फिल्म ‘पल पलमा’ र ‘किन किन’ अनि राजु गिरीको ‘चन्द्रावती’ फिल्ममा अभिनय गरिन् ।

तर, हिरोइनका रूपमा उनको करिअरले उचाइ लिन सकेन । केही समयअघि देखि उनी म्युजिक भिडियोमा समेत देखिएकी छैनन् । सोनिया केसी चर्चामा आइन्, ‘सिलसिला’ फिल्मबाट । सो फिल्ममा उनले अभिनेता राज तिमिल्सिनासँग चुम्बन दृश्य दिइन् ।

फिल्म सुपरहिट भयो । तर, सोनियाको हातमा अपेक्षित फिल्म भने परेनन् । सोनियाले राजसँगै अर्काे फिल्म ‘राज भाइ’मा पनि चुम्बन दृश्य दिइन् । उनले ‘म बिर्सूं कसरी’, ‘तिम्रो घर मेरो ससुराली’, ‘विरासत’लगायतका फिल्ममा अभिनय गरिन् । तर, कुनै फाइदा भएन । त्यसपछि उनी बिहे गरेर घरजममा रमाइएकी छिन् ।

झन्डै ८० वटा फिल्ममा अभिनय गरेकी रेजिना उप्रेतीले भने बिहेपछि कलाकारिता यात्रा अघि बढाउन सकिनन् । तीन वर्षअघि बिहे गरेकी रेजिना एक छोरीकी आमा बनिसकेकी छिन् । उनी तत्काल अभिनयमा फर्किने सम्भावना न्यून छ ।

अर्की अभिनेत्री सञ्चिता लुइँटेलले भने बिहे गरेर आमा बनिसकेपछि पनि कलाकारितालाई अघि बढाइरहेकी छिन् । निखिल उप्रेतीसँग बिहे गरेपछि दुई सन्तानकी माता बनेकी सञ्चिताले ‘नाइँ नभन्नू ल–३’बाट ‘कमब्याक’ गरिन् । त्यसपछि उनले ‘राधा’, ‘लीला’, ‘आरोप’, ‘सुक्का माना घिउ’, ‘गुनगुन’लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् ।

उनी अझै केही वर्ष हिरोइनको रूपमै आफूलाई ‘बरकरार’ राख्न चाहन्छिन् । ‘माझीदाइ’, ‘अध्याय’लगायतका फिल्ममा अभिनय गरेकी सिम्पल खनालले पनि हिरोइनका रूपमा आफूलाई जमाउन सकिनन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी उनले दुई वर्षअघि नदिम नामका विदेशी युवकसँग बिहे गरिन् । उनी पुनः अभिनयमा फर्किने सम्भावना देखिँदैन ।

कृष्टि मैनाली, जल शाह, पूजा चन्दलगायत हिरोइन अमेरिका उडेर उतै घरजममा रमाए । गत वर्ष सांस्कृतिक कार्यक्रमका लागि भनेर अमेरिका उडेकी नन्दिता केसी पनि अमेरिकामा संघर्षरत छिन् ।

‘इन्द्रेणी’, ‘त्रिशूल’, ‘हामी तीन भाइ’, ‘भगवान् सबैको’, ‘तिमी, मात्र तिमी’, ‘कैफियत’लगायतका झन्डै तीन दर्जन फिल्ममा अभिनय गरेकी नन्दिताले पनि आफ्नो करिअर उँचो बनाउन सकिनन् । उनी तत्काल नेपाल फर्किने सोचमा नभएको उनका निकटहरू बताउँछन् । पतिका साथ अमेरिका पुगेकी ऋचा घिमिरे र अरुणिमा लम्साल त्यहीँ रमाइरहेका छन् । एक छोरीकी आमा अरुणिमा पति अमित अर्यालसँग छुट्टिसकेकी छिन् ।

एक समयकी अधिक व्यस्त र सफल हिरोइन निरुता सिंहलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भइसक्यो । उनी अभिनीत पछिल्ला फिल्म ‘मलाई मन प¥यो’ र ‘द गेम’ असफल भए । त्यसपछि उनी मुम्बई बस्न थालेकी छिन् । मुम्बईमा उनले इन्टेरियर डिजाइनिङको काम गर्ने बताइन्छ । यद्यपि, निरुतालाई पुनः नेपाली फिल्ममा देख्न पाइँदैन भनेर ठोकुवा गर्नुचाहिँ अलि हतार हुनेछ ।

बिहे गरेपछि फिल्म कर्मलाई चटक्कै माया मारेकी हिरोइन हुन्, ‘सुमिना घिमिरे’ । निकै संघर्ष गरेर हिरोइन बनेकी सुमिनालाई ‘दुलही’ फिल्मबाट सोझी हिरोइनका रूपमा हेरिएको थियो । तर, पछि उनले फिल्म छान्न जानिनन् । जसकारण उनका धेरै फिल्म फ्लप भए ।

लगातारको असफलतापछि उनले फिल्म अभिनयबाटै सन्यास लिइन् र तीन वर्षअघि सुटुक्क बिहे गरिन् । हाल उनी एक छोरीकी आमा भइसकेकी छिन् । उनी पुनः अभिनयमा फर्किन चाहन्नन् । ‘समय’, ‘द फेमस’लगायतका केही फिल्ममा अभिनय गरेकी सुरभी जैनको अभिनय करिअरले गति लिन सकेन । उनीझैँ ‘मजबुर’, ‘द प्लान’लगायतका केही फिल्ममा अभिनय गरेकी अनुष्काले पनि बिहेपछि अभिनययात्रा टुंग्याइन् ।

‘मानव’, ‘खोज’, ‘इच्छा’, ‘रङ’लगायतका फिल्मपछि दीपशिखा शाहीलाई दर्शकले फेरि पर्दामा देख्न पाएका छैनन् । उनी कहाँ, के गर्दै छिन्, जानकारी छैन । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनीले ‘द प्लान’, ‘मेरो जीवनसाथी’, ‘दुलही रानी’लगायतका केही फिल्ममा अभिनय गरिन् । त्यसपछि उनी पनि फिल्ममा सक्रिय देखिन्नन् ।

कल्पना शाही अभिनेता मुकेश आचार्यसँग बिहे गरेपछि फिल्मबाट टाढा बसिन् । कल्पनाले ‘मन परेपछि’, ‘खोज’लगायतका केही फिल्ममा अभिनय गरेकी थिइन् । बिहेपछि कल्पना एक छोरीकी आमा बनिसकेकी छिन् । यी मात्रै होइन, केही फिल्म खेलेर हराएका हिरोइन थुप्रै छन् ।

नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x