×

NMB BANK
NIC ASIA

जनकपुरधाम, ६ माघ-

Muktinath Bank

यो मातृभूमि महान मिथिला मध्य मानस महोत्तरी
माँ जानकी जननी जनकपुर प्रान्तमा छ यो पूरी
शुभ नाम बिन्धी ग्रामको कुन शालनी विपरेश्वरी
बाट भई श्री वीर गर्भा नाम श्री ५ राजेश्वरी
जो पुत्र पैदा गरिबक्सियो नेपाल नरपति शाहको
दानी शिरोमणि श्री ५ गिर्वाण वीर विक्रम शाहको
हे नाथ पहिले नै प्रभुको पूर्ववादिक पत्रमा
लेखिबक्सेको छ मेरो पुर्खाको तामापत्रमा
सन्तान दर सन्तानसम्म भोग गर्नु सर्वदा
मलाई दिँदै रहनु शुभ आशिर्वाद् प्रतिदिन सर्वदा
म छु सबैदिन पाउने सरकारको मान दानको
सम्बन्ध बिन्धीको बजै कुन शालनी खानदानको
तस्मात् हृदय हुलासले भई लेखनी उत्कर्षिका
यो दिन रघुनन्दन कविको कल्पना कर पत्रिका
आनन्द अंगिकार गरिबक्सियोस् अभिनन्दन मेरो
हे दिन बन्धु दयानिधे आरत प्रजा भिक्षुक प्रभुको ।।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम सम्वत् २०११ सालमा राजा त्रिभुवनको जनकपुर सवारी भएको थियो । सोही सवारीका क्रममा उनी तत्कालीन महोत्तरी (हाल धनुषा) को बिन्धी सवारी भएका बेला उनको रक्त सम्बन्धका आफन्तले माथि लेखिएका पंक्तिसहितको अभिनन्दन पत्र राजालाई दिएका थिए । माथिको पंक्तिले नै के प्रष्ट पार्दछ भने राजा गिर्वाण वीर विक्रम शाहको जन्म मैथिलानीको गर्भबाट भएको हो । राजा रणबहादुर शाहको विवाह मिथिलाकी छोरीसँग भएको र उनको कोखबाट गिर्वाणको जन्म भएको हो ।


Advertisment
Nabil box
Kumari

भारतको विहार प्रान्तको सीमामा अवस्थित गाउँका नारायणदत्त मिश्र नेपालको राजदरबारमा राजपण्डित थिए । राजपण्डित नारायण दत्त मिश्रको ४ छोरी र १ छोरा थिए । उनकी जेठी छोरीको नाम त्रिपुरसुन्दरी, माइलीको राजेश्वरी, साइलीको सोनावती र कान्छीको नाम जोगमाया थियो । ईश्वरीदत्त छोरा थिए।

Vianet communication
Laxmi Bank

जेठी त्रिपुरसुन्दरीको बालविवाह भयो । दुर्भाग्यवस् उनी बालविधवा पनि भइन् । एक समयमा महाशिवरात्रिका दिन राजपण्डित मिश्र आफ्नो बालविधवा छोरीलाई लिएर पशुपतिनाथको दर्शन गर्न गएका थिए । दर्शन गरेर उनीहरु फर्किरहेबा बेला तत्कालीन राजा रणबहादुर शाह पनि पशुपति दर्शन गर्न पुगेका थिए । सोही बेला बालविधवा त्रिपुरसुन्दरीमाथि राजाको आँखा पर्‍यो ।

राजा उनको सौन्दर्यबाट आकर्षित भई भिमसेन थापालाई पठाएर विवाहको प्रस्ताव दिए । बालविधवा भइसकेका कारण विवाह गर्न राजपण्डित मिश्रले ठाडै अस्वीकार गरे । विभिन्न प्रयत्नपछि राजाको दबावसामु उनको केही पनि चलेन । अन्ततः राजा रणबहादुर र त्रिपुरसुन्दरीबीच विवाह भयो ।

विवाह भएको ३ वर्षमै त्रिपुरसुन्दरीको निधन भयो । त्यसपछि राजाले राजपण्डित मिश्रकै अर्की छोरी राजेश्वरीसँग विवाह गर्न प्रस्ताव दिए । राजपण्डित मिश्रले आफ्नो छोरी राजेश्वरीको गर्भबाट जन्मिने सन्तानलाई नै राजा बनाउनुपर्ने शर्तमा विहे गराए । यसरी मिथिलामा राजदरबारको रक्त सम्बन्ध स्थापित भएको तिनका हालका वंशजहरुको दाबी छ ।

एकपटक दरबारमा एक जना पण्डित शास्त्रार्थका लागि आएका थिए । ती पण्डितले दरबारमा रहेका पण्डितहरुसँग आफू शास्त्रार्थ गर्न चाहेको बताएपछि राजाले राजपण्डित मिश्रलाई मिथिलाबाट विद्वानहरुको खोजी गर्न आदेश दिएका थिए । आदेश पाएपछि राजपण्डित मिश्र भारत विहारको दामोदरपुरबाट शम्भुनाथ झा र भोलानाथ झालाई दरबारमा लगे ।

२०११ मा  सालमा राजा त्रिभुवन आफ्नो मावली बिन्धीमा गएपछि विन्धीस्थित तिनका वंशजले जग्गा दिएर राजा त्रिभुवनकै नाउँमा भित्रुवन आदर्श उच्च मावि स्थापना गरेका थिए ।


शास्त्रार्थ भएपछि बाहिरबाट आएका पण्डित पराजित भएका थिए । उक्त घटनाबाट राजा प्रसन्न भएर कहाँ बस्ने भनेरसोध्दा आफू जनकपुरको नजिक कुनै गाउँमा बस्ने भनेर ती दुवैजना दाजुभाइले बताएपछि राजाले बिन्धीमा २ सय ३७ विघा जग्गा मौजा दिएर बसाएका थिए । यता राजपण्डित मिश्रको बाँकी रहेका दुई छोरीहरुसँग मिथिलाका ब्राह्मणहरुले विवाह गर्न मानिरहेको थिएन ।

किनभने मैथिल बाहुनमा त्यतिबेला विधवाको बिहे गर्ने चलन थिएन । त्यसपछि रानी राजेश्वरीले शम्भुनाथ झा र भोलानाथ झासँग आफ्नो बहिनीहरु सोनावत्ति र जोगमायासँग बिहे गर्न राजालाई भन्न लगाए । तर, ती दुवै जनाले राजाको प्रस्तावलाई मानेनन् । राजाको आदेशलाई अवज्ञा गरेका कारण ती दुवै जनालाई राजाले जेल हालिदिए ।

जेलमा बन्दी भएपछि मात्र उनीहरु तयार भए । पछि शम्भुनाथसँग सोनावती र भोलानाथसँग जोगमायाको विवाह सम्पन्न भयो । उनीहरु बिन्धीमा आएपछि मैथिल ब्राह्मणहरुले उनीहरुलाई बहिष्कार गरेका थिए । पछि यज्ञ गरी पोखरी खन्न लगाएर तिनीहरुलाई जातिले स्वीकार गरेका थिए । 

यसरी यी कथा शम्भुनाथ झाको वंशका ९४ वर्षीय जयनन्दन झाको दाबी छ । जयनन्दन झाका अनुसार दरबारसँग आफूहरुको रक्त सम्बन्ध छ । राजा रणबहादुरका साढुभाइहरु बिन्धीमा बसेको र तिनकै सन्तानहरु आफूहरु रहेको उनको भनाई छ । उता राजपण्डित नारायण दत्त मिश्रका छोरा ईश्वरीदत्त मिश्रको वृद्ध अवस्था पनि आफूहरुको पूर्वजसँगै बिन्धी गाउँमा बितेको जयनन्दन मिश्रको दाबी छ ।

उनी भन्छन्, ‘पण्डित मामा ईश्वरीदत्त मिश्र निसन्तान स्वर्गीय हुनुभएकोले उनको कर्ता भई हाम्रै पूर्वजले बैदिक कार्य सम्पन्न गरेका छन् ।’ निज पण्डित शम्भुनाथ झाका छोरा रामनाथ झा र भगवान झाका वंशज रहेका जयनन्दन झाले लोकान्तरसामु दरबारबाट समय समयमा प्रदान गरिएको लाल मोहरहरु पनि देखाए । यतिमात्र होइन दरबारबाट प्रदान गरिएको ताम्रपत्र पनि जीर्ण अवस्थामा रहेको देखाएका थिए ।

राजा रणबहादुरका साढुभाइहरु शम्भुनाथ झा र भोलानाथ झा बिन्धी आएपछि यज्ञ गरी खनाएको पोखरी (लवकी पोखरी) विद्यालयको छेउमै अवस्थित छ ।


इतिहासको पुस्तकमा के छ ?

इतिहासका पुस्तकहरुमा राजा रणबहादुरको विवाह मिश्रको छोरीसँग भएको र बिन्धीसँग सम्बन्ध रहेको उल्लेख भए पनि मिश्रका छोरीहरुको नामहरु अर्कै रहेको पाइन्छ । पिताम्बर यादवद्वारा लिखित नेपालको राजनैतिक इतिहास नामक पुस्तकमा सो कुरा उल्लेख गरिएको छ । राजा रणबहादुर शाहको पहिलो विवाह गुल्मीको राजकन्या राजराजेश्वरी देवीसित भएको थियो ।

यसबाहेक रणबहादुर शाहले एक बस्नेत सरदारकी छोरी सुवर्ण प्रभासित दोस्रो विवाह गरेका थिए । तर, रणबहादुर साहले आफू उनलाई भोग्या रानी (रखौटी) को संज्ञा दिएका छन् । सुवर्ण प्रभाबाट रणोद्योत शाहको जन्म भएको भए पनि उनलाई युवराजधिराज घोषित गरिएन । उनको तेस्रो विवाह कान्तिबत्तीसित भएको थियो । कान्तीवती जनकपुर नजिकको महोत्तरी जिल्लाको विन्ही गाउँका एक मिश्र बाहुनको विधवा छोरी थिइन् । र, पशुपतिनाथको दर्शन गर्न बाबुसित काठमाडौं आएकी थिइन् । रणबहादुर शाहले उनलाई देखेपछि उनको सौन्दर्यबाट मोहित भएर बिहे गर्न खोजे ।

शुरुमा कान्तीवतीले विरोध गरे पनि उनीबाट जन्मेको सन्तानलाई राजा बनाउने प्रस्ताव रणबहादुर शाहले स्वीकार गरेपछि उनीसित बिहे भयो । हुन त कानुनी दृष्टिमा यस्तो रुपमा भएको यो बिहे ठिक नदेखिए पनि विरोध गर्ने हिम्मत कसैमा थिएन ।  कान्तीवतीबाट सन् १७९७ अक्टुबरमा गीर्वाणयुद्ध विक्रम शाहको जन्म भयो । उनी युवराजधिराज घोषित गरिए । 

त्यस बेलाका कट्टरपन्थीहरु रणबहादुर शाहको कान्तीवतीसितको बिहेलाई मन पराएको थिएन । झन् उनीबाट जन्मेको सन्तानलाई राजा बनाउने कुराले गर्दा तिनीहरु विचलित भए । ज्योतिषीहरुले राजा वा रानी चाँडै मर्ने र गीर्वाणयुद्ध विक्रमको पनि बिफरबाट मृत्यु हुने भविष्यवाणी गर्न थाले ।

राजदरबारबाट मौजा जग्गा प्रदान गरिएको लालमोहर अझै पनि बिन्धीका वंशजहरुसँग सुरक्षित छ । 


गीर्वाणयुद्ध विक्रम शाहको जन्मकै बेलादेखि कान्तीवती बिरामी भएकी थिइन् । पछि उनलाई क्षयरोग भएकोले दिनानुदिन स्वास्थ्य क्षीण हुँदै गयो । यस्तो स्थितिमा उनलाई आफ्नो छोराको चिन्ता बढ्न थाल्यो । तसर्थ आफ्नै जीवनकालमा गीर्वाणयुद्ध विक्रम शाहलाई राजा बनाउने इच्छा प्रकट गरिन् । वास्तवमा रणबहादुर शाहले पनि गीर्वाणयुद्ध विक्रम शाहलाई सत्ता दिन समस्या हुनसक्छ भन्ने कुरा बुझिरहेका थिए ।

गीर्वाणयुद्ध वीर विक्रम शाहलाई राजा मान्ने कबुलियत उनलाई राजा बनाउनु भन्दा १७ दिन पहिले नै सबै भारदारसित गराएका थिए । जसमा ९५ जना भारदारहरुको हस्ताक्षर गराइएको थियो । सन् १७९९ मार्च ८ शुक्रबारको दिन रणबहादुर शाहले राजगद्दी त्याग गरी गीर्वाणयुद्ध विक्रम शाहलाई राजा बनाए । आफ्नो निधनपछि यसको विरोध कसैले नगरोस् भन्ने उद्देश्यले त्यस बेलाका शक्तिशाली पाल्पाका राजा पृथ्वीपाल सेनाको हातबाट उनलाई श्रीपेच लगाइएको थियो ।

गीर्वाणयुद्ध विक्रम शाहलाई सत्ता दिएर रणबहादुर शाह सन्यास ग्रहण गरेका थिए । र, त्यसपछि उनको नाउँ स्वामी निर्गुणानन्द वा निर्वाणानन्द रहन गयो । उनी स्वामी महाराजको नाउँले प्रसिद्ध भए । र, कान्तीवती स्वामिनी भइन् । तिनीहरु पहिले केही समयसम्म पुलचोकमा बसे र पछि देवपाटन आई बस्न थाले ।

शासन सञ्चालन गर्नका लागि जेठी महारानीलाई नायब, रणोद्योत शाहलाई प्रथम चौतारा, विदुर शाह, शेरबहादुर शाही, शमशेर शाह र बलभद्र शाह चौतारा बनाइए र रणजीत पाण्डे, दामोदर पाण्डे, नरसिंह गुरुङ, कीर्तिमानसिंह बस्नेत र त्रिभुवन खवास काजी बनाइए । कीर्तिमानसिंह बस्नेत मुल काजी थिए । राजा गीर्वाणयुद्ध विक्रम शाहको स्याहार सुसार सुवर्ण प्रभाको देख रेखमा भइरहेको थियो । यसरी शासन संचालन गर्ने व्यवस्था मिलाएर स्वामी महाराज कान्तीवतीको रोग निको पार्नमा लागे । यसको लागि उनले कुनै कसर बाँकी राखेनन् । दान पुण्य र मन्दिरहरुमा पूजा पाठमा प्रशस्त खर्च गरियो ।

अनेकौँ वैद्य, गुभाज्यू आदि व्यस्त थिए । तर, रोग निको नभएकाले भारतबाट हकिम झिकाउने विचार भएको थियो । त्यसै बेला सन् १७९९ नोभेम्बर १ मा कान्तीवतीको निधन भयो । यसले गर्दा रणबहादुर शाह शोकविहवल भएर पागल जस्तै भए । कान्तीवती र उनीबीचको प्रेम नरुचाएको आरोप लगाएर देवी देवताको तोडफोड गर्ने र मन्दिरमा हाड फाल्ने कार्य पनि गरे । औषधि गर्ने व्यक्तिहरुलाई पनि अनेकौँ अमानवीय सजाय दिए, जसले गर्दा उनलाई सबैले पागल भन्न थाले ।

बिन्धीस्थित दरबारका नातेदार परशुराम झा र ९१ वर्षिय जयनन्दन झा (बाँया) तथा गिर्वाण वीर विक्रम शाहका बिन्धीस्थित मावलीका वंशजहरुमध्येका एक राजकुमार झा (दायाँ)


कान्तीवती जीवित रहेसम्म उनको स्याहार सुसारमा व्यस्त रहनु परे पनि उनको निधनले गर्दा उनी पूर्ण फुरसत पाएका एक विद्रोही भएर शासन कार्यमा हस्तक्षेप गर्न खोजे । उनी देवपाटनबाट नै शासन सञ्चालन गर्न थाले । नायवको रुपमा जेठी रानी काठमाडौंबाट शासन सञ्चालन गरिरहेकी थिइन् । दामोदर पाण्डे र अन्य भारदारहरु राजालाई नुवाकोट पुर्‍याई राजाको नाउँमा त्यहीँबाट शासन सञ्चालन गरिरहेका थिए ।

यसरी नेपालमा केही समयसम्म त्रयी शासन चल्न थाल्यो । तर, रणबहादुर शाहले राज्यत्याग गरिसकेकोले उनको हस्तक्षेप दरबारीहरुलाई मन परेन र तिनीहरुले एकताको शपथ लिएर रणबहादुर शाहलाई एउटा पत्र पठाए, जसको मुख्य आशय थियो (राजत्याग गरिसकेकोले रणबहादुर शाहलाई शासन हस्तक्षेप गर्ने कुनै अधिकार छैन ।

तसर्थ आफूलाई मन लागेको ठाउँमा जीवनयापनका लागि चाहिने जति खर्च लिएर रिटायर भई बस्ने सल्लाह समेत पठाए । यो सुनेर रणबहादुर शाहलाई रिसको सीमा रहेन र उनी सेनालाई त्यस्ता दरबारीहरुको विरुद्ध पठाए । तर, सेना पनि विरोधी पक्षमै मिल्न गएकोले रणबहादुर शाहले भारतको बनारसतिर भाग्नु पर्‍यो ।

रणबहादुर शाहले आफ्नो छोरालाई राज्य पाउन कुनै समस्याको सामना गर्न नपरोस् भन्ने उद्देश्यले नै शासन त्याग गरेका थिए र कान्तीवतीको निधनपछि छोराको संरक्षक भएर शासन सञ्चालन गर्ने इच्छा थियो । तर, दरबारीहरुले उनलाई पागल ठानेर भारततिर भगाइदिए ।

रणबहादुर शाह एउटा मुद्दाको छानविन गरिरहेको बेलामा आफ्नै सौतेला भाइ शेरबहादुर शाहीद्वारा वि.स. १८६३ वैशाख ७ शनिबार (सन् १८०६ अप्रिल २५ ) मा उनको हत्या भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x