पुस ५, २०८०
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
विश्वका कयौं देशका संसद भवन तथा सरकारी कार्यालयहरु धेरैका लागि आकर्षणको केन्द्र बनेका छन् । बेलायत, जर्मनी, हंगेरी, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्डलगायत मुलुकका संसद भवनहरु यसको उदाहरण हुन् । त्यस्तै दिगो अर्थात आफैमा धानिन सक्ने विशेषता (Sustainable Features) भएको डेनमार्कको कोपेनहेगनमा अवस्थित अत्याधुनिक यु.एन. सिटी पनि संसारकै एउटा नमूना मानिन्छ । क्यालिफोर्नियाको मिस्ट्री हाउस, बाकुको सास्कृतिक केन्द्र, अष्ट्रियाको कुन्सथाउस आदि-आदि । एकपटक निर्माण सम्पन्न भइसकेपछि पुनः बनाइरहन वा सुधार गर्न निकै कठिन हुन्छ, अतः बेलैमा बुद्धि पुर्याउन उपर्युक्त हुन्छ ।
जर्मनीको बर्लिनस्थित संसद भवन(रेइसट्याग)को भित्री भाग
नेपालका सातवटै प्रदेशमा बनाइने संसद र अन्य सरकारी भवनहरु बनाउँदा नेपालको आफ्नो संस्कृति र कला झल्किने गरी विशेष किसिमले बनाउन सकिन्छ । यसको लागि महङ्गो, जटिल र ठूला संरचना बनाउनुपर्छ भन्ने छैन । हाम्रा आफ्नै डिजाइनरहरुबाट सम्भव भएसम्म स्वदेशकै ढुंगा, काठलगायतका निर्माण सामाग्रीहरु प्रयोग गरेर कम खर्चिलो र नेपाली कला झल्किने गरी आकर्षक डिजाइनमा बनाउन सकिन्छ । यसरी निर्माण गर्दा आफैँमा धानिन सक्ने विशेषतासहित बनाउने गरी सार्वजनिकरुपमा डिजाइनहरु माग गर्ने र उत्कृष्ट भएकोलाई सबै प्रदेशमा संसद भवन र अन्य महत्वपूर्ण सरकारी कार्यालयहरुको भवन निर्माण गर्ने गरी लागू गर्न सकिन्छ ।
कोपेनहेगनस्थित यू एन सिटी, गुगल तस्वीर
यसो गर्दा निम्न कुराहरुमा विचार पुर्याउनु पर्दछ-
१) निश्चित मापदण्ड तोकेर नेपाली कम्पनी वा इन्जिनियरहरुबाट डिजाइन लिई उत्कृष्ट ठहरिएकालाई छनौट गर्ने र आवश्यक परे थप परिमार्जन गरी लागू गर्ने ।
२) कपी पेस्टको सिद्धान्त अपनाउने अर्थात् एकै प्रकारको नक्सा तथा डिजाइन सातवटै प्रदेशमा लागू गर्ने ।
३) हाल भवनहरु भइरहेका शहरको केन्द्रभन्दा केही टाढा एउटै कम्पाउण्डभित्र संसद भवन तथा अन्य सरकारी भवनहरु बनाउने जसले गर्दा एउटै कम्पाउण्डवालले र सिमित सुरक्षाकर्मीले पुग्नुका साथै बिजुली, पानी, टेलिफोन, ढल व्यवस्थापन, सुरक्षा व्यवस्थापन आदिमा सहयोग पुग्ने ।
४) ढलको प्रशोधनको व्यवस्था, कोठा तथा हलहरुमा चिसो गराउनका लागि गारो तथा छतमा पाइपहरुबाट नियमित चिसो पानीको प्रवाह गर्ने आधुनिक प्रविधिको व्यवस्था गर्ने ।
५) सेवाग्राहीहरुसँग नियमित सरोकार हुने कार्यालहरुको लागि मुख्यद्वारबाट प्रवेश नगरी झ्यालबाट नै सेवा दिने व्यवस्था गर्ने ।
६) शहरको ट्राफिकको चापलाई यथासक्य कम गर्ने व्यवस्था गर्न र हाल भएको बस्तीलाई अझ अव्यवस्थित हुन नदिनेतर्फ ध्यान दिने ।
७) सबै प्रदेशमा एउटै आकार र क्षेत्रफलको जग्गा चयन गर्ने जसले गर्दा नक्शालाई कपी पेष्टको रुपमा लागू गर्न सकियोस् ।
८) तातो चिसो व्वस्थापन गर्न बत्ती, पानी आदिका लागि दिगो अर्थात् धानिन सक्ने विशेषताहरु अवलम्बन गर्ने ।
(अर्याल डेनमार्कस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन हुन् ।)
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...