×

NMB BANK
NIC ASIA

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा, तीन दिनभित्र यथार्थ पत्ता लाग्ने

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विजयकुमार महतो 

Sagarmatha Cement
Muktinath Bank

पर्सा, ६ माघ - वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली आज वीरगञ्ज आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो । 


Advertisment
Nabil box
Kumari

नापी विभागका निर्देशकद्वय दामोदर ढकाल र अनिल मरासिनीको नेतृत्वमा आएको टोलीले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर गाडिने स्थानको नाप नक्सा गर्ने कार्य शुरु गरिएका छन् । 

Vianet communication
Laxmi Bank

सीमास्तम्भको छानबिन गर्न घटनास्थल पुगेका निर्देशक ढकालसँग बुझ्दा उनले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को दश सहायक पिलरमध्ये चार पिलरमा विवाद देखिएकाले एलजिपिएस मेसिनबाट नापनक्सा गरेपछि मात्र गाड्न लागिएको स्तम्भ ठीक वा बेठीक स्थानमा भएकोबारे बताउन सकिने जानकारी दिए  । 

उनले  सन १८१६ मा ब्रिटिस सरकारसँग भएको सन्धिलाई आधार मानी नेपाल तथा भारत सरकारले तत्कालीन अवस्थामा रहेको नदी सिमाना मानी स्ट्रिप नक्सा तयार पारिएको र सोही नक्साका आधारमा सन् २०१४ देखि सीमाङ्कन कार्य थालनी गरिएको बताए  । 

सन् १८१६ मा नदी बगेको धारलाई सीमा मानी दुई सेन्टिमिटरसमेत फरक नपर्ने गरी एलजिपिएस मेसिनबाट सीमा निर्धारण कार्य भइरहेको जानकारी निर्देशक ढकालले दिए  । उनले वीरगञ्जको छपकैयामा देखिएको विवादबारे मेसिनबाट नापनक्सा गरेपछि सीमास्तम्भ गाड्न लागिएको स्थान ठीक वा बेठिक भन्न सकिने र यसमा तीनदिन समय लाग्ने बताए  । 

स्ट्रिप म्यापका आधारमा सीमा निर्धारण गर्दा नेपाली नम्बरी जग्गासमेत भारततर्फ र भारतको जग्गा नेपालतर्फ आएको विभिन्न स्थानमा देखिएको जानकारी दिँदै निर्देशक ढकालले यताको उता र उताको यता आएको जग्गाको विवारणबारे लिखित प्रतिवेदन नेपाल सरकारलाई बुझाउने र नेपाली नम्बरी जग्गाधनीलाई नेपाल सरकारले कुनै न कुनै राहत अवश्य दिने निर्देशक ढकालले विश्वास व्यक्त गरे  । 

तीन सय ९२ को ६, ७, ८ र ९ नंको सहायक पिलर नेपाली भूमि मिचेर लगाउन लागेको जसकारण लालपूर्जा भएका ५० बिगाहाभन्दा बढी नेपाली भू–भाग भारततर्फ जान लागेपछि सीमास्तम्भ निर्माण कार्य बन्द गर्न निवेदन दर्ता गराएको छपकैया निवासी रवीन्द्र महतोले जानकारी दिए  । 

उनले २०२२ सालको नापीअनुसार आफूहरु नेपाल सरकारलाई कर तिर्दै आएको नम्मरी जग्गा कसैले भन्दैमा भारतीय कसरी हुने प्रतिप्रश्न गर्दै महतोले स्ट्रिप म्यापको बहानामा नेपाली जग्गालाई भारतीय बनाउने कार्य आफूहरुलाई मञ्जुर नभएको प्रष्ट पारे । भइरहेका गलत सीमाङ्कन कार्यलाई नसच्याए सोविरुद्ध प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाउँदै आन्दोलनमा उत्रिने महतोको भनाइ छ । 

भारतसँग सीमा जोडिएको पर्साको ११६ किमी क्षेत्रफलमा ४९ वटा जंगे पिलर, ४९ वटा सहायक पिलर ९६१ वटा साना सहायक पिलर गरी कूल एक हजार ५९ सीमास्तम्भ रहेको नापी विभागले जनाएको छ । 

सन् २०१४ देखि चितवनको बाल्मीकि नगरबाट सीमाङ्कन कार्य शुरु भएपछि हालसम्म नेपाल पक्षको भागमा परेका पर्साका सबै सीमास्तम्भ नेपाली पक्षले मर्मत वा पुनःनिर्माण गरे पनि भारतीय पक्षले उक्त कार्य हालसम्म पूरा नगरेको नापी विभागका अधिकारीले बताएका छन् । (

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x