‘महाकाली सन्धि कार्यान्वयन गर्न तयार’

माघ ६, २०७४

कञ्चनपुर, ६ माघ - सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधदेखि नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताएका छन्  । 

आज टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धिअनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताए  । 

महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्माण गर्न नेपाली भूमि प्रयोग गरेको बदलामा नेपालले ३०० क्युसेक पानी सुख्खायाममा र एक हजार क्युसेक पानी वर्षायाममा प्राप्त गर्ने कुुरा उल्लेख गरिएको भए पनि प्राप्त नभएको उनले बताए  । 

महाकाली नदीमा निर्माण भइरहेको पञ्चेश्वर परियोजनाको काम द्रुत गतिमा अगाडि बढाउन भारत सरकारसँग सहमति भइसकेको उनले बताए  । मन्त्री गौतमले पञ्चेश्वरबाट थप भएको पानी उपयोग गर्ने गरी नहरको संचरना निर्माण गरिने बताएका छन्  । 

आजै मन्त्री गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो तथा जनता तटबन्ध कार्यालयले गरेका कामको पनि निरीक्षण गरेका छन्  । उ
 

माघ ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस