×

NMB BANK
NIC ASIA

प्रदेशसभा सदस्यको सपथ आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं,  ७ माघ– गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको सपथ ग्रहण आइतबार (आज) हुँदैछ ।  सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण हुन लागेको हो । उनीहरुलाई सम्बन्धित प्रदेश प्रमुखले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

Muktinath Bank

प्रदेश नं १ का प्रदेशसभा सदस्यको सपथग्रहण प्रादेशिक अस्थायी राजधानी विराटनगरमा हुँदैछ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्र सभागृहमा बिहान १० बजेदेखि सपथ ग्रहण  कार्यक्रम हुन लागेको  मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

    प्रदेशसभाका प्रमुख डा गोविन्द सुब्बाले सबैभन्दा पहिले प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य ओम सरावगीलाई शपथग्रहण गराउनेछन् । त्यसपछि, ज्येष्ठ सदस्यले अन्य प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउनेछन् । 

Vianet communication
Laxmi Bank

प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् । 

प्रदेश नं १ मा मोरङबाट १२ जना, झापाबाट १० जना, सुनसरीबाट आठजना, इलामबाट चारजना, उदयपुरबाट चार जना प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । 

    त्यस्तै, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुम जिल्लाबाट २–२ जना प्रदेशसभामा निर्वाचित भएका छन् । 

यसैगरी  प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण अस्थायी राजधानी जनकपुरस्थित उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा गर्ने कार्यक्रम तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले जानकारी दिए । 

शपथका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसकेको र शपथ ग्रहण समारोह स्थलमा सम्पूर्ण तयारी शनिबार नै पूरा भइसकेको उनले बताए ।  प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन् । 

यता   ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको  सपथ हेटौडामा हुँदैछ । सरकारले अन्तिम समयमा आएर एकाएक भक्तपुरबाट सारेर हेटौडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकेको थियो । 

 आइतबार ९ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा सदस्यमध्येका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराएर शपथको सुरुवात गर्ने कार्यक्रम तय भएको छ  । 
बिहान १० बजे ज्येष्ठ सदस्य पौडेलले अन्य ११० प्रदेशसभा सदस्यलाई ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । 


पोखरा अस्थायी मुकाम तोकिएको प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

उनले साविकको नगर प्रशिक्षण कार्यालयमा  प्रदेश नं ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । 

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले ज्येष्ठ प्रदेशसभा सदस्यलाई बिहान नौ बजे कुँवरले शपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी दिए । 

ज्येष्ठ सदस्यले शपथ लिएसँगै अन्य सदस्यले ज्येष्ठ सदस्यबाट विहान १० बजे शपथ लिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए । 

यसैगरी बुटवल अस्थायी राजधानी तोकिएको  प्रदेश नं ५ मा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सदस्यलाई पद तथा गोपनियताको सपथ गराउने छन् ।   

बिहान ११ बजे बुटवल स्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ ग्रहण कार्यक्रम तय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए 

५ नं प्रदेशमा प्रत्यक्षतर्फ ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसद निर्वाचित भएका छन् ।

यसैगरी     प्रदेश ६ का प्रदेशसभा सदस्यलाई सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा शपथ खुवाउने कार्यक्रम छ । प्रदेश नम्बर ६ को अस्थायी मुकाम सुर्खेत तोकिएको छ । 
प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् ।  


यस्तै ७ नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएको धनगढीमा आइतबार जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा सपथग्रहणको कार्यक्रम राखिएको छ । 

९ जिल्ला रहेका ७ नं प्रदेशमा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । यो प्रदेशमा प्रदेशसभाको प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ प्रदेश सांसद रहेका छन् । 

निर्वाचन आयोगले शुक्रबार प्रदेशप्रमुखको राष्ट्रपति भवनमा शपथ गराएलगत्तै प्रदेश प्रदेशसभाको निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेको थियो । सो प्रतिवेदन राजपत्रमा प्रकाशित गराएर आइतबारको लागि सपथ ग्रहण कार्यक्रम राखिएको हो । 

    प्रदेशसभा सदस्यको शपथग्रहण समारोहमा राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, लब्धप्रतिष्ठित व्यक्तित्व, पत्रकारलगायतलाई  निमन्त्रणा गरिएको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x