×

NMB BANK
NIC ASIA

रामचन्द्र पौडेल पक्षको निर्णयले कांग्रेसमा अन्योल

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ , ७ माघ विधानविपरीत गठन भएको संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरूले गरेपछि कांग्रेसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेबारे अन्योल भएको छ ।

Muktinath Bank

कान्तिपुर दैनिक लेख्छ- पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान बोलाएको शीर्ष बैठकमा पौडेल पक्षले संसदीय समिति विधानसम्मत नभएसम्म आफूहरू बैठकमा उपस्थित हुन नसक्ने निर्णय सुनाएका थिए । देउवाले विधानविपरीत १७ जनाको संसदीय समिति बनाएका छन् । समितिमा आफ्नो पक्षको बहुमत पुर्‍याउन उनले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य राखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधानअनुसार समितिमा हाल रहेका तीन पदाधिकारी र ८ सदस्य मात्रै हुनुपर्ने हो । ११ सदस्यीय हुनुपर्नेमा देउवाले १७ सदस्यीय बनाएपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पनि पौडेल पक्षले संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत गठन भएको भन्दै भंग गरी विधानअनुसार निर्माण गर्नुपर्ने माग अघि सारेको छ । यो मागमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षसमेत जोडिएको छ । सिटौला पक्षले पनि विधानविपरीतको अभ्यास गर्न नहुने भन्दै सभापतिलाई विधानसम्मत रूपमा चल्न आग्रह गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय सदस्य शेखर कोइरालाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमै विधानविपरीत गठन भएको समितिमा आफू नरहेको घोषणा गरेका थिए । समिति नै विवादमा परे पनि सभापति देउवाले तत्काल भंग गरेर नयाँ समिति बनाउने सम्भावना कम रहेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।

Vianet communication
Laxmi Bank

विकल्पमा देउवाले पार्टी पदाधिकारीसहित शीर्ष नेताहरू बोलाएर उम्मेदवार चयन गर्ने विषयमा छलफल थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x