×

NMB BANK
NIC ASIA

आतंकवादीको कब्जाबाट होटललाई छुटाउन अफगानी सुरक्षाकर्मी सफल

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ माघ — काबुलस्थित विलासी होटललाई आतंकवादीहरूको कब्जाबाट मुक्त पार्नका लागि अफगानी सुरक्षाफौजहरू सफल भएका छन् । शनिवार साँझ आतकंवादी लडाकूको एक समूहले बन्दुकसहित होटलमा प्रवेश गरेर धेरै व्यक्तिको हत्या गरेको थियो । 

इन्टरकन्टिनेन्टल होटलमा उपस्थित अतिथि र कर्मचारीमाथि उनीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । 

दुई आक्रमणकारीहरूलाई मारिएको छ भने अन्य चाहिँ माथिल्ला तल्लाहरूमा लुकेर बसेका अधिकारीहरूले बताएका छन् । 

कम्तीमा पाँच सर्वसाधारणको हत्या भएको र ६ जना घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयका एक प्रवक्ताले बताए । 

आक्रमण स्थानीय समयअनुसार, राति ९ बजे शुरु भएको थियो । बन्दुकधारीहरूले सुरक्षा गार्डहरूमाथि गोली प्रहार गरेका थिए अनि ६ तल्ले होटल छिर्ने क्रममा ग्रिनेड पडेकाएका थिए । 

विशेष सुरक्षादस्तालाई बोलाइनुअघि उनीहरूले कर्मचारी र अतिथिहरूलाई लक्ष्य बनाएका थिए । 

अहिले सुरक्षाबलले होटलको धेरैजसो भागलाई नियन्त्रणमा लिइसकेका छन् र उनीहरू माथिल्लो तल्लालाई सुरक्षित बनाउन संघर्ष गरिरहेका छन् । त्यहाँ कोही मानिस फसेका भए उनीहरूको उद्धार गरिने गृहका प्रवक्ताले बताए । 

अहिलेसम्म सयभन्दा बढी अतिथिहरूलाई उद्धार गरिएको उनले थपे । 

केही रिपोर्टहरूमा आएअनुसार, होटलमा सूचना प्रविधिसम्बन्धी एउटा सम्मेलन चलिरहेको थियो अनि त्यसमा प्रान्तीय अधिकारीहरूले भाग लिइरहेका थिए । रोयटर्स समाचार संस्थालाई एक प्रत्यक्षदर्शीले बताएअनुसार आक्रमणकारीहरूले केहीलाई बन्धक बनाएका छन् । 

काबुलस्थित अमेरिकी दूतावासले शहरका होटलहरूमा आक्रमण हुन सक्ने चेतावनी दिएको केही दिनमा यो आक्रमण भएको हो । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x