×

NMB BANK
NIC ASIA

अमेरिकामा सरकारी कामकाज ठप्प, के हुन्छ अब ?

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ माघ — अमेरिकाको संसद् सिनेटले बजेट विधेयक खारेज गरेपछि पाँच वर्षमा दोस्रोचोटि अमेरिकी सरकारको कामकाज बन्द भएको छ । डोनल्ड ट्रम्प राष्ट्रपति बनेको एक वर्ष बितेको अवसरमा शनिवार यसरी कामकाज ठप्प हुने स्थिति आयो । 

गभर्नमेन्ट शटडाउन भनिने यो स्थिति सन् २०१३ मा ओबामा प्रशासनले पनि झेल्नुपरेको थियो । 

अमेरिकाको एन्टी डेफिसिएन्सी एक्टअन्तर्गत पैसाको कमी हुँदा संघीय अर्थात् केन्द्रीय निकायहरूले कामकाज रोक्नुपर्छ र कर्मचारीहरूलाई छुट्टी दिइन्छ । त्यतिखेर उनीहरूले तलब पनि पाउँदैनन् । 

सरकारले संघीय बजेट ल्याएपछि प्रतिनिधिसभा र सिनेट दुवैबाट त्यो पारित हुनुपर्छ । अहिले त्यही पारित हुन नसकेर शटडाउनको स्थिति आएको हो ।

आठ लाखभन्दा बढी संघीय कर्मचारीहरू अनुपस्थित रहने र संकटकालीन सेवाहरू मात्र उपलब्ध रहने बताइएको छ । 

अमेरिकाले यस्तो स्थिति धेरैचोटि सामना गरिसकेको छ । ओबामाको शासनकालमा भएको शटडाउन १६ दिन चलेको थियो अनि आठ लाख कर्मचारी घरैमा बसेका थिए । 

ट्रम्पले शपथग्रहण गरेको एक वर्ष पूरा हुँदा आएको यो संकटका कारण उत्सव पनि मनाउन पाएनन् र बिदा पनि रद्द गर्नुप–यो । उनले ओभल अफिसमा बसेर सिनेटका माइनोरिटी लीडर चक शुमरसँग सरकार चल्न दिनका लागि सम्झौता गरिरहे । 

सम्झौता नहुने लक्षण देखिएपछि उनले यसको जिम्मेवारी विपक्षी डेमोक्रेटिक पार्टीले लिनुपर्ने बताए । 

उता बजेट व्यवस्थापन कार्यालयका निर्देशक मिक मुल्वानीले शटडाउनको असर सन् २०१३ को जस्तो नहोस् भनी प्रयत्न गरिरहेको पत्रकारहरूलाई बताए । मुल्वानीका अनुसार, सेनाले अहिले पनि काम गर्नेछ, सीमामा निगरानी
कायम रहनेछ, दमकलकर्मीहरूले पनि काम गर्नेछन् र पार्कहरू खुलै रहनेछन् ।

उनले सोमवारसम्ममा समाधान निस्किसक्ने बताएका छन् । 

तर काम गरेबापत कर्मचारीलाई तलब दिइनेछैन । 

दुवै सदनमा एकै दल रिपब्लिकनको बहुमत भएपनि शटडाउनको स्थिति आएको यो हालैको इतिहासमा पहिलो अवसर हो । 

शुक्रवार बजेट पारित गराउनका लागि गरिएको मतदानमा ५०–४९ मतान्तर रह्यो जबकि विधेयक पारित गराउन ६० मत चाहिन्छ । सिनेटमा ५१ सीटका साथ रिपब्लिकन पार्टीले बहुमत ल्याएको भएपनि केही डेमोक्रेटहरूको
समर्थनविना विधेयक पारित हुन सक्दैन । 

रिपब्लिकनहरू सीमामा पर्खालसहित सीमा सुरक्षाका लागि अनि आप्रवासनमा सुधारका लागि र सैन्य खर्चमा वृद्धिका लागि लगानीको माग गरिरहेका छन् ।

डेमोक्रेटहरूले बालबालिकाका रूपमा अमेरिका प्रवेश गरेका सात लाखभन्दा बढी कागजातविहीन आप्रवासीलाई सुपूर्दगीबाट बचाउनका लागि माग गरेका छन् । 

एजेन्सी

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x