×

NMB BANK
NIC ASIA

हलिउड फिल्म जुमान्जीले नेपाली बक्सअफिसमा कमायो करोड

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपाली बक्सअफिसमा हलिउड सिनेमा प्रभावशाली बन्न थालेका छन् । डाउने जोन्सन स्टारर एक्सन, एड्भेन्चर र कमेडी ड्रामा जुमान्जी ः वेलकम टु द जंगल उत्साहजनक समिक्षा र राम्रो अकुपेन्सीसहित चौंथो सातामा प्रदर्शन भैरहेको छ । 

Muktinath Bank

यस अवधिमा नेपाली मल्टिप्लेक्सबाट १ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको सिनेमालाई आइबार काठमाडौंमा विशेष प्रदर्शन गरियो । मिडियाकर्मी र माइती नेपालका बालबालिकाले फिल्म हेरे । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले प्रदर्शन आयोजना गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेक कस्डन निर्देशित फिल्मलाई क्रिटिक्सले रुचाएका छन् । जुमानी फ्रेन्चाइजको यो दोस्रो सिक्वेलमा भिडियो गेममार्फत भर्चुअल संसारमा छिरेका चार हाइस्कुल विद्यार्थीले वास्तविक संसारमा फर्कन गरेको संघर्षलाई चित्रण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

‘राम्रो ढंगमा फिल्म प्रदर्शन भैरहेको छ र करोड कमाउन पनि सफल छ’ कम्पनी वितरण प्रमुख जेनिस पहारीले भनिन्, ‘हलिउड फिल्म पछिल्लो समय प्रभावशाली बन्न थालेको उदाहरण हो यो ।’ एप्पलले करोड कमाउने फिल्मलाई विशेष सोसहित कतिपयको प्रिमियर समेत आयोजना गर्ने गरेको छ । 

Vianet communication
Laxmi Bank

सन् २०१८ मा मेज रनर ः द डेथ क्योर, पिटर ¥याबिट, अल्फा, रेड स्पारो, टम्ब रेइडर, डेडपुल २, होटल ट्रान्सिलभेनिया ३, भेनम, न्यू म्युचन्टस लगायतका फिल्मलाई एप्पलले नेपाल रिलिज गर्दैछ । 

कम्पनीले हलिउडका मुख्य स्टुडियोहरु फक्स, सोनी पिक्चर्स, वार्नर ब्रोज, युनिभर्सल एवं बलिउडका पीभीआर र तानवीर स्टुडियोका फिल्म वितरण गर्दै आइरहेको छ । 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x