×

NMB BANK
NIC ASIA

आठ करोडको कारोबार गर्दै म्याग्दी महोत्सव सम्पन्न

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, ८ माघ- छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ्क्राान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला करिब रु आठ करोडको कारोबार गर्दै आइतबार राति सम्पन्न भएको छ । 

‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको महोत्सवमा करिब एक लाख ८५ हजार दर्शकले अवलोकन गरेको वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताउनुभयो । 

अपेक्षा गरेभन्दा करिब २५ हजार बढी दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको बताउनुभयो । महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातीत वस्तु राखिएका स्टलसमेत अधिकांश रित्तै भएको बताउँदै व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ ।

Muktinath Bank

महोत्वसमा जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुने वस्तुको छुट्टै स्टल राखिएको थियो । महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन र जडीबुटीलाई मुख्य प्राथमिकता दिइएको थियो । 

गलेश्वर–मालढुङ्गा नियमित जलयात्रा (र्याफ्टिङ) सञ्चालन गरिने 

यसैगरी, प्रसिद्ध धार्मिकस्थल म्याग्दीको गलेश्वरधामबाट पर्वत र बागलुङको सिमाना मालढुंगासम्म कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ । 

छैटौँ म्याग्दी महोत्सवका अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पुस २८ देखि जलेश्वरदेखि बेनीबजारको थकाली सेवा समाजको घरसम्म सञ्चालन गरेको र्याफ्टिङ प्रभावकारी र स्थानीयवासीले अभिरुचि देखिएपछि व्यवसायी यसलाई नियमित गर्न इच्छुक देखिएका हुन् । ¥याफ्टिङ एशोसिएशन अफ पोखरा (नारा)सँग समन्वय गरी म्याग्दी उद्योग वाणिज्य संघ, नगरपालिका र स्थानीय बासिन्दासँग सहकार्य गरेर आफ्नो कम्पनीले गलेश्वर–मालढुङ्गा रुटमा नियमित जलयात्रा गर्न इच्छुक रहेको व्यवसायी देव रेग्मीले बताउनुभयो । रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x