×

NMB BANK
NIC ASIA

पहिलोपटक खुला परीक्षाबाट नियुक्त हुँदै जिल्ला न्यायाधीश, ३० पदमा ४२४ को आवेदन

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ माघ– नेपाली न्यायालयको इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशहरु खुला परीक्षाबाट नियुक्त हुने भएका छन् । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम पहिलोपटक खुला परीक्षाबाट ३० जना जिल्ला न्यायाधीश छनौट गरिन लागिएका हुन् । 

Muktinath Bank

जिल्ला न्यायाधीशका लागि माघ १३, १४, १५ र १६ गते परीक्षा सञ्चालन हुँदैछ ।  न्याय सेवा आयोगले गत मंसिर २७ गते विज्ञापन प्रकाशित गरी जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) मा जिल्ला न्यायाधीशका लागि रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा ३ वर्ष काम गरेका अधिकृतहरुमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाका आधारमा जिल्ला न्यायाधीश नियुक्त गरिने व्यवस्था गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै,  संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ग) मा रिक्त पदमध्ये बाँकी ४० प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रुपमा निरन्तर कम्तीमा ८ वर्ष वकालत गरेका, कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा ८ वर्ष काम गरेका वा कानूनको अध्यापन, अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्पतीमा ८ वर्ष काम गरेको नेपाली नागरिकमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा जिल्ला न्यायाधीश भर्ना गर्न सकिने व्यवस्था गरिएको छ । 

Vianet communication
Laxmi Bank

१२३ जना उप–सचिव न्यायाधीशका लागि लड्दै

जिल्ला न्यायाधीशका लागि न्याय सेवाका १२३ जना उप–सचिव प्रतिस्पर्धामा उत्रिएका छन् । न्याय सेवा आयोगले आह्वान गरेको आवेदनअनुसार आन्तरिक खुला समूहमा १२३ जनाले आवेदन दिएका हुन् । आन्तरिक खुला समूहका लागि कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा ३ वर्ष काम गरेका व्यक्तिले आवेदन दिन पाउने छन् । आन्तरिक खुला समूहबाट १५ जना छनौट हुनेछन् । 

यस्तै खुला समूहबाट ८ जना भर्ना हुनेमा ४१० जनाको आवेदन परेको छ । अन्य समूहबाट आवेदन दिएका उम्मेदवारले समेत खुलाबाट फारम भरेको आयोगकी प्रवक्ता निर्मला पौडेलले बताइन् । 

यस्तै २ जनाको कोटा रहेको महिला समूहमा ४७, आदिवासी/जनजाति समूहमा ६१, मधेसी समूहमा ४९ र १ जनाको कोटा रहेको दलित समूहबाट ३ जनाले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका छन् ।  

न्याय क्षेत्रमा ‘सकारात्मक संकेत’

यसअघि ‘राजनीतिक भागवण्डा’का आधारमा न्यायाधीशहरुको नियुक्ति हुनेगरेको आरोप लाग्ने गरेकोमा खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्त गरिनु न्याय क्षेत्रका लागि सकारात्मक संकेत भएको कानून व्यवसायीहरुको भनाइ छ ।

‘जिल्ला अदालतमा खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्त हुनु न्याय क्षेत्रका लागि सकरात्मक संकेत हो,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकान्तरसँग भने, ‘संविधानमा नै व्यवस्था भएको यो अभ्यासले समग्र न्याय क्षेत्रमा नयाँ परिवर्तन ल्याउने छ ।’

न्यायपालिकालाई प्रतिस्पर्धी बनाउँदा नागरिकहरुमा न्यायपालिकाप्रतिको विश्वास बढ्ने अधिवक्ता त्रिपाठीको भनाइ छ । ‘लामो समय कानूनका क्षेत्रमा काम गरेका व्यक्तिलाई प्रतिस्पर्धाका आधारमा न्यायाधीशमा नियुक्त गरिँदा योग्य व्यक्तिले ठाउँ पाउने संभावना हुन्छ,’ त्रिपाठीले लोकान्तरसँग भने, ‘योग्य व्यक्ति न्यायाधीश हुँदा न्याय निरुपणको गति पनि बढ्छ र सेवाग्राहीले छिटो न्याय पाउँछन् ।’

खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्त हुँदा न्यायपालिकामा राजनीतिक प्रभावबाट मुक्त हुने पनि उनको भनाइ छ । ‘यसअघि न्यायाधीश नियुक्तिमा राजनीतिक भागवण्डा हुनेगरेको कुरा बाहिर आउँथ्यो,’ उनले भने, ‘खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्त हुँदा राजनीतिक प्रभाव रहँदैन ।’

खुला प्रतिस्पर्धाबाट जिल्ला अदालतमा भर्ना भएका न्यायाधीशहरु उच्च र सर्वोच्च अदालतमा पुग्ने संभावना बढी हुने भएकाले समग्र न्यायपालिका यसले सकरात्मक परिवर्तन ल्याउने त्रिपाठीले बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x