×

NMB BANK
NIC ASIA

यी हुन् बेलायतकी सबभन्दा होची महिला, दिनदिनै सहन्छिन् चरम पीडा (भिडियोसहित)

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, —जर्जिया –यान्किन बेलायतकी सबभन्दा होची किशोरी हुन् । उनको उचाइँ जम्मा ३१ इन्च छ । 

एक गम्भीर रोगका कारण उनको लम्बाइ बालककालमा नै रोकिएको थियो र उनले दिनदिनै भयानक पीडाबाट गुज्रिनुपर्छ । यसो हुँदाहुँदै पनि उनी आफ्नो जीवनलाई उत्सव बनाउँछिन् किनकि आफू अरूभन्दा पृथक् रहेको उनको मान्यता छ । 

युट्युबमा आफ्नो कथा सुनाउँदै जर्जिया भन्छिन्, ‘म विद्यालयमा छँदै हामीले आठ हप्ता पुगेको एउटो छाउरो ल्याएका थियौं । त्यतिखेर त्यो मेरो घुँडाघुँडा आउँथ्यो । दश वर्ष बितिसक्दा ऊ धेरै ठूलो भइसकेको छ तर म उत्री नै छु ।’

आफू स्केलेटल डिस्प्लासिया नामक रोगबाट ग्रस्त भएको उनी बताउँछिन् । यो रोगका कारण हाडहरूको विकास रोकिन्छ । 

जर्जियाले हालै एक टीभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो हाइट ३१ इन्च अर्थात् २.५ फीट रहेको बताइन् । यो दुई वर्षको बच्चाको औसत हाइटभन्दा कम हो । 

यस रोगका कारण आफूलाई रातदिन पीडा हुने उनको भनाइ छ । बिहान उठेदेखि राति नसुतुन्जेल शरीरमा पीडा हुने उनी बताउँछिन् । त्यसैले उनी आफूलाई काममा व्यस्त राख्छिन् जसले गर्दा उनको ध्यान पीडामा जान पाउँदैन । 

जर्जियाले बताएअनुसार, पीडालाई भुलाउन उनले आफ्नो लम्बाइको कथा मानिसलाई सुनाएर रमाइलो गर्ने गरेकी छन् । उनी भन्छिन्, ‘म विद्यालयमा हुँदा मेरो टाई नै मभन्दा अग्लो थियो ।’

‘मानिसहरू मेरो हाइटका कारण मलाई बेवास्ता गर्छन्, मलाई पार्टीमा बोलाउँदैनन् । तर मलाई नराम्रो लाग्दैन । म यस्तो हुँदा आफ्नै काम गरिबस्छु ।’

जर्जियाले युट्युबमा मेकअप टिप्स दिने गरेकी छन् । उनका सब्स्क्राइबरहरू १४ सय छन् । युट्युबबाट उनले केही पैसा कमाउने गरेकी छन् । 

हेरौं भिडियो :

एजेन्सी

 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x