×

NMB BANK
NIC ASIA

एमाले–माओवादीमा मुख्यमन्त्रीको दौडधुप, क–कसको छ सम्भावना ?

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ८ माघ– प्रदेश सभाका सांसदहरुले शपथ लिएलगत्तै वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री र प्रदेश सभामुखको उम्मेदवार छान्ने गृहकार्य शुरु गरेका छन् । त्यसका लागि एमाले स्थायी समितिको बैठक सोमवार बस्दैछ । 

Muktinath Bank

एमाले र माओवादीबीच एमालेले ४ र माओवादीले दुई मुख्यमन्त्री लिनेगरी मोटामोटी सहमति भएको स्रोतको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दुईदलको बैठकले पावर शेयरिङ सम्बन्धी कार्यदलले तयार गरेको प्रस्ताव अनुमोदन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदल स्रोतका अनुसार नेकपा एमालेले १, ३, ४ र ५ को मुख्यमन्त्री लिने र माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री पाउने मोटामोटी सहमति भएको छ । प्रदेश नम्बर २ मा भने मधेश केन्द्रित दलहरुको बहुमत देखिएको छ । बाँकी ६ प्रदेशमा एमाले र माओवादी केन्द्रको बहुमत छ । 


Advertisment
Nabil box
Kumari

कहाँ कसको पल्ला भारी ?

Vianet communication
Laxmi Bank

भीम आचार्यको समेत चर्चा भएपनि प्रदेश नम्बर एकमा पोलिटव्युरो सदस्य शेरधन राई मुख्यमन्त्री बन्ने सम्भावना रहेको एमाले स्रोतले बतायो । जनजाती बाहुल्य रहेका कारण सो प्रदेशको मुख्यमन्त्रीमा राईलाई अगाडि सार्ने तयारीमा एमाले छ ।  सोही प्रदेशमा एमालेले प्रदेश सभामुख पाएमा उषाकला राईको सम्भावना छ । केही दिनमै संसदीय दलको बैठक बसी राईलाई नेता तोक्ने तयारी भएको प्रदेश नम्बर एक का एक एमाले सांसदले बताए । 

प्रदेश नम्बर तीनमा मुख्यमन्त्रीका आकाक्षी धेरै भएपनि पार्टीमा भागवण्डा मिलाउदा माधवकुमार नेपाल समूहले पाउने सम्भावना छ । मुख्यमन्त्रीका लागि अष्ठलक्ष्मी शाक्य, पशुपति चौलागाईदेखि राजेन्द्र पाण्डे र केशव स्थापितको चर्चा छ । डोरमणि पौडेलदेखि अरुण नेपालले पनि मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । एमालेले आफ्नो भागमा पर्ने चार मुख्यमन्त्रीलाई समावेशी बनाउने तयारी गरेको छ जसका कारण तीन नम्बर प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको एक एमाले नेताले बताए । 

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका प्रभावशाली नेताद्वय पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबीच हानथाप परेको छ । एमालेका लागि प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको पद मिलाउन कठिन देखिएको छ ।

पृथ्वी सुव्वा पार्टीको सचिव छन् भने किरणलाई उपाध्यक्ष वामदेव गौतमको दह्रो साथ छ । वामपन्थी गठबन्धनका अवधारणाकार समेत रहेका गौतमले चार मध्ये एक मुख्यमन्त्रीमा आफूले सिफारिश गरेको व्यक्ति पर्नु पर्ने लविङ गरिरहेका छन् । तर वर्तमान सचिव पृथ्वी सुव्वालाई पनि बालकोटको साथ रहेको हुँदा प्रदेश चारमा मुख्यमन्त्री चयन रोचक बनेको छ ।  दुवै नेताले दावी नछाडेपछि आलोपालो प्रणाली गरेर मुख्यमन्त्रीको कार्यकाल बाढ्ने बिषयमा समेत छलफल भइरहेको एमाले स्रोत बताउँछ ।

प्रदेश नम्बर ५ मा शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ । एमाले संसदीय दलको बैठकले आइतवार पोखरेललाई संसदीय दलको नेता चुनिसकेको छ । प्रदेश सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यबस्था छ । ‘बुटवल राजधानी, दाङको मुख्यमन्त्री’ भनेर प्रदेशको राजधानीको विबाद सल्टाउने प्रयास एमाले भित्रबाटै भइरहेको छ । 

प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी छ तर एमालेका नेताहरुलेसमेत ५० प्रतिशत सिट जितेका कारण मुख्यमन्त्री आफैले राख्नुपर्ने बताउँदै आएका छन् । 
मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नरेश भण्डारीले दावी गरेका छन् । दुवैको सम्भावना बराबर रहेको माओवादी स्रोत बताउँछ । एमाले तर्फबाट प्रकाश ज्वाला लगायतका नेताले पनि मुख्यमन्त्रीको दाबी पेश गरिरहेका छन् । 

प्रदेश नम्बर ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने निश्चित प्राय छ । थारु समुदायलाई समेट्न वीरमान चौधरीलाई मुख्यमन्त्री बनाउने सम्भावना छ । प्रकाश शाह, तारा लामा तामाङ र दीर्घ सोडारीले पनि मुख्यमन्त्रीको दावी गरेका छन् । जातीय सन्तुलन मिलाउन पनि माओवादीले थारु समुदायका व्यक्तिलाई मुख्यमन्त्री बनाउने सम्भावना छ । एमालेका तर्फबाट कर्णबहादुर थापालाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रचार गरिएपनि समानुपातिक सूचीमा रहेका थापा सांसद बन्न पाएनन् । 

प्रदेश नम्बर २ मा भने मधेस केन्द्रित संघीय समाजवादी फोरम या राष्ट्रिय जनता पार्टी (राजपा)ले मुख्यमन्त्री पाउने छ । मुख्यमन्त्रीमा फोरमका लालबाबु राउतको सम्भावना प्रवल छ । राउत यसअघि फोरम संसदीय दलको उपनेता थिए । राजपाले पाएमा जितेन्द्र सोनल या मनीष कुमार सुमनको दावी छ । सोनल संसदको विकास समितिको पूर्व सभापति हुन् ।

कहिले छान्छिन् मुख्यमन्त्री

प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको मितिले ३० दिन भित्रमा मुख्यमन्त्री नियुक्त हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

नेपालको संविधान( २०७२ु को धारा १६८ ले प्रदेश प्रमुखलाई बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने अधिकार दिएको छ।

हेर्नुहोस्, संविधानको धारा १६८ को उपधारा १

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् । जुन कुरा संविधानको धारा १६८ को उपधारा २ मा उल्लेख छ ।


प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेश प्रमुखले सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । यसरी नियुक्त हुने मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था धारा १६८ कै उपधारा ४ मा उल्लेख छ ।  

निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम गत बुधबार सार्वजनिक गरेको थियो । त्यसको ३० दिन अर्थात् आगामी फागुन ३ भित्रमा मुख्यमन्त्री चयन भइसक्नुपर्ने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x