×

NMB BANK
NIC ASIA

पहिलो टिट्वान्टीमा न्युजील्यान्डको शानदार जीत

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ माघ — न्युजील्यान्ड भ्रमणमा रहेको पाकिस्तानले लगातार खराब प्रदर्शन गरिरहेको छ । यसैक्रममा सोमवार भएको पहिलो टीट्वान्टी खेलमा न्युजील्यान्डले पाकिस्तानलाई सात विकेटले हरायो ।

टस हारेर ब्याटिङ गरेको पाकिस्तान निर्धारित पूरा ओभर पनि टिक्न नसकेर १९.४ ओभरमा जम्मा १०५ रनमा अल आउट भयो । जवाफमा न्युजील्यान्डले १५.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य हासिल ग–यो ।  

त्रिपन्न रनमा ७ विकेट गुमाएको पाकिस्तानले बाबर आजमको ४१ र हसन अलीको २३ रनको मद्दतले १०० रन कटाउनसम्म सफल भएको थियो । 

आजम र अलीले मात्र दोहोरो अंकमा रन जोड्न सकेका थिए । 

पाकिस्तानलाई तहसनहस पार्नका लागि सेथ –यान्स र टिम सउथीले तीन तीन विकेट लिए भने मिचेल स्यान्टनरको नाममा दुई विकेट रह्यो । 

सामान्य लक्ष्य पछ्याएको न्युजील्यान्डका लागि फर्ममा रहेका ब्याट्स्म्यान कोलिन मुनरोले ४३ रनमा नटआउट ४९ रन बनाए । उनी कीर्तिमान बनाउनबाट जम्मा एक रनले चुके । उनले अर्धशतक बनाएका भए लगातार चार टिट्वान्टीमा अर्धशतक बनाउने कीर्तिमानको बराबरी गर्थे ।

अनि म्याचमा ४९ रनको अनौठो संयोग बन्यो । मुनरोले टम ब्रुससँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे भने रोस टेलरसँग पनि चौथो विकेटका लागि ४९ रनकै साझेदारी गरे । 

ब्रुसले २६ र टेलरले २२ रन बनाए ।  

पाकिस्तानका लागि रुम्मान रईसले दुई र शादब खानले एक विकेट लिए ।

कोलिन मुनरो म्यान अफ द म्याच घोषित भए ।

पाँच एकदिवसीय खेलको शृंखलामा क्लीन स्वीप विजयी भएको न्युजील्यान्डले राम्रो खेल कायम राखेको छ ।

दोस्रो टिट्वान्टी बिहीवार अकल्यान्डमा खेलिनेछ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x