×

NMB BANK
NIC ASIA

६ लेन सडक आयोजना : आफ्नो घर भत्काउनेलाई फूलमाला र दोसल्ला

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ८ माघ–धनगढीमा आफ्नो घर आफै भत्काउने घरधनीहरुलाई आज (सोमबार) एक कार्यक्रमका बीच फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कैलालीमा निर्माधिन मोहना–अत्तरिया छ लेन सडक आयोजनाको सीमाभित्र रहेका आफ्ना घरहरु आफै भत्काउने घरधनीहरुलाई सम्मान गरिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

धनगढीस्थित दृष्टिविहिन यूवाहरुद्वारा गठित युवा दबाव समुहका संयोजक अर्जुन रावलले सडक क्षेत्रमा परेका संरचना स्वस्फुर्त रुपमा भत्काउने घरधनीहरुका लागि सम्मान कार्यक्रम राखेको जानकारी दिए । कार्यक्रममा १९ जनालाई सम्मान गरिएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय उक्त निर्माधिन आयोजनाको काममा ठप्प भएको छ । धनगढीका १३ जना घरधनीहरुले आयोजना विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतको अन्तरिम आदेशले तत्काल संरचना हटाउनमा रोक लगाएपछि निर्माणको कार्य ठप्प भएको हो ।


Advertisment
Nabil box
Kumari

तर धनगढीका स्थानीयहरुले मुद्धा दायर गर्नेहरुलाई विकासको काममा सहयोग गर्नुपर्ने भन्दै दवाव सिर्जना गर्दै आएका छन् । यसैबीच मुद्धा दायर गर्ने मध्येका एक मीनकाजी श्रेष्ठले आज आयोजित उक्त कार्यक्रममा आफ्नो मुद्धा फिर्ता लिने घोषणा गरेका छन् ।

Vianet communication
Laxmi Bank

धनगढी चौराहामा आयोजित कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले घरधनी मीनकाजी श्रेष्ठको जस्तै अरुले पनि विकासका लागि ठूलो ह्दय देखाउन आग्रह गरे । 
त्यस्तै युवा दबाब समूहले रिट निवेदन दिएर क्षतिपूर्ति माग गरेका घर धनीहरुका लागि भन्दै सांकेतिक रुपमा एक रुपैया संकलन गरेको छ । ट्राफिक चोकमा बाकस राखेर नै एक रुपैयाँ संकलन अभियान शुरु गरिएको हो ।

स्थानीय धना जोशी, लोकबहादुर कुँवर, मीनकाजी श्रेष्ठ, गंगा शाह बम, यज्ञराज ओझा, मानबहादुर चन्द, ज्ञानबहादुर बिष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानबहादुर खड्का, दुर्गादेवी खड्का, सुरजबिक्रम श्रेष्ठ र सरपसिंह बोहराले सर्वोच्चमा रिट दायर गरेका छन् ।

उनीहरुले आयोजना अन्तरगत सडक क्षेत्रभित्रका संरचना हटाउने कार्य रोक्न माग गर्दै पुस १६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले पुस १९ गते अन्तरिम आदेश जारी गरेको थियो । 

तर दुवै पक्षका वकिलको बहसबाट उजुरी दिने पक्षलाई उपस्थित गराउने गरी माघ ९ गते अर्को पेशी तोकिएको मोहना पुल धनगढी–अत्तरिया ६ लेन सडक आयोजनाका प्रमुख मनिष कुमार शाहले जानकारी दिए । मुद्दा प्रकृया लम्बिएसंगै सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने कार्य पनि लम्बिएको छ । 

सरकारले २०३४ सालमा राजमार्गको चौडाई सडकको बीचको बिन्दुदेखि दाया–बाया २५–२५ मिटर कायम गरेको थियो । 

तर, धनगढी–अत्तरिया सडकमा तत्कालिन धनगढी नगरपालिकाले सडकको सडकको बीच भागदेखि दाँया–बाँया २३ दशमलव ०७ मिटरभित्रै घर नक्सा पास गरेकोले नक्सा पास गरी बनाइएका संरचना हटाउने बारेको विवाद उत्पन्न हुँदा सर्वोच्चमा मुद्दा परेको हो ।  

नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जा विना हटाउन नपाईने भन्दै १३ जना स्थानीयबासीले सर्वोच्चमा मुद्दा दिएका हुन् । यसअघि सडकको चौडाई ५० मिटर क्षेत्रभित्रका संरचना हटाउन भन्दै आयोजना कार्यालयले पटकपटक सूचना जारी गर्नुका साथै माईकिङ गरेको थियो । तर केही स्थानीयले संरचना हटाउन अटेरी गरेपछि आयोजना कार्यालयले सडक क्षेत्र खाली गर्न थालेको थियो ।

सडक क्षेत्र खाली हुन नसक्दा निर्माण सम्झौता भएको ८ महिनासम्म पनि कामले गति लिन सकेको छैन । धनगढी चौराहादेखि भन्सार रोडसम्म भने झण्डै ९० प्रतिशत सडक क्षेत्र खाली भईसकेको आयोजना कार्यालयले जनाएको छ । चौराहादेखि चटकपुरसम्मका केही स्थानीयले सडक क्षेत्र खाली गराउने कार्यको विरोध गरे पनि भन्सार क्षेत्रमा भने स्थानीयले आफैले आफ्ना संरचना भत्काएका आयोजनाका सव  इन्जिनियर भुपेन्द्र बडालले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x