×

NMB BANK
NIC ASIA

श्रीपञ्चमीको नाममा निजी स्कुल सञ्चालकद्वारा 'व्यापार'

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ-  सोमबार बिहानै स्वयम्भूनाथ परिसर पुगेर रामहरि अधिकारीले त्यहाँस्थित विद्याकी देवी सरस्वतीको मूर्तिसामु शिर निहुर्‍याएर मनमनै स्तुती  गर्दै आशिर्वाद मागे, ‘पढाइमा सफलता मिलोस्। सोचेको कुरा पुगोस्।' सरस्वतीको पूजा गर्न आएका श्रद्धालुको भीड छिचोल्दै उनी भित्तामा पुगेर ‘सरस्वती मलाई विद्या देऊ' भन्दै सेतो चकले लेख्न पनि छुटाएनन्।

Muktinath Bank

‘मेहनत त आफैंले गर्ने हो। तैपनि भगवानले तँ आँट, म पुर्‍याउँछु भन्छन् रे। मैले पनि यही सम्झेर आशिर्वाद मागेको हुँ', अधिकारीले भने। स्वयम्भूमा मात्र होइन, राजधानीका अन्य मन्दिरमा पनि रामहरिजस्ता असंख्य विद्यार्थीले सोमबार सरस्वतीको पूजा आराधना गर्दै विद्या प्राप्तिको कामना गरे। कतिपय अभिभावकले भर्खर हुर्कंदै गरेका नानीबाबुलाई अक्षर चिनाउने सुरुवाती दिनको रुपमा पनि यस पर्वलाई उपयोग गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही मेसोमा निजी विद्यालय सञ्चालकहरूले स्कुल परिसरमा सरस्वतीको भव्य पूजा समारोहको आयोजना मात्र गरेनन् विद्यारम्भ गर्ने उमेरका साना बालबालिका तान्न अभिभावकलाई लोभ्याउन अनेकौं भर्ना शुल्कमा छुटलगायत विभिन्न ‘अफर' दिनसमेत उपयोग गरे। अधिकांश निजी विद्यालयले सरस्वती पूजाका दिन भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्कमा ५० देखि सय प्रतिशतसम्म छुट दिए।


Advertisment
Nabil box
Kumari


केही निजी विद्यालयले त भर्ना गर्ने पहिलो विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, कपिलगायत स्टेसनरीसमेत निःशुल्क दिने घोषणा गरे। गल्लीमा समेत विद्यार्थी लोभ्याउन स्कुल सञ्चालकहरूले यस्ता छुटसम्बन्धी पर्चा, पम्प्लेट झुण्ड्याएका छन्। तर शिक्षाविद्हरूले भने स्कुल सञ्चालकका यस्ता गतिविधिलाई ‘श्रीपञ्चमीको नाममा गरिएको व्यापार'को संज्ञा दिएका छन्। यो पर्व किन मनाइयो ? यसको महत्वबारे स्कुल सञ्चालकहरू अनभिज्ञ रहेको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x