×

NMB BANK
NIC ASIA

म्याग्दीमा ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर

माघ ९, २०७४

NTC
Sarbottam
तस्वीर: रासस
Premier Steels
Marvel

म्याग्दी, ९ माघ- म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ ।  जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । 

जिल्ला अनौपचारिक शिक्षा समिति एवं जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बीच प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्नुभयो । 

बाजागाजासहित सरोकारवालाको बृहत् र्यालीले बेनीबजार परिक्रममापश्चात् आयोजित समारोहमा प्रमुख अतिथि सांसद थापाले अन्तरराष्ट्रिय मापदण्डअनुसार जिल्लालाई साक्षर घोषणा गरिएको बताउँदै शिक्षा क्षेत्रमा जिल्लामा भएको उपलब्धिले यहाँका हरेक क्षेत्रमा सकारात्मक सन्देश दिने बताउनुभयो । 

कार्यक्रममा जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाका ४५ वटै वडा र छवटा स्थानीय तह साक्षर बनेपछि सिंगो जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गरिएको बताउँदै नवसाक्षरको सिकाइ उपलब्धि बढाउन र बाँकी रहेका निरक्षरलाई साक्षर बनाउनका लागि कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । 

म्याग्दी नेपालको ३९ औँ साक्षर जिल्लाका रुपमा घोषणा भएको हो । सो अवसरमा शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारिक शिक्षा केन्द्रले साक्षर जिल्ला घोषणा गर्न सफल भएकोमा जिल्ला शिक्षा कार्यालयलाई सम्मानपत्र प्रदान गरेको थियो । 

जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्यांकअनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्यामध्ये ७९ हजार ७३९ जना नागरिक साक्षर बनेको पाइएको हो । लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक र अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्थाअनुसार म्याग्दीलाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताउनुभयो । 

विसं २०६६ देखि निरक्षरलाई साक्षर बनाउन जिल्लामा सामुदायिक सिकाइ केन्द्र, अनौपचारिक प्रौढ विद्यालय, खुला विद्यालयलगायतको माध्यमबाट साक्षरता कक्षा सञ्चालन हुँदै आएको छ । साक्षर जिल्ला घोषणापश्चात् सामान्य साक्षर भएकाको थप सिकाइ र निरन्तर शिक्षाका लागि कार्यक्रम सञ्चालन हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

घोषणा कार्यक्रममा सहभागी जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतले साक्षर जिल्ला घोषणालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x