×

NMB BANK
NIC ASIA

'सुवर्णलता' उपन्यास सार्वजनिक

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

कठमाडौं, ९ माघ — युवा उपन्यासकार मालिका केशरीद्वारा लिखित उपन्यास सुवर्णलता सोमवार सार्वजनिक गरिएको छ । 

प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा उपन्यास सुवर्णलताको साहित्यकार सरुभक्त र प्राज्ञ गीता केशरीले विमोचन गर्नुभएको हो । 

उपन्यासको बारेमा बोल्दै सरुभक्तले नारीप्रधान भएर लेखिएको उपन्यासको संख्या थोरै रहेको अवस्थामा यस्ता पुस्तकले नेपाली साहित्यको भण्डार भर्ने विश्वास गर्नुभयो । उपन्यासले नेपाली नारीको वर्तमान र विगतलाई बहुतै मार्मिक तवरबाट व्याख्या गरेको उहाँले बताउनुभयो । 

Muktinath Bank

पुस्तकका बारेमा बोल्दै गीता केशरीले उपन्यासमा बुद्ध र बौद्ध दर्शनलाई लेखकले कथात्मक तवरबाट देखाएको विचार राख्नुभयो । यस्ता उपन्यासले समाजलाई नयाँ र सुनौलो गन्तव्यतर्फ लैजाने विश्वास उहाँले गर्नुभयो । 

उपन्यासमा जीवनको भोगाइ, आकांक्षा र पीडा देखाइएको छ । उपन्यासमा बुद्धकालीन र वर्तमान समयमा नारीको सामाजिक र पारिवारिक अवस्थालाई तुलना गरिएको छ । साङिग्रला पुस्तक प्रालिले प्रकाशित गरेको उपन्यासका बीसवटा खण्ड छन् । २७१ पृष्ठको उपन्यासको मूल्य रु. ३७५ छ ।

उपन्यासकार केशरीको यसअघि पुनरुत्थान उपन्यास प्रकाशित छ । त्यसमा माओवादीले १० वर्ष चलाएको सशस्त्र द्वन्द्वमा राज्यपक्ष र सशस्त्र विद्रोही पक्षद्वारा उत्पीडनमा परेका नेपाली जनताको यथार्थ चित्रण गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x