×

NMB BANK
NIC ASIA

आजकै दिन गएको थियो इतिहासको सबभन्दा खतरनाक भूकम्प, केही क्षणमै मरे आठ लाखभन्दा बढी मानिस

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ — सन् १५५६ मा आज अर्थात् २३ जनवरीका दिन चीनमा संसारको सबभन्दा ठूलो भूकम्प आएको थियो । यो भूकम्पले एक झमटमै आठ लाख ३० हजार मानिसको ज्यान लिएको थियो । 

यसलाई शांक्सी भूकम्प भनी चिनिन्छ । हुन त यसभन्दा बढी तीव्रता (म्याग्निच्युड) का भूकम्पहरू संसारमा आइसकेका छन् तर ८ म्याग्निच्युडको यो भूकम्पले सबभन्दा धेरै मृत्यु गरायो । 

यो भूकम्पले ८४० किलोमिटर क्षेत्रमा विनाश मच्चाएको थियो । त्यति ठूलो क्षेत्र पूरै ध्वस्त भएको थियो । यसको असर शांक्सी प्रान्तका ९७ वटा काउन्टीहरूमा परेको थियो ।

भूकम्पका कारण भूस्खलन भएका थिए । यी सबैले गर्दा आठ लाखभन्दा बढी मानिस मरेका थिए । 

इतिहासकारहरूका अनुसार, भूकम्पको तीव्रताका कारण जमीनमा ६६ फीटसम्म गहिरो चिरा परेको थियो र प्रभावित क्षेत्रमा ६० प्रतिशतसम्मको जनसंख्या ध्वस्त भएको थियो । 

हुआसियान सिटीनजिकको वेई नदीमा भूकम्पको केन्द्रविन्दु थियो । यो भूकम्प जमीनभन्दा कति तलबाट आएको हो भन्ने विषयमा वैज्ञानिकहरूसँग कुनै जानकारी छैन । तर विनाशलाई हेर्दा यो भूकम्प जमीनको केही किलोमिटर तलबाट मात्र शुरू भएको अनुमान लगाउन सकिन्छ । 

चीनमा त्यसपछिको ठूलो भूकम्प सन् १९७६ को २८ जुलाईमा आएको थियो । ताङशान शहर ७.८ म्याग्निच्युडको भूकम्पका कारण ध्वस्त भएको थियो । त्यसमा पाँच लाखभन्दा बढी मानिस मरेका थिए । 

थाहा भएसम्म सबभन्दा ठूलो भूकम्प सन् १९६० मा चिलीमा गएको थियो । त्यहाँको ९.५ म्याग्निच्युडको भूकम्पले भयंकर विनाश मच्चाएको थियो । यसको तागत एक हजार एटम बमजत्तिको बताइन्छ । 

यसको असर बोलिभियादेखि हवाई टापुसम्म थियो । यसमा परी ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । रेक्टर स्केलमा यो नै सबभन्दा ठूलो भूकम्प मानिन्छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x