×

NMB BANK
NIC ASIA

यी पाँच संकेत देखिए भने दिमाग कमजोर हुन थालेको बुझ्नुपर्छ, बेवास्ता नगर्नुस्

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 दिमाग पनि शरीरका अन्य अंगजस्तै हो । यसलाई स्वस्थ र राम्रो अवस्थामा राख्नका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्छ । 

हाम्रो दिमागले ठीक तरिकाले काम नगर्दा वा कमजोर हुन थाल्दा हामीलाई केही संकेतहरू पठाउँछ । ती संकेतहरूलाई हामीले बेवास्ता गर्नुहुँदैन । 

पहिलो संकेत स्मरणशक्तिको ह्रास हो । त्यस्तो हुन थाल्यो भने दिमागी स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता बुझ्नुपर्छ । 

आवेग भएपनि ठीक काम गर्न नसक्नु
तपाईं आवेगमा काम गर्ने (इम्पल्सिभ) खालको व्यक्ति हुनुहुन्छ तर ठीकसँग काम गर्न सकिरहनुभएको छैन अनि काम गरेपछि पछुताउने गर्नुभएको छ भने तपाईंको दिमागले ठीक काम गरिरहेको छैन भनी बुझ्नुपर्छ । दिमागमा चोट लागेपछि यस्तो लक्षण देखिन थाल्छ । मनोभ्रंश एक शुरूवाती लक्षण हुन सक्छ । यी सबै स्थितिहरूले मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स (मस्तिष्कको सोच र निर्णय लिने भाग) को कार्यलाई प्रभावित गर्न सक्छ । यसमा ध्यान दिनुपर्छ । 

ऊर्जास्तर घट्नु
दिमाग स्वस्थ हुँदा उसले आफ्नो कामको आवश्यकताका लागि ऊर्जा उत्पादन गर्छ । तर हाम्रा केही खराब बानीहरूले यो ऊर्जालाई सिध्याइदिन्छन् । अति गुलियो, डब्बामा राखिएका प्रोसेस्ड खानाको अत्यधिक सेवन, अस्वस्थ बोसोयुक्त खानेकुरा, जाँडरक्सी अनि व्यायामको कमी जस्ता बानीले मस्तिष्कमा खराब असर पार्छन् । 

जतिखेर पनि तनावमा रहनु
जतिखेर चिन्ता पालेर बस्दा स्वास्थ्य बिग्रन्छ । धेर तनाव हुँदा शरीरले कार्टिसोल हर्मोनको उत्पादन शुरू गर्छ । यो हर्मोन लगातार बन्दा शरीर र दिमाग दुवैलाई खराब असर गर्छ । तपाईंमा यस्तो भइरहेको छ भने चिकित्सकसँग परामर्श गर्नुस् । 

जतिखेर पनि मूड अफ हुनु
जतिखेर पनि मूड अफ हुने वा लो फील गर्ने अवस्था आएमा तपाईंको दिमागले थप सहायता खोजेको संकेत दिन्छ । यसलाई सुधार्नका लागि चिकित्सकको परामर्श लिनुस् । मूड ठीक भएमा स्वस्थ हुनुहुनेछ । 

दश वर्ष पुरानो कुरा याद नरहनु
उमेर बढ्दै जाँदा स्मरणशक्ति हराउँदै जान्छ र समस्या बढ्छ । तपाईंको दिमाग स्वस्थ छ भने निकै पुराना कुरा पनि सम्झिन सक्नुहुन्छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x