×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा सदस्यका लागि भोलि मनोनयन, उम्मेदवार छान्न दलहरुलाई सकस

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ९ माघ– आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन हुँदैछ । मनोनयनको अघिल्लो दिन दलहरुले उम्मेदवार छान्ने अन्तिम गृहकार्य गरिरहेका छन् । 

Muktinath Bank

आकाक्षीहरु धेरै भएका कारण दलहरुलाई उम्मेदवार छान्न सकस परेको छ । नेकपा एमालेले तीनवटा प्रदेशको उम्मेदवार छानिकसकेको छ । मंगलवार बस्ने एमाले स्थायी समिति बैठकले आज उम्मेदवारको अन्तिम टुंगो लगाउने नेताहरुले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उम्मेदवारको टुंगो लगाउन माओवादी केन्द्रका शीर्ष नेताको बैठक बस्दैछ । केन्द्रीय कार्यालयको बैठकले उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा जस्तै एमाले र माओवादीले राष्ट्रिय सभा चुनावमा पनि तालमेलको तयारी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश नम्बर ७ को उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेसले बाँकी ६ प्रदेशको उम्मेदवारको टुंगो मंगलवार लगाउँदैछ । उम्मेदवार छान्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । आकाक्षी धेरै भएका कारण कांग्रेसलाई उम्मेदवार छान्न कठिन परेको छ ।

Vianet communication
Laxmi Bank

मधेस केन्द्रित दलहरुले पनि राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने बिषयमा आज नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफलको तयारी गरेका छन् । 

निर्वाचन आयोगले भोलि हुने उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ । माघ १५ मा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने र २४ माघमा मतदान गर्ने कार्यक्रम छ । आयोगले मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x