×

NMB BANK
NIC ASIA

अमेरिकामा शटडाउन सकियो तर अन्योल कायमै

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ — अमेरिकामा सरकारी कामकाज ठप्प हुने स्थिति शटडाउन अन्त्य भएको छ । 

अमेरिकी कांग्रेसमा विपक्षी दल डेमोक्रेटका सांसदहरूले आप्रवासनका सम्बन्धमा वार्ता गर्न सत्तारूढ रिपब्लिकन सांसदहरूसँग एक सम्झौता गरेका छन् । 

तीन दिनदेखिको गतिरोध यसै सम्झौताका साथ अन्त्य भएको छ । सरकारका कर्मचारी मंगलवारदेखि काममा फर्कने भएका छन् । शुक्रवारदेखि सोमवारसम्म काम नगरेको तलब भने उनीहरूले पाउने छैनन् । 

सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्सका सांसदहरू विगत दुई हप्तादेखि संघीय सरकारको बजेट पारित गराउने प्रयास गरिरहेका थिए ।

बजेट विधेयकलाई कानून बनाउनका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हस्ताक्षर गरिसकेका छन् । यो सम्झौता ८ फेब्रुअरी अर्थात् माघ २५ सम्म कायम रहनेछ । त्यतिखेरसम्म डेमोक्रेट र रिपब्लिकन सांसदहरूको माग
पूरा नभएमा पूर्ण बजेट विधेयक फेरि अड्किएर शटडाउनको स्थिति आउनेछ । 

डेमोक्रेटहरू अमेरिकामा सानै उमेरमा आएमा अवैध आप्रवासी अर्थात् ड्रीमरहरूलाई वैध कागजात दिलाउनुपर्ने माग राखिरहेका छन् भने रिपब्लिकनहरू सीमामा पर्खाल लगाउने लगायतका सीमा सुरक्षा तथा सैन्य खर्चमा वृद्धिका माग राखिरहेका छन् र दुई दलबीच कुरा मिलिरहेको छैन । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x