×

NMB BANK
NIC ASIA

अमानवीयता र अपराधको पराकाष्ठा, नवजात शिशुको अनुहार ढुंगाले किचेर हत्या !

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मी, ९ माघ-स्थान गुल्मीस्थित सांस्कृतिक महत्त्वको रिडी बजार, चिसो–चिसो मौसम अनि साँझको समय । साताको पहिलो दिन आइतबार दिनभर कामकाज व्यस्त सर्वसाधारण घर फर्किने हतारोमा थिए । सर्वसाधारण दिनभरको व्यस्ततालाई बिसाउन धमाधम घर पस्दै गर्दा शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीको भने बाहिर निस्किने बेला हुँदै थियो । 

Muktinath Bank

दिन ढल्यो, अंध्यारो विस्तारै छिप्पिन थाल्यो । अंध्यारोको मौका छोपेर हुन सक्ने आपराधिक गतिविधि रोक्न प्रहरी निरीक्षक भीमबहादुर कार्की नेतृत्वको टोली गस्तीमा निस्कियो । बजारको सामान्य रेखदेख गर्दै टोली अघि बढिरहेको थियो । त्यत्तिकैमा बजारमै रहेको एक शौचालयपछाडि पुग्दा कल्पनासमेत नगरेको दृष्य देख्नुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोहोरको थुप्रोमा एक नवजात शिशुको बिभत्स शरीर देख्दा एकछिन त उनीहरुले केही सोच्नै सकेनन् । आँखाले धोका त खाएन ? अझै नियालेर हेरे, दृष्य उही थियो । भर्खरै जन्मिएको जस्तो देखिने शिशुलाई अनुहारमा ढुंगाले किचेर हत्या गरी फालिएको रहेछ ।


Advertisment
Nabil box
Kumari

केहीबेरमै भीड जम्मा भयो । प्रहरीले घटनास्थलको मुचुल्का उठायो र पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठायो ।

Vianet communication
Laxmi Bank

यसरी शिशु जन्माएर हत्या गरी कसले फाल्यो? अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी अभियुक्तको खोजीमै छ । पछिल्लो समय समाजिक सञ्जालको बढ्दो प्रयोग तथा चेतनाको कमीले अनैतिक सम्बन्ध र यस्ता आपराधिक घटना बढेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर कार्की बताउँछन् ।

‘पाँच महिनायता यस प्रकृतिको यो पहिलो घटना भए पनि पछिल्लो समय यस्ता घटनाहरु बढेका छन्,’ डीएसपी कार्कीले भने, ‘समाजिक सञ्जालको प्रयोग, अनैतिक सम्बन्ध, अस्थायी साधानसम्बन्धी ज्ञानको कमी र चेतनाको कमीले गर्दा यस्ता घटनाहरु भइरहेका छन् ।

गुल्मीमा मात्र होइन, देशभर नै यस प्रकृतिका घटना बढ्दै गएका छन् । केही समयअघि काठमाडौंको कोटेश्वर र चोभार तथा ललितपुरको लभुमा पनि नवजात शिशु जन्माएर हत्या गरी फालेको अवस्थामा भेटिएको बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x