×

NMB BANK
NIC ASIA

संघीय संरचनाअनुसार कर्मचारी परिचालन गर्न अझै एक वर्ष लाग्ने

प्रशान्त ओझा

माघ १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० माघ-देश संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ ।  ७ वटै प्रदेशका प्रदेश प्रमुख नियुक्त भइसकेका छन् भने प्रदेशसभा निर्वाचित भएका सबै सांसदहरुले पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसकेका छन् । अबको करिब ३ सातापछि प्रदेश सरकार पनि बनिसक्ने छ । तर, देशको स्थायी सरकार मानिने कर्मचारी संयन्त्रलाई प्रदेशस्तरमा परिचालन गर्न भने अझै १ वर्ष लाग्ने भएको छ ।

Muktinath Bank

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा कर्मचारी समायोजन गर्न अझै १ वर्ष लाग्ने भएको हो । हाल कार्यरत सबै कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजना हुन नचाहेपछि प्रक्रिया लम्बिने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले अहिले समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिने आकर्षक विकल्प दिएको छ । २० वर्ष सेवाअवधि पूरा गरेका र ५० वर्ष उमेर पुगेका कर्मचारीले स्वैच्छिक अवकाश लिन पाउनेछन् । यसरी स्वैच्छिक अवकाश लिने कर्मचारीले एकमुस्टरुपमा ७ वर्षको निवृत्तिभरण पाउनेछन् । स्वैच्छिक अवकाश लिने कर्मचारीले सञ्चित घर बिदा र बिरामी बिदा तथा औषधि उपचारको खर्चसमेत पाउने छन् ।


Advertisment
Nabil box
Kumari

१० हजार दरबन्दी हट्ने

Vianet communication
Laxmi Bank

सामान्य प्रशासन मन्त्रालयले गत शुक्रवार (पुस २८ गते) राजपत्रमा सूचना प्रकाशित गरी स्वैच्छिक अवकाश लिन योग्य कर्मचारीबाट स्वैच्छिक अवकाशका लागि आवेदन आह्वान गरेको छ ।

योग्यता पुगेका कर्मचारीले सूचना प्रकाशित भएको मिति (२२ पुस)देखि ४५ दिनसम्मको समयमा स्वैच्छिक अवकाशका लागि आवेदन दिन सक्नेछन् । कर्मचारीहरुले आफू कार्यरत कार्यालयमै स्वैच्छिक अवकाशका लागि आवेदन बुझाउन सक्नेछन् । त्यसपछि सामान्य प्रशासन मन्त्रालयले कम्तिमा ७ दिनभित्र उक्त निवेदन संकलन गर्नेछ । आवेदन संकलन भएको १ महिनाभित्रमा स्वैच्छिक अवकाश रोज्ने कर्मचारीको टुंगो लाग्ने छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपाने ८ देखि १० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने अनुमान गरिएको बताउँछन् । ‘स्वैच्छिक अवकाशका लागि २२ हजार कर्मचारी योग्य हुनुहुन्छ,’ न्यौपानेले लोकान्तरसँग भने, ‘अहिलेको अवस्था हेर्दा ८ देखि १० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिनुहुन्छ जस्तो छ ।’

स्वैच्छिक अवकाश लिने कर्मचारीको दरबन्दी समेत हट्ने छ । सामान्य प्रशासन मन्त्रालको अनुमानअनुसार कर्मचारीले स्वैच्छिक अवकाश लिए निजामती सेवा, स्वास्थ्य सेवा र व्यवस्थापिका संसद सेवामा १० हजार दरबन्दी हट्नेछन् ।

प्रक्रियामा १ वर्ष लाग्ने 

सरकारले संघ (केन्द्र) प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालन गर्न छुट्टै ऐन निर्माण गरिरहेको छ । स्वैच्छिक अवकाश लिने कर्मचारीको टुंगो लागेपछि ऐन निर्माणको कार्यले गति लिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपाने बताउँछन् । उनका अनुसार अबको करिब ३ महिनापछि स्वैच्छिक अवकाश लिने सबै कर्मचारीको टुंगो लागिसक्ने छ ।

स्वैच्छिक अवकाशमा जाने कर्मचारीको टुंगो लागेपछि कर्मचारी समायोजन नियमावली बन्ने छ । उक्त नियमावली संसदबाट पारित भएपछि उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन हुने प्रवक्ता न्यौपानले बताए । उक्त समितिले करिब ६ महिनामा संघ तथा प्रदेशमा हुने मन्त्रालय, विभाग र कार्यालयको टुंगो लगाउने छ । उक्त समितिले नै स्थानीय तहमा हुने कार्यालयको पनि टुंगो लगाउने छ । 

समितिले केन्द्र र प्रदेशका मन्त्रालय तथा तीनवटै तहका कार्यालयमा आवश्यक कर्मचारीको दरबन्दीको पनि टुंगो लगाउने छ । समितिले सरकारलाई प्रतिवेदन बुझाए पछि मात्रै संघ, प्रदेश र स्थानीय तहलाई पुग्ने गरी कर्मचारी भर्ना गर्ने बाटो खुल्ने प्रवक्ता न्यौपानेले लोकान्तरलाई बताए । 

४० हजार नयाँ कर्मचारी भर्ना गरिने

निजामती किताबखानाका अनुसार हाल करिब ८५ हजार कर्मचारी निजामती सेवामा छन् । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा देशभर करिब १ लाख ३५ कर्मचारी आवश्यक पर्ने सरकारी अनुमान छ ।

सामान्य प्रशासन मन्त्रालयले गरेको अनौपचारिक अध्ययनअनुसार १० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिए करिब ४० हजारजति नयाँ कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ । यद्यपि अहिले नै संख्या यकीन भइनसकेको सामान्य प्रशासन मन्त्रालयका एक सह–सचिव बताउँछन् ।

‘मन्त्रालयले गरेको अनुमानअनुसार तीनवटै तहमा कर्मचारी समायोजन गर्दा ४० हजार जति नयाँ कर्मचारी भर्ना गर्नुपर्ने देखिन्छ,’ लोकान्तरसँगको कुराकानीमा सामान्य प्रशासन मन्त्रालयका ती सह–सचिवले भने, ‘तर यकीन संख्या भने उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले टुंगो लगाउने छ ।’

स्थानीय तहले कर्मचारी भर्ना गर्न नपाउने

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कार्य सञ्चालनका लागि भन्दै तत्कालका लागि केही कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । मन्त्रालयले त्यसका लागि ‘स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४’ को प्रस्ताव नै तयार पारिसकेको छ । 

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार स्थानीय तहमा १५ हजार कर्मचारी करारमा भर्ना गर्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदले प्रस्ताव तयार गर्नेवित्तिकै स्थानीय तहमा कर्मचारी भर्ना गरिने उनी बताउँछन् । 

कर्मचारी अभावका कारण स्थानीय तहमा पूँजीगत खर्च हुन नसकेको भन्दै स्थानीय विकास मन्त्रालयले करारमा कर्मचारी भर्ना गर्न लागेको हो । यसरी भर्ना हुने कर्मचारीमा धेरैजसो प्राविधिक तर्फका कर्मचारी हुने प्रवक्ता तामाङले बताए । 

तर, सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपाने भने स्थानीय तहले अहिले नै कर्मचारी भर्ना गर्न नपाउने बताउँछन् । ‘उहाँहरुलाई आवश्यक कर्मचारी तत्कालका लागि मन्त्रालयले नै उपलब्ध गराउने हो,’ न्यौपानेले भने, ‘स्थानीय तहले आफूखुसी कर्मचारी भर्ना गर्न पाउँदैनन् ।’ 

सामान्य प्रशासन मन्त्रालयले गत असार ५ गते राजपत्रमा प्रकाशित गरेको ‘स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन सम्बन्धि आदेश, २०७४’ मा प्रशासन र लेखा फाँटमा स्थानीय तहले कर्मचारी भर्ना गर्न नपाउने भनेको छ । यस्तै अन्य कर्मचारी पनि जिल्ला कर्मचारी व्यवस्थापन समितिले उपलब्ध गराउने उक्त आदेशमा भनिएको छ ।

यद्यपि प्राविधिक तर्फका कर्मचारी भर्ना गर्न नेपाल सरकारको स्वीकृति लिएर प्रतिस्पर्धाका आधारमा करारमा कर्मचारी गर्न पाउने भनिएको छ । यसरी करार सेवामा भर्ना हुने कर्मचारीको ठाउँमा स्थायी कर्मचारी खटिइ आएमा उनीहरुको पद स्वतः समाप्त हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x