×

NMB BANK
NIC ASIA

सिरियामा टर्की र अमेरिकाबीच लडाईंको स्थिति

माघ १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ माघ — सिरियाको मजबिस शहरमा अमेरिकी तथा टर्किश सेना आमनेसामने भएका छन् । 

पहिलोपटक अमेरिकी नेतृत्वको नाटो संगठनको सदस्य मुलुकका सेनाबीच प्रत्यक्ष युद्धको स्थिति उत्पन्न भएको छ । 

टर्कीले पाँच दिनदेखि उत्तरी सिरियाका विभिन्न क्षेत्रमा रहेका कुर्दिश लडाकूहरूको सफाया कारवाही चलाइरहेको छ । टर्किश सेना ट्यांक लिएर कुर्दहरूको आफरीन शहरमा घुसेको छ ।

यो लडाईंमा लगभग ३०० मानिसको मृत्यु भइसकेको छ । टर्कीको सेना मजबिस शहरतर्फ जाँदैछ । त्यहाँ २५ सय अमेरिकी सैनिक र रणनीतिकारहरूले कुर्दहरूलाई सैन्य तालिम तथा हतियार आपूर्ति गर्ने गरेका छन् । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोगानलाई चेतावनी समेत दिएका छन् । 

ह्वाइट हाउसका अनुसार, ट्रम्पले अर्दोगानलाई सिरियाली क्षेत्रमा अमेरिकी र टर्किश सेनाबीच युद्ध स्थिति नल्याउन चेतावनी दिएका हुन् । 

टर्कीले चाहिँ ह्वाइट हाउसले झुटो बोलेको आरोप लगाएको छ । ट्रम्पले युद्ध रोक्न कुनै कुरा नगरेको टर्कीको भनाइ छ । 

अर्दोगानले टर्किश सेना मजबिस शहरतर्फ अघि बढेको र आफूहरूले कुर्दहरूलाई लखेट्ने बताए । 

ट्रम्प राष्ट्रपति भएयता एक वर्षभित्र १४ देशका राष्ट्रप्रमुखहरूलाई हप्काइसकेका छन् । 

कुर्द लडाकूहरूले टर्कीमाथि गरेको क्षेप्यास्त्र आक्रमणमा मस्जिद ध्वस्त भयो अनि दुई मानिस समेत मारिए । 

खासमा टर्कीमा कुर्दिश लडाकूहरूलाई आतंकवादी भन्ने गरेको छ । अर्दोगानका अनुसार, दशकौंदेखि कुर्दिश लडाकूहरूले टर्कीमा अशान्ति फैलाइरहेका छन् । उनीहरूले सताएका सिरियालीहरू टर्कीमा शरण लिन आएको
अर्दोगानको भनाइ छ । 

सिरियामा कुर्दहरू नै अमेरिकाका सबभन्दा ठूला सहयोगी हुन् । उनीहरू सिरियाली राष्ट्रपति बशर अल असद र आईएसविरुद्ध लडाईं गरिरहेका छन् । त्यसैले पनि ट्रम्पले टर्कीलाई चेतावनी दिएका हुन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x