मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही हप्ताअघि छापामा व्याप्त भयो, ‘नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भए ।’ यो त केवल एक दृष्टान्त मात्र हो । छापामा शिक्षा सम्बन्धीका हजारौँ यस्ता विकृतिहरु आइसकेका छन्, तै पनि शिक्षा क्षेत्र विकृति नै विकृतिमा रुमलिएको रुमलियै छ । चिकित्सा क्षेत्रमा मात्र होइन, समग्र उच्च शिक्षा बेथितिको अखडा बनेको छ । पढेजस्तो, बुझेजस्तो र सोचेजस्तो पढाइको स्तर नदेख्दा विद्यार्थी, अभिभावक लगायतका सरोकारवालकाका साथै स्वयम् प्राध्यापकहरु टुलुटुलु हेर्न बाध्य छन् ।
सैद्धान्तिक र व्यवहारिक शिक्षाको बुझाइमा बेथिति
उच्च शिक्षामा सैद्धान्तिक र व्यवहारिक पक्षको तालमेल हुन नसक्नुमा के विश्वविद्यालय मात्रै दोषी छन् त ? यो एक पेचिलो प्रश्न बनेको छ । प्राध्यापक र नीति निर्माता बीच एक अर्कामा दोष लगाउने भन्दा पनि यी दुई पक्ष विधमान दाहोरो सम्वाद अभावको सुक्ष्म विश्लेषण आवश्यक छ । विश्वविद्यालयका प्रमुख सरोकारवाला मानिएका सरकार, गैरसरकारी क्षेत्र, राजनीति क्षेत्र र निजी क्षेत्र प्राय सबै सिद्धान्त सुन्न नै चाहादैनन् किनभने नेपालका विश्वविद्यालयबाट उत्पादन हुने सैद्धान्तिक वहश टिकाउ हुदैनन् भन्ने भ्रमले नीति निर्माणमा बस्ने धेरैकोडेरा जमाइसकेको छ, जसरी सामुदायिक विद्यालयमा पढ्नेहरुको शैक्षिकस्तर गुणस्तरीय छैन भन्ने रटान व्याप्त छ ।
विश्वका नामी विश्वविद्यालयहरु त्यहाँ पढाइ हुने सैद्धान्तिक कुराहरुका वहशले नै च्याम्पियन हुने गरेका छन् । तर हाम्रोमा यस्ता सैद्धान्तिक वहश केवल कक्षा कोठामा सिमित हुन वाध्य छन् । प्राध्यापकका सैद्धान्तिक वहश सरकारी अधिकारी, दलका नेता कोही कसैले सुन्न नै चाहादैनन् । सिद्धान्त नीति बनाउने प्रमुख आधार हुन्, तिनकै आधारमा कार्यक्रम तय हुन्छन् । यो कुरा न त प्राध्यापकले बुझाउन सके, न त सुन्नुपर्नेले सुन्न नै चाहे । फलस्वरुप नियति नै बन्यो हाम्रा विश्वविद्यालयमा प्राध्यापकले पाना हेरेर रटाउने र विद्यार्थीले जाँचका लागि घोकेर सकाउने कर्मकाण्डी उच्च शिक्षा ।
हाम्रोमा पढाइ हुने सोही सिद्धान्त विश्वका नामी विश्वविद्यालयहरुबाट भने यी सबै सरोकारवालाहरु दिलचस्पी दिएरै पढ्न, सुन्न र जान्न चाहान्छन् । सिद्धान्त पढ्न, पढाउनकै लागि आफू र आफ्ना छोराछोरी विश्वका नामी विश्वद्यिालयमा जान्छन्, पठाउछन् । यसै भएर आज हाम्रा जस्ता विकासोन्मुख मुलुकबाट विश्वका नामी कहलिएका हार्वड, अक्सफोर्ड, जेएनयु लगायतका विश्वविद्यालयहरुमा लाखौँ, करोडौँ तिरेर छोराछोरी पढ्न पठाइएको छ ।
वास्तविकता के छ भने हाम्रा जस्ता देशहरुबाट यसरी ठूलो धनराशी तिरेर शिक्षा आर्जन गर्ने लर्को चलेकै कारण ती विश्वविद्यालयहरुको आर्थिक स्रोत जुटेको छ । हाम्रोमा देश भित्रका विश्वविद्यालयहरुमा छोराछोरी पढाउदा धेरै पैसा तिर्न हुन्न भन्ने मान्यता छ, तर विदेशका यस्ता नाम चलेका विश्वविद्यालयहरुमा भने जतिसक्दो धेरै पैसा तिर्न तयार हुनु पर्छ भन्ने भ्रमले प्रसय पाएको छ ।
यसरी हाम्रोमा रहेको शिक्षाप्रतिको भ्रमबाट अधिक रुपमा आय आर्जन गर्न सफल भएका तिनै विश्वविद्यालयहरुले अस्वभाविक रुपमा आर्जन गरेको धनराशीबाटै केही केही जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई छात्रवृति समेत दिन भ्याउछन् । त्यसलाई हामी गर्भका रुपमा लिन्छा्रैँ । यो एक किसिमले नाम चलेका विश्वविद्यालयहरुको नवउदारवादको मोडेलको प्रयोग नै हो । यसरी पढेर आएका विद्यार्थी हाम्रोमा ‘विज्ञ’कहलाउछन् । स्वदेश भित्रै पढेकाहरु भने दु:ख-सुखले कम पैसामा पढेका भएकै कारण हातमा सर्टिफिकेट लिएर जागिरको खोजीमा दशतिर भौतारिन वाध्यहुन्छन् । खरी घोटीघोटी जीवन व्यतित गरेका यहाँका प्रध्यापक हेरेका हे¥यै हुन्छन् ।
गुणस्तरमा बेथिति
बेथिति कति सम्म बढेको छ भने विदेशमा ख्याती कमाएका भनिएका विश्वविद्यालयमा आफ्ना छोराछोरीले नाम निकाल्न सकेनेन् भने जहाँ पाइन्छ, त्यहाँ, जति मोलेर हुन्छ, त्यति नै तिरेर नामधारी विश्वविद्यालयमा भए पनि छोराछोरी त विदेशी विश्वविद्यालयमा ने पढाउन पर्छ भन्ने अर्को मनोदशाले नेपालका धेरै भन्दा धेरै अभिभावकहरुलाई छोइसकेको छ । उनीहरुको दिमागमा यस्तो भरिएको छ कि नेपालका विश्वविद्यालयको भरै छैन । यिनकै लैलैमा लागेर सर्वसाधारण पनि आफ्ना छोराछोरी विदेश पठाउनमा र विदेशमा नै पढाउन लिप्त छन् । यस्तो वातावरणको सिर्जना गरिएको छ, नेपालमा न पढाउने गतिला, न पढ्ने वातावरण, दिमागमा यही घुसेको र घुसाइएको छ जवरजस्त रुपमा ।
परिणमस्वरुप नेपालका विश्वद्यिालयहरु गरिवका छोराछोरी पढ्ने र पढाउने ठाउँ । शुल्क चर्को लिन हुन्न । सिद्धान्त पढाउन हुन्न, सजिलो कोर्ष बनाइ दिन पर्छ । एमएको कक्षा भए पनि कमसेकम चार पाँच सय पनि विद्यार्थी नभए के विश्वविद्यालय, के विषय । हारवर्डमा १५ जनाको हुदामा करोडौँको खर्च पिटेर पढेको विद्यार्थी र त्रिभुवन विश्वविद्यालयमा ५०० जनाको वीचमा सिद्धान्तहीन, क्यापसुल, गाइड, गेसपेपर पढेको केवल पाँचैहजार पनि नतिरी एमए उर्तीण गरेको विद्यार्थी वीच तुलना गराइन्छ, अनि भनिन्छ, नेपालको शिक्षा खत्तम ।
सम्बन्धनमा बेथिति
अर्कोे बेथिति हो, जथाभावी सम्वन्धन । विश्वविद्यालयहरुले सम्बन्धन त दिन्छन् तर तिनमा विकृति फैलाउने उनको मात्र हात छैन । दवाव यति चर्को आउछ कि ज्यानको जोखिम मोल्न पर्छ । मेरो ठाउँमा, मेरो गाउँमा, मेरो टोलमा, मैले क्याम्पस खोल्न पाउनु पर्छ । यो दवाव यति चर्को हुन्छ, जसले जे मन लाग्यो, जसरी हुन्छ, सम्बन्धन लिएरै छोड्छ एकातिर भने अर्कातिर पूर्वाग्रह, विरोधी दल आदिको नाममा चाहिएको ठाउँमा सम्बन्धन लिन सकिदैन ।
यसैकारण च्याउ उम्रिए सरह देशभरी क्याम्पस जन्मिए, तिनमा पनि एउटै भवन जसमा प्लस टु, बिए, एमए सबै विषय पढाइ हुन्छन् । आंगिक क्याम्पसको शाख गिराएरै कतिपय व्यापारिक लाभकै लागि खोलिएका यस्ता क्याम्पसहरुले केही वर्षका लागि भए पनि आकर्षण दिन सफल भए र अभिभावकका आँखामा छारो हाल्न सफल भएका छन् । विदेशमा छोराछोरी पढाउन नसकेका अभिभावकहरु निजीतिर आकर्शित हुनमा यो नै प्रमुख प्रवृति देखियो ।
नि:शुल्क शिक्षाको बुझाइमा बेथिति
आधारभूत शिक्षा अनिवार्य र नि:शुल्क हुन पर्छ । यसमा कुनै विवाद छैन । यो विश्वव्यापी मान्यता हो तर उच्च शिक्षा न अनिवायृ गर्न सकिन्छ न त नि:शुल्क । उच्च शिक्षा सबैले पढ्न, पढाउन जरुरी थिएन र छैन पनि । तर हाम्रामा जागीर नपाए पछि, व्यवसाय नजुटेपछि र अवसर नमिलेपछि एमए पढ्न विश्वविद्यालय पठाउने गरिन्छ । फुर्सद भएका छोरी/बुहारी, जागिर नपाएका छोरा, विदेश पढ्न जान नसकेका तथा बेरोजगार युवाको समय काट्ने थलो बनेका छन् हाम्रा विश्वविद्यालयका आंगिक क्याम्पसहरु ।
उनीहरुलाई सजिलो पाठ्यवस्तु चाहिएको छ, कक्षाकोठामा नै प्रवेश गरी वर्षैभरी पढ्न गाडी चढ्नु पर्छ, भाडा तिर्ने पैसा छैन, दिनभरी वा विहानभरी पढ्दा भोक लाग्छ, खाजा नास्ता गर्ने पैसा छैन, तै पनि पढ्न त पर्छ नै नत्र काम छैन । जागीर नपाएपछि खुलेको एउटै जागिर भनेको विश्वविद्यालयको पढाइ हो यिनका लागि । विषय पनि उनकै शव्दमा सजिलो हुनु परेको छ । त्यसैले उनीहरु छनौट गर्छन् उनकै विचारमा सजिला विषयहरु । उनका लागि ती विषय सबैभन्दा सजिला हुन्छन् जसका क्यापसुल, गाइड नेपालीमा लेखिएका पाठ्यसामग्री पाइन्छन् । क्याम्पस जानु पनि नपर्ने जाँचका बेला मात्र पढे पुग्ने ।
प्राविधिक शिक्षामा बेथिति
नेपालमाप्राविधिक विषय पढ्नलाई पनि उस्तै मजा छ । जम्मा १०, १५ हजार खर्च गर्ने घोकाउने निजी प्राविधिक इन्सिटिच्युट छदैछन् । सम्बन्धित प्राविधिक विषयमा भर्नाका लागि लिइने प्रवेश परीक्षामा कस्ता प्रश्न आउँछन्, प्रश्न तयार गर्नेलाई भन्दा यिनलाई बढी कन्ठस्तै आउछ । तिनै घोकाउछन् यिनले सिपालु प्रशिक्षक मार्फत । कतिपयले त पैसाको प्रलोभनमा प्रवेश परीक्षामा प्रश्न बनाउने प्राध्यापकलाई नै प्रलोभनमा पारिदिन्छन्, अनि आफ्नो स्वाभिमान गुमाएरै मिलेमतोमा लाग्छन् ।
यिनले सेटिङ् पनि मिलाउदा रहेछन् छापामा आएकाआएै छन्, नियन्त्रण हुने र गराउने कसैको प्राथमिकतामा पदैन । यिनले डाक्टरी, नर्स, इन्जिनियरिङका तयारी कक्षामा ओहिरो लगाउछन् अवोध युवाहरुलाई । तयारी कक्षाका नाममा करोडौँको व्यापार हुन्छ । तै पनि हाम्रो औपचारिक उच्च शिक्षा नि:शुल्क, सजिलो, सर्वसुलभ, सर्वव्यापी बनिदिनु पर्दछ, नत्र आफ्नो इतिहास र शाख जोगाउनै गारो छ ।
विषय बुझाइको बेथिति
कुनै पनि विषय आफैँमा सारो, गारो, सजिलो भन्ने ने हुँदैन तर भान त्यस्तो पारिएको छ, प्रवृत्ति त्यता पटी केन्द्रित छ । यो पंक्तिकार पाकिस्तानको लाहोर स्थित एक विश्वविद्यालयमा दुई महिना अघि पेपर प्रस्तुत गर्न जाँदा थाहा भयो, त्यहाँ इतिहासमा एमए पढ्ने ७०० भन्दा बढी विद्यार्थी रहेछन् । हाम्रोमा त इतिहास पढ्नै हुँदैन, यो अति सामान्य विषय हो, यसको के भविश्य छ र ? पाकिस्तानमा इतिहास अनिवार्य वियष छ ।हाम्रोमा पढ्नै हुँदैन, यस्तै छ हाम्रो नियति । हाम्रोमा अर्को पनि नियति जवरजस्त छ । हिसाव गर्न पर्ने, थियरी बुभ्mनु पर्ने वा व्यवहारमा उतार्न सक्नु पर्ने मुल दायित्वहरुबाट वन्चित बनाइएकाछन् विश्वविद्यालयहरु र तिनमा प्राध्यापन गर्ने नेपालका प्राध्यपकहरु ।
समन्वयको अभावले निम्तिएको बेथिति
अर्को जवरजस्त विकृति हो नीति निर्माणको तह र प्राध्यापन क्षेत्र बीचमा समन्वयको अभाव । नीति निर्माणमा बसेकाले प्राध्यापनमा रहेकालाई नजरअन्दाज गर्न आवश्यक छैन । नीति निर्माणको जुनसुकै तहमा बसेकाहरुका लागि प्राध्यापकको हात र हस्ताक्षरबाट दिक्षित भएका र्सटिफिकेट आवश्यक पर्छ । जागिर तथा वृत्तिविकासको आधारशिला तयार गर्न प्राध्यापककै भर पर्न पर्छ ।
यसै कारण विदेशमा प्राध्यापकको स्थान, मर्यादा अतुलनीय भएको हो । हाम्रोमा प्राध्यापक भनेका विश्वविद्यालयमा नपढाउने, दशतिर घुमी हिड्ने, राजनीति गर्ने भनेर नजरअन्दाज गरिन्छ । विश्वभरका प्राध्यापक वास्तवमा संसारभर घुमेकै हुन्छन्, नघुमी त उनको इम्पेरिकल ज्ञान सम्भव नै छैन । एउटा प्राध्यापक एक विषयको सानो अंशमा विज्ञ हुने हो तर हाम्रोमा एउट प्राध्यापकले नै सबैथोक जानिदिन पर्छ, नत्र आरोप आइहाल्छ, यति पनि नजान्ने कस्तो प्राध्यापक । विडम्वना यस्तो भयो, प्राध्यापकले जानेन् भनेर आफैँ जान्ने पल्टने जमाना आयो । जसलाई चाहिएको छ, तिनले प्राध्यापकलाई सरोकार राख्दैनन् उल्टै सिद्धान्तलाई बझीनबुझी तोडमोड गर्छन्, साँठगाँठ मिलाउछन्, आफू बुजु्रकी बन्छन्, अनि विश्वविद्यालय एकातिर, आफू एकातिर रहेर बक्रदृष्टि लाउँछन् ।
यो अभिव्यक्ति कुनै आक्रोसको होइन । नेपालका राजनीतिक दल, स्थायी सरकार मानिने कर्मचारी तन्त्र कतै पनि हाल सम्म विश्वविद्यलयका प्राध्यापकहरुको न त औपचारिक रोस्टर छ न त तिनको संरचनामा थिंक ट्याकंको अवधारणा । व्यक्तिगत पहुँच तथा दलगत आवद्धताका कारण कोहीप्राध्यापक कतै नजिक हुनु वेग्लै कुरा हो । यसै कारण कुनैवेला नाम कमाएका त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु जस्तै सिनास, सेडा, सेरिडहरु आज धाराशायी बनाइएका छन् । धन्न प्राध्यापकहरु ती केन्द्र भित्र बसेर काम गर्न रुचाइरहेका छन् । सौता जस्तो व्यवहार गरी अन्य निजी अनुसन्धान केन्द्रलाई जस्तै प्यान, भ्याट र प्रतिस्पर्धा गर्ने पर्ने नाममा विश्वविद्यालयका यी अनुसन्धानकेन्द्रहरुको हुर्मत लिइरहिएको छ ।
विश्वविद्यालयका यस्ता अनुसन्धान केन्द्रहरुमा सरकारका नीति, अनुसन्धान स्वत जाने व्यवस्था गरिनु पर्दथ्यो, जसबाट प्राध्यापकले अनुसन्धान ल्याव बनाउन सक्थे र विद्यार्थी ती ल्यावमा प्रयोगात्मक अभ्यास गरी खारिन्थे । तर त्यसको मतलव नीति निर्माणमा बसेकालई भएन । यस्तो भयो, सरकार आफैले आफूलाई चाहिने अनुसन्धान आफैँ गर्न थाल्यो, यसो गर्न इथिक्सले दिदैन भन्ने न कोही भयो, न सरकार आफैँले बुझ्यो । विश्वविद्यालय अनुसन्धानका खानी हुन् र सोही बनाउनु पर्छ भन्ने वातावरण सिर्जना गर्न सकिएन ।
आधारभूत शिक्षा बुझाइको बेथिति
उत्तिकै जल्दोवल्दो खड्किएको विषय छ, आधारभूत शिक्षा । यो त संविधानत अनविार्य र नि:शुल्क छ । तर व्यवहारमा ससाना नानीहरुलाई चाहिने आधारभूत शिक्षा सबैभन्दा महगोँ बनेको छ । दुई तिहाइ भन्दा बढी बालबालिका आज निजी विद्यालयहरुमा पढ्छन् । तिनले चर्को शुल्क तिर्छन् तर तिनलाई पढाउने शिक्षकले सामुदायिक विद्यालयमा पढाउने भन्दा धेरै कम तलव पाउछन् । यिनीहरु कम तलव भए पनि रोजीरोटीका लागि पढाउन तयार हन्छन् र वाध्य छन् ।
निजी विद्यालयको जागिर उनका लागि स्थायीपनि होइन । यस्तो हालतमा आधारभूत शिक्षा चलाइदा पनि नीति निर्माता विकृतिकै बीच रमाइ रहेका छन् अनि भनिरहेका छन् सामुदायिक विद्यालय भन्दा त निजी नै राम्रा ।
समाधान के त ?
हामीले भन्न सक्नुपर्छ, उच्च शिक्षा विश्वव्यापी हन्छ, त्यसैले यिनमा पढाइ हुने विद्यालयलाई विश्वविद्यालय भनिएको हो । सरकारका नीति निर्माण, राजनीतिक दलका सैद्धान्तिक र वैचारिक क्षेत्रका आधारशीलाा, विकास निर्माणका मोडेल यी सबै भर पर्न सकिने गरी नेपालका विश्वविद्यालयहरुलाई सुदृढ गरिनु पर्छ ।
प्राध्यापकहरुलाई नजरअन्दाज होइन, तिनलाई अनुसन्धानका काममा लगाउने नीति लिइनु पर्छ । त्यसो गर्दा टिक्ने पा्रध्यापक विश्वविद्यालयमा रहन्छन्, नटिक्ने आफैँ बाहिरिन वाध्य हुन्छन् । विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई लगानी गरेरै सरकारलाई चाहिने अनुसन्धानका हव बनाइनु पर्छ । प्राविधिक शिक्षालाई गुणस्तरीय बनाइनु पर्छ, सस्तो लोकप्रियतामा प्राविधिक शिक्षा चल्न दिइनु हुदैन । उच्च शिक्षा धाएरै पढ्ने हो, यो चेतना विद्यार्थी, अभिभावक सबैमा जगाउन पर्छ । गाउँगाउँमा गुणस्तरीय सामुदायिक विद्यालय बनाउनु पर्छ, तर उच्च शिक्षा होइन । सबैले उच्च शिक्षा लिने होइन, पढ्न सक्नेले मात्र उच्च शिक्षा पढ्ने हो, पढ्न नसक्नेलाई विकल्प दिन सक्नुपर्छ । त्यसैले सस्तो नारामा भर परेर सम्बन्धन लिने र दिने कार्य तुरुन्त बन्द गरिनुपर्दछ ।
वेरोजागर भएकै कारण उच्च शिक्षा पढ्न विश्वविद्यालय धाउने प्रवृति पूर्णरुपमा निरुत्साहित गरिनु पर्दछ । राजनीतिक दल, पेशा व्यवसाय, हरेक क्षेत्रमा जेहन्दारलाई विश्वासमा लिन सक्नु पर्छ, हातमा सर्टिफिकेट लिदैमा कोही जेहन्दार हुन सक्दैन भन्ने आत्मबोधका साथ वैचारिक वहश, योजना निर्माण, विकासका मोडेल तयार गर्न प्राध्यापकलाई विश्वासमा लिएर विकास अभियानमा लाग्न सक्नु पर्छ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...