×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री बनेर प्रदेश ६ मा समृद्धि हेर्न निम्तो दिने सपना छ : नरेश भण्डारी [अन्तर्वार्ता]

माघ १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नरेश भण्डारी माओवादीका वौद्धिक युवा नेताका रूपमा चिनिन्छन् । २०६४ सालमा पहिलोपटक सभासद बनेर आएका भण्डारीले दर्ता गराएको विधेयकमा सरकारले स्वामित्व लिएपछि अहिले जुम्लामा विश्वविद्यालय स्तरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । हालै उक्त प्रतिष्ठानले ३०० शय्याको मेडिकल कलेज निर्माण गरेको छ । मंसिरमा सम्पन्न प्रदेशसभा चुनावमा जुम्लाबाट विजयी भण्डारी अहिले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका एक दाबेदार हुन् । माओवादी सांसद भण्डारीसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

Muktinath Bank

प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ, तपाईंको दाबी किन ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको सबैभन्दा गरीब प्रदेशका रूपमा ६ नम्बर प्रदेश रहेको छ, राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयले गरेको पछिल्लो अध्ययनले पनि यो देखाएको छ । प्रदेशका ५१ प्रतिशतभन्दा धेरै नागरिक गरीब छन् । प्रदेश नम्बर ६ विकास र समृद्धिको प्यासले काकाकुल भएको प्रष्ट हुन्छ । समृद्धिको चाहानालाई सम्बोधन गर्नका लागि मैले मुख्यमन्त्रीको दाबी पेश गरेको हुँ । अहिले त्यो प्रदेश गरीबी हेर्ने ठाउँ भएको छ ।


Advertisment
Nabil box
Kumari

कर्णालीका आमाको मृत्युको हृदयविदारक तस्वीर खिच्नका लागि मिडियाकर्मी त्यहाँ पुग्ने गरेका छन् । त्यो प्रदेशमा साहित्यकारलाई आमन्त्रण गर्ने दु:खका कथा लेख्नका लागि हो । हामी यो प्रदेशलाई यस्तो बनाउने सपना देख्दैछौँ, २० वर्षमा ६ नम्बर प्रदेशमा समृद्धि हेर्न जान पाइयोस् । समाजवादी मोडलमा प्रदेश नम्बर ६ लाई ड्राइभ गर्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

तपाईंको पार्टीबाट अरू पनि आकांक्षी छन्, तपाईं नै किन ?

प्रदेश नम्बर ६ मा तत्काल चुनौतीको चाङमा सम्भावना खोज्नुपर्ने छ । कर्णालीमा हजारौँ मेगावाट विद्युतको क्षमता भए पनि बस्तीहरू अझै अँध्यारा छन् । रारा र फोक्सुण्डो तालको पिंधमा डलर थेग्रिएको छ, तर औषत ४६ वर्षको आयु लिएर मानीसहरू जिइरहेका छन् । श्रीस्थान ज्वाला क्षेत्र, सुनभन्दा महङ्गा जडिबुटीको खानी, खस सभ्यताको केन्द्र, मानसरोवरको गेटवे पनि त्यही क्षेत्रमा छ ।

मैले लामो समयदेखि त्यो क्षेत्रको विकासको रिसर्च पनि गरेको छु, मसंग ६ नं. प्रदेशको विकासको दूरगामी दृष्टिकोण र स्पष्ट खाका छ । सार्वजनिक भूमिकाका रहदा त्यो क्षेत्रलाई न्याय दिलाउन अहोरात्र खटेको छु । त्यसैले त्यो  भूमिकाका लागि आफूलाई योग्य र हकदार ठानेको छु ।

विगतमा सांसद जितेर तपाईंले के गर्नुभयो र ? 

पहिलोपटक सभासद् बनेर आउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता गरेँ । एकजना डाटर नबस्ने ठाउँमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएमा आत्मदाह गरिदिने चुनौती पनि दिइयो । नेपालको संसदीय इतिहासमा सांसदको विधेयकलाई सरकारले स्वामित्व लिएर पास गरेको यो दुर्लभ घटना पनि हो । प्रतिष्ठान अन्तर्गत ३०० शय्याको शिक्षण अस्पताल निर्माण भएको छ । हाल २५ जना विशेषज्ञ डक्टरहरू कार्यरत छन् ।

संघर्षको बलमा कर्णाली विकास आयोग गठन गर्न सफल भयौं । कनिका छराइको शैलीमा हुने विकास मोडलको विकल्पमा योजनावद्ध ढंगले दीर्घकालीन महत्वका कामहरूको थालनी गरेँ । अग्रज जनप्रतिनिधिहरूले नुन चामलको राजनीतिको कुरा गर्दा मैले विकास र समृद्धिको सपना देखाएँ । ५ धाराको खानेपानी योजना भन्दा माथि नसोच्ने विकास मोडललाई चुनौती दिँदै १० हजार धारा भएको हिमाली क्षेत्रकै ठूलो धौलीगाड खानेपानी आयोजना शुरु गरेँ । कर्णालीमा पहिलो पक्की पुल, पहिलो डिग्री कलेज स्थापना, २९ वर्षसम्म विद्यालयस्तरमा खुम्चिएको नेपालको पहिलो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयलाई स्तरोन्नतीको अगुवाई गरेँ ।

प्रचण्ड सरकारको नेतृत्वमा मुलुकलाई समृद्ध गर्न ६ वटा विशेष आर्थिक क्षेत्र निर्माणको घोषणा भयो, जसमध्ये एक आर्थिक क्षेत्र जुम्लामा स्थापना गर्न पहल गरेँ । हाल निर्माणकार्य अगाडि बढ्दैछ । त्यो क्षेत्रको विकासका लागि पूरै समर्पित भएर काम गरेकाले मुख्यमन्त्रीका लागि मेरो दाबीलाई स्वभाविक ठानिएको छ ।

मुख्यमन्त्रीमा तपाईंको व्यक्तिगत दाबी मात्र हो कि, पार्टीको समर्थन छ ?

चुनावमा जानुभन्दा पहिला नै अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतृत्वले मलाई ६ नं. प्रदेशको मुख्यमन्त्रीको रूपमा चुनाव लड्न पठाएको हो । पार्टीको शीर्ष नेतृत्वले गरेको प्रतिबद्धता अनुसार नै मैले मुख्यमन्त्रीको दाबी गरेको हुँ । औपचारिक निर्णय हुनेमा विश्वस्त छु ।

तपाईंले पार्टीमा के योगदान गर्नुभयो र माओवादीले तपाईंलाई मुख्यन्त्री बनाउने ?

मेरो बुबा हरिबहादुर भण्डारीको नेतृत्वमा नेकपा (मशाल) जुम्लाको स्थापना भयो। जतिबेला बुझ्ने भएँ, त्यो बेलादेखि पार्टीका लागि योगदान गर्दै आइरहेको छु । औपचारिकरूपमा २०५१ सालबाट पार्टीमा संगठित भएर क्रियाशिल राजनीति प्रारम्भ गरेँ । खुला र भूमिगत राजनीतिमा आफूले पाएको जिम्मेवारी इमान्दारी र अब्बल ढंगले सम्पादन गर्दै आएको छु ।

पार्टीको तर्फबाट सामाजिक उत्तरदायित्वको कामको पनि अगुवाइ गरेको छु । सांसद हुँदा यो क्षेत्रको विकास निर्माण र अधिकारका सवालमा मैले निर्वाह गरेको भूमिकाले जुम्ला जिल्लामा पार्टीलाई मजबुद् बनाउन सघाएको छ । माओवादीले नेपालका ३ वटा जिल्लामा पहिलो स्थान हाँसिल गरेको छ, जसमध्ये जुम्ला एक हो ।

मुख्यमन्त्री बन्नुभयो भने कर्णालीलगायत समग्र ६ नम्बर प्रदेशको विकासका लागि के गर्नुहुन्छ ?

हामी नयाँ संरचनामा प्रवेश गर्दैछौँ । विकास र समृद्धिको ट्रेन हा‌ँक्ने कुसल चालकहरूको खाँचो छ मुलुकलाई । प्रदेश सरकार नेतृत्वले दीर्घकालीन विकासको खाका कोर्न जरुरी छ । लगानीमैत्री नीति, वातावरण र संरचना निर्माण गरेर आन्तरिक र बाह्य लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ ।

कर्णालीका नदीहरूमा बगिरहेको सेतो सुन, सुनभन्दा महंगो जडिबुटी र भू-स्वर्गजस्ता पर्यटकीय स्थलहरूलाई सदुपयोग गरेर त्यहाँको गरीबीलाई भगाउन सकिन्छ । युवालाई आहृान गर्न सकिन्छ, तिमीहरूको भविष्य नेपालमा छ, हाम्रो माटोमा सुन फल्छ ।

रारा, फोक्सुण्डो, सिंजा, श्रीस्थान ज्वाला, स्यार्पुदह, मानसरोवरलाई पर्यटकीय सर्किटमा आवद्ध गरेर पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । कर्णालीका डाडामा ढुंगा माटो मात्र होइन युरेनियम पनि छ, त्यसको उत्खलन गरेर समृद्धि हासिल गर्न सकिन्छ । प्रदेशको गर्भमा छिपेका असिमित सम्भावनालाई उपयोग गर्न सके यो प्रदेश मोडल प्रदेशकोरूपमा स्थापित हुनेछ । कर्णालीको विकासबारे मैले पुस्तक पनि लेखेको छु ।

तपाईँले ‘चाँदीको घेरा’ पुस्तक पनि लेख्नुभयो, के भयो भने कर्णालीको विकास हुन्छ ? 

कर्णाली र सिंगो ६ नम्बर प्रदेशको विकासका लागि अरु प्रदेशभन्दा फरक ढंगले सोच्नुपर्ने हुन्छ । केन्द्रीय सरकारले ६ नं. प्रदेशका लागि विशेष नीति र अनुदानको व्यवस्था गर्न जरुरी छ । दिर्घकालीन विकासको गुरुयोजना निर्माण गरेर प्राकृतिक साधन, श्रोतको भरपुर उपयोग गर्न जरुरी छ ।

शीघ्र अन्तर्राष्ट्रिय नाका खोलेर व्यापार र पारवहन सम्बन्ध स्थापित गरिनुपर्दछ । यातायात, जलविद्युत, पर्यटन र सञ्चारलाई प्राथमिकता दिइनुपर्दछ । विकास दल गठन गरेर युवाहरूलाई प्रदेशको समृद्धिका लागि परिचालन गर्नुपर्दछ । विकास र मेहनतको प्यास जगाएर प्रदेशका नागरिकहरूलाई वर्कहलीक बनाउन जरुरी छ ।

सक्षम नेतृत्व पाएमा छोटो अवधिमा नै ६ नं. प्रदेशको समृद्धि मोडल मुलुककै समृद्धि मोडल बन्छ भन्ने मेरो गहिरो विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x