×

NMB BANK
NIC ASIA

नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप गर्दैन–चिनियाँ राजदूत [अन्तर्वार्ता]

माघ १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १७ माघ– नेपालका लागि चिनियाँ राजदूत यु होङ दुई दिने भ्रमणका लागि बुधबार जनकपुर आएकी छिन् । 

Muktinath Bank

नेपालको इतिहासमा भारतसँग सीमा जोडिएको जनकपुरको भ्रमणमा आउने होङ पहिलो नेपालका लागि चिनियाँ राजदूत हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूएनडीपीको परियोजना अन्तर्गत तराई मधेसमा आएको बाढीले गर्दा पीडित भएका परिवारहरुलाई बाढीपछिको राहत कार्यक्रमका लागि राजदूत होङ जनकपुर आएकी हुन् ।  


Advertisment
Nabil box
Kumari

तराई मधेसको सुन्सरी, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, धनुषा र रौतहत गरी ७ वटा जिल्लाहरुमा कुल ४० हजार बाढीपीडितहरुलाई राहत वितरण गरिने कार्यक्रम रहेको छ । 

Vianet communication
Laxmi Bank

बुधबार बुद्ध ऐयरको उडानबाट जनकपुर आएकी राजदुत होङलाई यूएनडिपीको पदाधिकारीहरुले र जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह र उपाध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुर विमान स्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमै नेपालका लागि चिनियाँ राजदूत होङसँग लोकान्तरका प्रतिनिधि अजय अनुरागीले छोटो कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको अंश :

तपाईको जनकपुर भ्रमणको मुख्य उद्देश्य के हो ?

जनकपुर नेपालको धेरै नै ठूलो र महत्वपुर्ण शहर हो ।  लामो समयदेखि नेपालसँग हाम्रो सम्बन्ध सुमधुर रहँदै आएको छ । यूएनडिपीले एउटा परियोजना लागू गरेको छ । पछिल्लो समय आएको वाढीका कारण पीडित भएका यहाँका जनतासँग हामी भेट्न गईरहेका छौं ।  बाढी आएको बेला पनि हामीले यूएनडिपी मार्फत केही राहतका सामग्रीहरु वितरण गरेका थियौं । हामी यूएनडिपी र यहाँको स्थानीय सरकारसँग सहकार्य गरेर खास गरी बाढी पीडितका लागि केही काम गर्न गईरहेका छौं । समय समयमा नेपालमा आउने गरेको प्राकृतिक प्रकोपका बेला हामीले नेपालका जनताका लागि काम गर्दै आएका छौं । आजको भ्रमणमा पनि स्थानीय सरकार र खास गरेर यहाँका मानिससँग नजिकबाट भेटेर नेपाली जनता र नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउन कोशिस गर्नेछौं ।

नेपालको इतिहासमा अहिलेसम्म जनकपुरमा कुनै पनि चिनियाँ राजदूतले भ्रमण गरेको छैन । तपाई नै पहिलो राजदूत हो जसले जनकपुरमा भ्रमण गर्न आउनु भएको छ । के यो धेरै ढिलो भएन ?

(हाँस्दै) कहिल्यै पनि ढिलो भन्ने कुरा हुँदैन । कहिले काँही ट्राफिक सहज हुँदैन । यद्यपि यसपटक हामी धेरै सप्ताहको प्रयास पछि अन्ततः जनकपुर आउन सफल भएका छौं । हामीले कहिल्यै पनि भन्नु हुन्न कि ढिलो भयो । हो, हामीले एउटा नयाँ शुरुवात गरेका छौं  भनेर भने भन्न सकिन्छ ।

नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको छ । नेपाल र भारतबीच खुला सीमा रहेको क्षेत्र तर्फ तपाईको भ्रमणले केही विशेष अर्थ राख्दछ । हामीले यो भ्रमणबाट के अपेक्षा गर्न सक्छौं ?

गत बर्ष हामीले  ८० वटा देशहरुले एउटा सम्झौतामा हस्ताक्षर गरेका छौं । हामी सबैले परस्पर सहयोगका साथ एक आपसमा अघि बढेर जानु पर्दछ । हामीले जनता जनताका बीचमा सम्बन्ध बनाउनु नै महत्वपुर्ण कुरा हो । जसरी तपाईले भन्नु भयो त्यस्तो कुरा छैन । त्यो आवश्यक पनि छैन । हो, तर एउटा प्रयास भने गरेका छौं कि हाम्रो प्रयासले नेपाल भरीकै जनताको सम्बन्ध थप बलियो बनोस् ।

नेपालको संघीय संरचनालाई चीनले नरुचाएको हो भनेर भन्ने गरिन्छ । यस विषयमा तपाई के भन्नु हुन्छ ?

नेपालले कुन व्यवस्था रोज्ने हो, कुन व्यवस्थामा जाने हो त्यो नेपालको आफ्नै निर्णय रहन्छ । चीनले सधै नेपालले गरेको निर्णयलाई मान्दै आएको छ । नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै पनि हस्तक्षेप गर्दैन ।

हामी तपाईहरुको रोजाईलाई सधै सम्मान गर्छौं । हाम्रो सधै अपेक्षा के रहन्छ भने नेपालमा राजनीतिक स्थिरता होस र आर्थिक विकास हुन सकोस् । हामी छिमेकीको नाताले नेपाल सरकार र नेपाली जनतालाई सधै सहयोग गर्न तयार रहँदै आएका छौं ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x