पुस ३, २०८०
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
वामपन्थी गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमालेका शीर्ष नेताहरूसँग बिहीवार महत्त्वपूर्ण भेटवार्ता गरिन् । कतिपयले वेटिङ प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी ओलीको निमन्त्रणामा स्वराज नेपाल आएकोसम्म टिप्पणी गरे । भारतीय विदेशमन्त्रीसँग भएको भेटवार्तामा सहभागी नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीसँग लोकान्तरका लागि सुशील पन्तले शुक्रवार कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सार :
भारतीय विदेशमन्त्री स्वराजले तपाईंहरूसँग के कुरा गर्नुभयो ?
उहाँको सन्देश मूलतः तीनवटा कुरामा केन्द्रित थियो । पहिलो, आफू निश्चित कार्यसूचीमाथि आधारित भन्दा पनि सद्भावको सन्देश बोकेर भ्रमणमा आएको र सद्भाव भ्रमण रहेको बताउनुभयो ।
दोस्रो, नेपाली जनताले संविधान कार्यान्वयनको सन्दर्भमा उल्लेख्य उपलब्धि हासिल गरेको र एकै वर्षमा तीनवटै तहको चुनाव सम्पन्न गरेकोमा खुशियाली बाँड्न र नेपाली जनतालाई बधाई दिन आएको बताउनुभयो । खासगरी नेकपा एमाले नेतृत्वको वाम गठनबन्धनले केन्द्रीय सरकारमा स्पष्ट बहुमत हासिल गरेको र ६ वटा प्रदेशमा हासिल गरेको विजयका सन्दर्भमा बधाई ज्ञापन गर्न आएको कुुरा बताउनुभयो ।
तेस्रो, उहाँकै शब्दमा भन्दा खण्डित जनादेशले कुनै पनि देशको विकास, स्थायित्व र शान्तिका निम्ति सहयोग नपु–याउने तर नेपाली जनताले स्पष्ट बहुमतसहितको जनादेश दिएकाले नेपाल स्थिरता, शान्ति र विकासको दिशामा अगाडि बढ्ने भारत सरकारको विश्वास रहेको र त्यसमा साथ दिन भारत सरकार तयार रहेको सन्देश दिनु भ्रमणको मुख्य उद्देश्य हो भन्नुभयो ।
यसको अर्थ भारतले नेपालको संविधानलाई स्वीकार गरेको भन्न सकिन्छ ?
निश्चय नै किनभने पछिल्लो समय नेपालको निर्वाचनको सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक नेपाल सरकार र राजनीतिक दललाई बधाई दिनुभएको छ । नयाँ जनादेशअनुसार बन्न लागेको सरकारका नेतालाई उच्च महत्त्व दिएर गरिएको भेटका कारण विगतमा नेपालको संविधानप्रति भारतको जे दृष्टिकोण थियो, त्यो बदलिएको र नेपाली जनताले गरेको फैसलालाई भारतले स्वीकारेको भन्ने देखिन्छ । यसमार्फत विगतमा जेजस्ता व्यवहार नेपालप्रति भारतले देखायो, खासगरी संविधान निर्माणपछि जस्ताखालका तिक्ततापूर्ण सम्बन्धहरू निर्माण भए, नाकाबन्दीको तहसम्म गयो, ती कुराहरूलाई अलिकति गम्भीर आत्मसमीक्षा गरेको र त्यो चाहिँ सफल रहेन, अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिनखोजेको भन्न सकिन्छ ।
तर भोेलिका दिनहरूमा भारतको समग्र व्यवहार कस्तो रहन्छ, त्यो त व्यवहारले परीक्षण हुन बाँकी नै छ । कसमेकम अहिलेको सन्देशको हिसाबले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका टेलिफोन संवादहरू र अहिले विदेशमन्त्री स्वराजको नेपाल भ्रमणको हिसाब हेर्दाखेरी सन्देशको हिसाबले भारत नेपाल नीतिमा अलि नयाँ ढंगले अगाडि बढ्न खोजेको अर्थ लाग्छ ।
यो समयमा स्वराजको भ्रमण उपयुक्त थिएन भन्ने टिप्पणी छ । ओलीले निम्ता गरेको भन्ने कुरा आयो ?
पहिलो कुरा ओलीले त्यो भन्नुभएको छैन, यो नितान्त प्रायोजित प्रचार हो । उहाँ अहिले निम्ता गर्ने अवस्थामा हुनुहुन्न, उहाँ भोलिको प्रधानमन्त्री होला, आज प्रधानमन्त्री हुनुहुन्न । कुनै पनि पार्टीको नेताले विदेशमन्त्रीलाई बोलाउने प्रश्न हुँदैन । यो चाहिँ केही क्षेत्र र वृत्तबाट गर्न खोजिएको नियोजित प्रचार मात्रै हो ।
समय उपयुक्त भयो कि भएन भन्ने कुरा चाहिँ भारत सरकारले जान्ने कुरा भयो र उहाँलाई बोलाउने नेपाल सरकारले जान्ने कुरा हो । त्यसबारेमा हाम्रो कुनै भनाइ छैन । तर सामान्यतया नेपालमा ठूलो राजनीतिक परिवर्तन भएर नयाँ सरकार बन्न लागिरहेको सन्दर्भमा एउटा छिमेकीले त्यसलाई चासोको रूपमा हेर्नु र नयाँ बन्न लागिरहेको सरकार र सरकारका नेताहरूसँग नयाँ ढंगले सम्बन्ध विस्तार गर्न खोज्नुलाई कुनै अन्यथा अर्थ लगाउनुपर्छ भन्ने मलाई लाग्दैन ।
बोलाउने र पठाउने सरकारले जान्ने कुरा हो, उहाँ भ्रमणमा आउनुभयो, भेट्ने तालिका राख्नुभयो र हामीले छिमेकी पाहुनालाई त्यही हिसाबले सम्मानका साथ भेटघाट गर्याैं ।
विगतमा एमालेसँग भारतीय संस्थापनको तिक्ततापूर्ण सम्बन्ध रहेको टिप्प्णी हुन्थ्यो । सम्बन्ध सुधार होला ?
पहिलो कुरा, विगतमा सम्बन्ध तिक्ततापूर्ण रहेको नेकपा एमालेसँग होइन । विगतको तिक्ततालाई एमाले र भारतबीचको तिक्तता भनी बुझ्दा ठूलो गल्ती हुन्छ । वास्तवमा त्यतिबेलाको द्वन्द्व तथा अन्तर्विरोध नेपाली जनताले आफ्नो सार्वभौम र स्वनिर्णयको अधिकार प्रयोग गर्दै आफ्नो संविधान आफैं बनाउन पाउँछन् कि पाउँदैनन् भन्ने कुरासँग जोडिएको मुद्दा थियो । अर्थात्, त्यो नेपालको राष्ट्रिय मुद्दा थियो । हामी त्यतिबेला नेपाली जनताले आफ्नो संविधान आफैं बनाउन पाउँछन्, छिमेकीहरूले सल्लाह सुझावहरू दिन सक्छन् तर अन्तिम निर्णय गर्ने अधिकार नेपाली जनताको हो भन्ने मान्यतामा दृढतापूर्वक उभियाैं ।
सबै नेपाली जनता उभिनुपर्दथ्यो, उभिए पनि । तर केही राजनीतिक दलहरूले चाहिँ त्यो कुरालाई ठीक ढंगले बुझ्न सकेनन् । त्यो अन्तर्विरोध, त्यतिबेलाको समस्या नेकपा एमाले र भारतीय संस्थापनको बीचमा होइन, स्वनिर्णयको निर्णय गर्न चाहने नेपाली जनता र आफनो प्रभाव या वर्चस्वलाई कायम राख्न चाहने भारतीय नीतिबीचको द्वन्द्व थियो, त्यही रूपले बुझ्न जरूरी होला ।
नेकपा एमालेको भारतसँगका नीतिहरू स्पष्ट छन्, संगतिपूर्ण छन् । हामी सत्तामा होस् या प्रतिपक्षमा, सदनमा होस् या बाहिर जनसुकै ठाउँमा होस्, ती कुरा निरन्तर भन्दै आएका छौं । हामी भारतसँग असल, मित्रतापूर्ण र सुमधुर सम्बन्ध बनाउन चाहन्छौं । त्यो सम्बन्धले दुवै देशका जनताको अधिकतम हितलाई प्रवर्द्धन गर्न सकोस् । तर त्यो सम्बन्ध चाहिँ समानतामा आधारित अनि पारस्परिक अहस्तक्षेपमा आधारित हुनुपर्छ । देशहरू ठूला अथवा साना हुने कुराले, देशहरू धनी या विपन्न हुने कुराले सम्बन्धको समानतालाई प्रभाव पार्नुहुँदैन या सार्वभौमसत्तालाई ठूलो या सानो भन्ने आँखाले हेर्नुहुँदैन । नेकपा एमालेको विगतदेखिकै नीति त्यही हो र अहिले पनि हामीले त्यही नीतिलाई अवलम्बन गर्दै आएका छौं ।
मलाई लाग्छ, नेपाली जनताले नेकपा एमालेलाई पाँच वर्षका लागि सरकारको नेतृत्व गर्ने स्पष्ट म्यान्डेट दिइसकेको सन्दर्भमा भारतको नेतृत्वपक्षले पनि यो सच्चाइलाई आत्मसात गरेको छ । त्यही हिसाबले सहकार्यका साथ अगाडि बढ्न खोजेको छ । हामी त्यो ढंगले सहकार्य गर्ने भारतको प्रयासको स्वागत गर्छौं ।
फेरि पनि भन्छौं, नेपालका आन्तरिक मामिला हामी आफैंले समाधन गर्छौं, नेपालले आफ्ना सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्छ । नेपालले कुनै एउटा छिमेकीसँग राखेका सम्बन्धबाट अर्को छिमेकी झस्किनुपर्ने, तर्सिनुपर्ने कुनै कारण हुँदैन । हाम्रा निम्ति दुवै देश उत्तिकै महत्त्वपूर्ण छन्, यो सन्देश हामीले जुनसुकै बेलामा पनि सम्प्रेषित गर्नेछौं । भारतले त्यही ढंगले अगाडि बढ्न चाहेको हो भने त्यो चाहिँ खुशीको कुरा हो भन्ने लाग्छ ।
स्वराजको भ्रमणले वामपन्थी एकता पर धकेलिन्छ भन्ने आशंका र टिप्पणी भएको छ नि ?
यो निराधार आशंका हो । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणसँग वामपन्थी एकताको कुनै साइनो र सम्बन्ध छैन । हामी आफ्नै अध्ययन, आफ्नै अनुभव र निष्कर्षस्वरूप देशमा एउटै वामपन्थी कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्छ र जसरी हिजो हामीले लोकतान्त्रिक आन्दोलनको अगुवाइ ग–यौं त्यसैगरी समृद्धि र समाजवादतर्फको यात्राको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ र त्यो काम एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र सम्भव छ भन्ने एउटा निष्कर्षका साथ हामीले वाम एकता गर्ने घोषणा गरेका हौं ।
यो घोषणालाई नेपाली जनताले हार्दिकतापूर्वक स्वीकार गर्नुभएको छ अनि अनुमोदन गर्नुभएको छ । वाम एकता हुन्छ र यसमा कुनै बाह्य शक्तिलाई जोड्नुपर्ने कुनै कारण छैन । हाम्रो एकताको जग त्यति कमजोर छैन कि त्यहाँ कुनै एकजना विदेशी आउँदा बलियो हुने या कमजोर हुने भन्ने ढंगले हेर्न जरूरी छैन । हामी आफ्नै ढंगले आफ्नैसाथ एकताको प्रक्रियालाई अगाडि बढाइरहेका छाैं र निकट भविष्यमा तपाईंले दुईवटा वापमन्थी पार्टी एक भएर नेपालमा एकीकृत कम्युनिस्ट पार्टी निर्माण भएको देख्नुहुनेछ ।
हिजोको भेटमा अध्यक्ष ओलीले स्वराजलाई के भन्नुभयो ?
उहाँले तपाईंहरूले व्यक्त गरेको बधाई, शुभकामना र सद्भावका लागि म नेपाली जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु भन्नुभयो । नेपाली जनताले हामीलाई स्थिरता, शान्ति र समृद्धिका निम्ति विश्वास सुम्पिनुभएको छ, जनादेश दिनुभएकोछ अनि हामी त्यही आधारमा अगाडि बढ्छौं र हाम्रो शान्ति, समृद्धि, विकास र स्थिरताको यात्रामा हामीलाई सबै अन्तर्राष्ट्रिय मित्रहरूको साथ, सहयोग र सद्भाव जरूरी हुन्छ भन्नुभयो । त्यसमध्ये भारतको सहयोग महत्त्वपूर्ण हुन्छ । नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ बढी फराकिलो बनाएर अनि दुवै देशको हितमा अझ राम्रो सम्बन्ध निर्माण गर्दै अगाडि बढ्नेछ । सरकारको प्राथमिकतामा शान्ति, विकास र समृद्धि छ र यसका लागि भारत सरकारले नेपालसँगको सम्बन्धलाई जुन महत्त्व दिएको छ, त्यसका लागि धेरै धन्यवाद छ भन्नुभयो ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...