६ महिनामा ३४ लाख थान मोबाइल आयात, सवा १२ अर्ब बाहिरियो

माघ २२, २०७४

काठमाडौं, २२ माघ– नेपालमा टेलिफोनको नेटवर्क बढेसँगै मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्च दरमा बढेको एक तथ्यांकले देखाएको छ ।

पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात भएको छ ।  त्यस्तै एक वर्षको अवधिमा मोबाइल सेवा प्रदायकले करिब ४३ लाख थान मोबाइल सिम बिक्री गरेका छन् ।


ADVERTISEMENT

टेलिफोनको पहुँचसँगै नेपालमा मोबाइल प्रयोगकर्ता वार्षिक १० प्रतिशतको हाराहारीमा बढ्दै गएको नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ अर्ब ३९ करोड रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३९ करोड रुपैयाँ बढी हो, नयाँ पत्रिकामा खबर छ । 

माघ २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस