×

NMB BANK
NIC ASIA

भक्तहरूलाई आकाशमा उड्न लगाउँथे यी बाबा

माघ २२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 पश्चिममा हिप्पी संस्कृति चहिरहँदा संसारभरि लाखौं मानिस महर्षि महेश योगीका भक्त बनिरहेका थिए । 

महर्षि महेश योगीले योग र ध्यानलाई संसारका विभिन्न देशमा पु–याएका थिए । 

आजैको दिन अर्थात् ५ फेब्रुअरी २००८ मा महर्षिको नेदरल्यान्ड्सस्थित घरमा ९१ वर्षको उमेरमा निधन भएको थियो । 

उनले ट्रान्सेन्डेन्टल मेडिटेसन (अनुभवातीत ध्यान) मार्फत संसारभरि लाखौं अनुयायी बनाएका थिए । 

साठीको दशकमा प्रसिद्ध रक ब्यान्ड बीटल्सका सदस्यहरूका साथै अन्य ठूला हस्तीहरूका आध्यात्मिक गुरुका रूपमा उनी प्रसिद्ध भएका थिए । 

महर्षि महेश योगीको वास्तविक नाम महेश प्रसाद वर्मा थियो । 

उनको जन्म १२ जनवरी १९१८ मा भारतको छत्तीसगढमा भएको थियो । उनले इलाहाबादबाट दर्शनशास्त्रमा स्नातकोत्तर उपाधि लिएका थिए । 

सन् १९४० र ५० को दशकमा उनले हिमालयमा आफ्ना गुरुबाट ध्यान र योगको शिक्षा लिएका थिए । 

महर्षिले ध्यान र योगमार्फत स्वास्थ्य र आध्यात्मिक ज्ञान प्राप्त हुने बताएपछि संसारका प्रसिद्ध मानिस उनका अनुयायी भएका थिए । 

बीटल्स ब्यान्डका सदस्यहरू महर्षिले ऋषिकेशमा बनेको अत्याधुनिक आश्रममा हेलिकप्टरमा पुगेका थिए । 

तर बीटल्स ब्यान्डले महर्षिसँग छिट्टै मोहभंग गरे । 

प्रसिद्धिको शिखरमा हुँदा उनलाई केही मानिसले सन्त किन भनाएको भनी सोधे । उनको जवाफ थियो, ‘म मानिसहरूलाई ट्रान्सेन्डेन्टल मेडिटेसन सिकाउँछु । यसले मानिसलाई जीवनभित्र पसेर हेर्ने अवसर दिन्छ । यसले
मानिसलाई शान्ति र आनन्द दिन्छ । पहिले पनि सन्तहरूले यस्तै सन्देश दिन्थे त्यसैले मानिसहरू मलाई पनि सन्त भन्छन् ।’

महर्षि योगीमाथि अनेकौं वृत्तचित्र बनाएका बीबीसीका यावर अब्बासले एकचोटि ऋषिकेशस्थित उनको आश्रममा उनीसँग कुराकानी गरेका थिए । 

अब्बासले सोधे, ‘किन तपाईं र तपाईंको ध्यान योग पश्चिमी देशमा लोकप्रिय छ तर भारतमा त्यसलाई धेरैले मान्दैनन् ?’

महर्षिको उत्तर थियो, ‘पश्चिमी देशमा मानिसहरू कुनै कुरामा वैज्ञानिक कारण भेटे भने तुरुन्तै अपनाउँछन् अनि मेरो ट्रान्सेन्डेन्टल मेडिटेसन योगको सिद्धान्तमा कायम रहँदै पूर्ण रूपमा वैज्ञानिक छ ।’

Sagarmatha Cement
Muktinath Bank

नेदरल्यान्डमा रहेको महर्षिको विशाल घर पर्यटकहरूका लागि आकर्षणको केन्द्र हो । 

महर्षिले आफ्ना भक्तहरूलाई उड्न सिकाएको दाबी गरेपछि चर्चामा आएका थिए । 

यो महर्षिको ट्रान्सेन्डेन्टल मेडिटेसनकै अंग थियो । त्यसमा उनका भक्तहरू फुर्र उड्ने प्रयास गर्थे । 

महर्षिले उनको फ्लाइङ योगा सिद्धान्त पूरै शोधपछि विकसित गरिएको बताएका थिए । 

सन् २००८ मा उनको संस्थासँग जोडिएको एक प्रतिवृदनअनुसार महर्षिले १५० देशमा ५०० विद्यालय, संसारमा चार महर्षि विश्वविद्यालय र चार देशमा वैदिक शिक्षण संस्थान खोलेका थिए । 

महर्षि महेश योगीको संगठन नाफारहित भएपनि सन् २००८ को प्रतिवेदनमा संगठनसँग दुई अर्ब पाउन्डबराबरको सम्पत्ति रहेको बताइएको थियो । 

सन् २००८ मा महर्षिले आफ्नो काम पूरा भएको अनि गुरुप्रतिको कर्तव्य निर्वाह भएको बताउँदै रिटायरमेन्ट घोषणा गरेका थिए । 

बीबीसी हिन्दीबाट
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x