हातमा पञ्जा लगाएर किन सडकमा आइन् कोमल वली ?

माघ २३, २०७४

दाङ, २३ माघ-राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी कोमल वली मंगलबार हातमा पञ्जा लगाएर तुलसीपुरको सडकमा उत्रिइन् ।

‘क्लिन एण्ड ग्रीन तुलसीपुर’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रममा वली पनि सहभागी भएकी हुन् । सरसफाइमा तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा अरनिको बोर्डिङका विद्यार्थीहरु सहगाभी भए ।

सरसफाइमा सहभागी वलीले तुलसीपुरलाई नमूना शहर बनाउनुपर्ने बताइन् ।

वली एमालेबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी हुन् ।

माघ २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस