×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा निर्वाचनमा स्वस्तिक चिह्नको प्रयोग नहुने, कसरी हुन्छ मतदान ?

माघ २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २३ माघ -प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका क्रममा भोलि माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनमैत्री वातावरण बनाउन सरकार, राजनीतिक दल र उम्मेदवार सरोकारवाला सबैसँग आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “आयोगले निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको थियो । तर प्रदेश नं २ मा आठै पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएकाले त्यहाँ मतदान गर्नु नपर्ने र अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ ।” 

नेपालको संविधानको धारा, ८६ मा प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतका आधारमा एकल सङ्क्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ । 

महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् । 

कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसक्नुभएको जानकारी गराउँदै प्रमुख आयुक्त डा यादवले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेको बताउनुभयो । 

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहनुभएको छ । 

प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित हुनु भएकाले भोलिको निर्वाचनमा बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेश सभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य प्रत्येकको मतभार ४८ हुने प्रावधान छ । 

निर्वाचनमा स्वस्तिक चिह्नको प्रयोग हुनेछैन 

प्रमुख निर्वाचन आयुक्त डा यादवले विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वास्तिक चिह्नको प्रयोग नहुने जानकारी गराउनुभयो । 

तीन महिला र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ । 

त्यस्तै महिला एक र अपाङ्गता÷अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने एक सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्ने छ । 

आयोगले निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आपूm निर्वाचित भएको प्रमाणपत्रको विकल्पमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । 

मतदान सकिएलगत्तै मतगणना कार्य शुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सबै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाएका छौँ ।” 

आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभाको समानुपातिक मतपरिणाम सार्वजनिक गर्ने तयारी 

राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । त्यसमा विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थे्रसहोल्ड) तीन प्रतिशतभन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिश गर्न दललाई तीन दिनको समय दिएर पत्राचार गरिनेछ । 

दलहरुले गरेको सिफारिशअनुसार समावेशी समूह मिले÷नमिलेको जाँच गरी नमिलेको भएमा मात्रै दललाई सच्याउन पुनः दुई दिनको समय दिइने व्यवस्था मिलाइएको छ । सबै तयारी र प्रक्रिया पूरा गरी प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्न आयोग दृढ रहेको उहाँले बताउनुभयो । संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयन गर्ने क्रममा यसअघि नै स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको छ । 

Muktinath Bank

– भीष्मराज ओझा, रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x