×

NMB BANK
NIC ASIA

वीर अस्पतालअगाडि औषधिको ‘हाटबजार’ : बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड

माघ २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५माघ–नेपालकै जेठो वीर अस्पतालको आकस्मिक कक्षको प्रवेशद्वार अगाडि ठूलो होडिङ बोडमा एक फार्मेसीको प्रचार गरिएको छ । आरफ फार्मेसीको होडिङबोडमा लेखिएका सेवाका अक्षरहरु आकर्षक देखिन्छन् । आरफ अगाडिबाट होडिङबोड आकर्षक देखिए पनि टहरामा संचालन गरिएको महंगो फार्मेसीका औषधि भने भुइँमा असरल्ल देखिन्छन् । 

Muktinath Bank

बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जटिल रोगका औषधिहरु फार्मेसीको पछाडिपट्टि खुल्ला जमिनमा अव्यवस्थित रुपमा राखिएको छ । बुधवार लोकान्तरकर्मी वीर अस्पताल पुग्दा फार्मेसीका एकजना कर्मचारी च्यातिन लागेको पुरानो त्रिपालले खुल्ला ठाउँमा रहेको औषधि र स्लाइनहरु ढाकछोप गर्दै थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

फार्मेसीले घाम र पानीबाट जोगिने गरी सुरक्षित भण्डारण गर्ने कक्ष बनाएर औषधिहरु राख्नुपर्ने सरकारी मापदण्ड छ । तर यो फार्मेसीमा औषधि र स्लाइनहरु लथालिङ्ग तरिकाले राखिएको देखिन्छ । 

Vianet communication
Laxmi Bank

वीर अस्पतालमा उपचारको लागि आउने अधिकांश बिरामीले यस्तै फार्मेसीको औषधि प्रयोग गर्छन् । औषधि लिन फार्मेसीमा आउने विरामीलाई फार्मेसीकै फर्मासिस्टहरुले घाम र पानीबाट औषधिलाई जोगाउँनु भन्दै सुझाव दिन्छन् । तर उनीहरुले आफंैले भने औषधिलाई वेबारिशे ढंगले राखेका छन् । 

 

औषधि बेच्ने फर्मासिस्टहरुलाई औषधि र स्लाइनहरुलाई घाम पानीबाट जोगाउन पर्छ र औषधिको व्यवस्थित तरिकाले भण्डारण गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ । तर औषधि भने पुरानो त्रिपालमुनि छन् ।

काठमाडौंका अन्य अस्पताल अगाडि सञ्चालनमा रहेका फार्मेसीको हालत पनि उस्तै छ । आरफ फार्मेसीमा कार्यरत कर्मचारीहरु औषधि भण्डारको अवस्था देख्दा आफुलाई पनि अप्ठ्यारो लाग्ने बताउँछन् ।

औषधि र स्लाइनलाई सफा स्थानमा राम्रोसँग भण्डार नगर्दा त्यसको प्रभाव कम हुने भएपनि फार्मेसीले सुरक्षित भण्डारणमा उचित ध्यान नदिएको फार्मेसीका एक कर्मचारीले लोकान्तरलाई बताए । 

‘औषधि र स्लाइनहरु घामपानीबाट जोगाएर व्यवस्थित सँग राख्नुपर्छ । जथाभावी रुपमा राखियो भने यसले पनि काम गर्दैन भन्ने त थाहा छ । आफैलाई लाज लाग्छ, यहाँ सबैकुरा व्यवस्थित छैन,’ उनले लोकान्तरसँग भने, ‘हामीले फार्मेसी संचालकलाई त भनेका छौं औषधि र स्लाइनहरु खुल्ला ठाउँमा राख्दा विग्रन्छ भनेर । तर खै अस्पतालको कमजोरी हो कि संचालकको लापरबाहिले गर्दा हो औषधिको भण्डार गर्ने ठाउँ नै बनाइएको छैन ।’ 

वीर अस्पतालको जग्गा र भवनमा रहेको यो फार्मेसी संचालनमा आएको सात वर्ष भइसकेको छ । अस्पतालले टेण्डर आब्हान गरेर  त्यहा फार्मेसी संचालन गर्ने अनुमति दिएको हो । भूकम्पले भवन भत्किएर औषधिको भण्डार कक्ष भनिए पनि आरफको संचालक नारायण प्रसाद ढुंगानासँग मासिक आठलाख रकम लिएर फार्मेसी संचालन गर्न दिएको छ ।

अस्पताललाई मासिक आठ लाख रकम बुझाउने फार्मेसी संचालक ढुंगानाको ध्यान औषधिको व्यपारमा मात्रै छ । अव्यवस्थित रुपमा रहेको औषधिलाई उचित भण्डारण गर्ने उनको सोच नै छैन ।

खुल्ला ठाउँमा औषधि र स्लाइन राख्दा विग्रदैन ? किन व्यवस्थित तरिकाले भण्डार नगर्नुभएको ? भन्ने लोकान्तरको प्रश्नमा संचालक ढुंगानाले भने, ‘चर्को घाम लाग्दा र पानी पर्दा त्रिपालले छोप्छौं ।  दिनमा ३०, ३५ काटुन स्लाइन व्यपार हुन्छ । धेरै समय राख्नु पर्दैन त्यसैले विग्रदैन । भारतको बैंगलुरदेखि आउँने स्लाइन र औषधिहरु विग्रने भए त बाटोमा पनि विग्रिन्थ्यो होला नि !’

औषधिको व्यवस्थित भण्डार गर्ने ठाउँ नै नभएको भवनमा अस्पतालले टेन्टरबाट आफुहरुलाई संचालन गर्न दिएको भन्दै फार्मेसी सञ्चालकले अस्पाताले जस्तो ठाउँ दियो त्यस्तैमा औषधि व्यापर गर्दै आएको बताउछन् । 

घाम, पानी र ओसिलोबाट जोगाउन पर्ने औषधि र स्लाइन खुल्ला ठाउँमा राखेर विक्री हुँदा पनि सरोकारवाला निकाय भने आँखा चिम्लिएर बसेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x