×

NMB BANK
NIC ASIA

बक्यौता रकम तिर्न थाले अटेरी हवाई कम्पनीहरुले

माघ २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ माघ- सरकारले समयमा बक्यौता रकम नतिरे कारबाही स्वरुप उडान नै रोकिदने चेतावनी दिएपछि कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कम्पनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् ।  यसअघि विवादमा आएको मलेसियन विमान कम्पनी एयर एशियाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रकममध्ये आईतबार दुई करोड बुझाएको छ । एयर एशियाले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई रकम तिर्न अटेर गर्दै आएको भन्दै सरकारले पटकपटक उडान रोक्ने चेतावनी दिएको थियो ।

Muktinath Bank


प्राधिकरणका उपमहानिर्देशको नेतृत्वमा छानबिन समिति गठन गरेर बक्यौता तिर्न अटेर गर्ने कम्पनीलाई कारबाहीको तयारी गरेपछि धमाधम बोर्ड र प्राधिकरणलाई बुझाउनुपर्ने रकम तिर्न थालेको प्राधिकरणले जनाएको छ । प्रधिकरणको लगातारको ताकेता र कारबाहीको चेतावनीपछि अटेर गर्दै आएका विमान कम्पनी धमाधम बक्यौता तिर्न थालेको प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।  एयर एशियाले प्राधिकरण र बोर्डलाई किस्ताबन्दीमा रकम तिर्दै जाने प्रतिबद्धता जनाएको छ । एयर एशियाको मात्रै २३ करोड बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको थियो । प्राधिकरणका अनुसार बक्यौता रकम नतिरे उडान बन्द गर्ने चेतावनी दिएपछि हालसम्म रु १२ करोड रकम उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार किस्ताबन्दीमा चुक्ता गर्ने सिम्रिक र सौर्य एयरलाइन्सले प्रतिबद्धता जनाएका छन् । छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल सञ्चालनमा रहेका एयरलाइन्सले रु ६६ करोड ३९ लाख ४६ हजारलरकम तिर्न अटेर गरेका छन् । सरकारी कार्यालय तथा संघसंस्थाले समेत रु ५५ करोड १२ लाख २१ हजार तिरेका छैनन् । यस्तै, सञ्चालनमा नरहेका संघ र संस्था फार्मको रु दुई करोड ९७ लाख ५७ हजार र सञ्चालनमा रहेका संस्थाको रु १२ करोड ४५ लाख ८३ हजार बक्यौता देखिएको छ ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिरेका छैनन् । भन्सार कार्यालयले रु ५५ करोड १२ लाख २१ हजार र निगमले रु ३२ करोड २१ लाख नौ हजार तिरेका छैनन् । यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई रु ८७ करोड ३३ लाख ३१ हजार बक्यौता रकम प्राप्त हुन बाँकी छ । विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीका लागि विमानस्थल कार्यालयले प्रक्रिया शुरू गरेको छ । 


Advertisment
Nabil box
Kumari

बन्द भएकालाई बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ । सञ्चालनमा रहेकालाई कारबाही गर्ने चेतावनी दिँदै बक्यौता उठाउन लागिएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x