कति निल्छस् त्रिशूली ?

माघ २७, २०७४

रसुवाको गोसाँइकुण्डस्थित त्रिशूल धाराबाट विभिन्न यात्राका सारथीसँग भेटघाटको चक्रमा लटपटिँदै यात्रालाई उधिनेर अनवरत बगिरहेको छ, त्रिशूली । त्रिशूली नेपालको मध्यभागबाट बहने नारायणी र गण्डकी नदीको जलाधार क्षेत्रको प्रमुख स्रोत नदी पनि हो । 

त्रिशूलीको बगाई जति शान्त र निश्चल छ, त्यति धेरै यसले छाडेर गएका दुख, दर्द र पीडाका लागि पर्याप्त खुराक बनिरहेका छन् । त्रिशूली एक्लै बग्दैन, सके मान्छेको हुललाई राजमार्गबाट गाडीसँगै हुत्याएर बगाउँछ, नसके बालुवासँग लटपटिँदै सुसाउँछ । फूसर्द छैन, उ व्यस्त छ । आफ्ना सारथीसँगै अझ बेजोड बनेर गंगातिर लम्कनु छ ।
 


ADVERTISEMENT

मान्छे निलेर आँशुको आहालमा डुबाउने, जीवनपर्यन्त रुवाउने, तड्पाउने, गलाउने त्रिशूलीको कार्य जर्जर चोटको स्रोत हो । प्राय मानिस त्रिशूलीको संगतबाट टाढिन खोज्छन् ।  झोलेङ्गे पूल र तुइनले मात्रै गहिरो गरी त्रिशूलीलाई नियाँलिरहेका छन् ।


त्रासको हुण्डरीमै त्रिशूली खण्डको यात्री बन्नुपर्ने आम बाध्यता छ । फिल्मका दृश्यझैं लाग्ने रोदनका सिलसिलेवार घटनाले आम हेराई अप्रियको प्रतीकमा जोडिएको छ । जीवनको धागो त्रिशूलीको आश्रयमा लिने भएको छ । कहरमा परिणत भएको छ । आशा र भरोसाहरु निरन्तरको चोटले एकपछि अर्को गर्दे त्रिशूलीको निलो सागरमा विलिन भएका छन् । जीवनको ग्राफले आफ्नाे पदचाप बिर्सेको छ । अस्तित्व मेटिएको छ ।   

धर्तीको बसाई सुख सयलमा बिताउने मन नहुने सजीव कोही हुँदैन । भयावह परिस्थितिको सामना गर्न सक्ने सामर्थ्य क्षणभरमै बगाएर लैजाने शक्ति सञ्चय गरेको त्रिशूलीले धेरैको रंगीन मानवीय जीवनमा कालो पोतिदिएको छ । जीवनका उर्जाशील समयलाई बित्थामै अस्पतालको बेड र घरको छिँडीमा खुम्च्याइदिएको छ ।
 
सबै सबैका लागी प्रिय हुन नसक्ने कुरा ध्रुवसत्य नै हो । जवाफ दिने समय नभए पनि पक्कै जवाफ त्रिशूलीसँग छ । स्वीकार्नु पर्छ, त्रिशूलीको किनारामा बालुवा चालेर एक छाक टार्ने परिवारको जीवनदाता त्रिशूली नै हो । तिर्खाको प्यास मेट्ने, घुम्न चाहने सौखिन मान्छे (पर्यटक)का लागि मनोरञ्जनको साधक, आफ्ना अमूल्य निधी अर्पेर सहज जीवनयापनको मार्ग प्रशस्त गर्ने खुल्ला हृदय पनि जवाफका आफू पक्षीय पेचिला वाक्य त्रिशूलीकै लागि हुन आउँछन् ।
 

त्रिशूलीकै कारण भर्खरै पालुवा हाल्ने तर्खर गरिरहेका सजिव मर्छन् । जीवनका न्याना सपनाको उचाई चुम्न हिँडेका मान्छेका तमाम आशाहरु नदीमा चिसिन्छन् । प्रकृति प्रदत्त कयौं सजिव तथा निर्जिवले रीतको लयमा मिसिन नपाउँदै आफूलाई मेटिएको भनेर संसारलाई सुनाउनै पाउन्नन् । 

संसार यी यावत उत्तरसँग सहमत छ, तर मान्छे निलेर आँशुको आहालमा डुबाउने, जीवनपर्यन्त रुवाउने, तड्पाउने, गलाउने त्रिशूलीको कार्य जर्जर चोटको स्रोत हो । प्राय मानिस त्रिशूलीको संगतबाट टाढिन खोज्छन् ।  झोलेङ्गे पूल र तुइनले मात्रै गहिरो गरी त्रिशूलीलाई नियाँलिरहेका छन् । यसको साक्षी बनेर पीडाको हिस्सामा थोरै भएपनि दुखसुखलाई बाँडेका छन् । 

यो हजार माइलको यात्रामा त्रिशूलीको चिनापर्ची धर्तीका अनेक मानव यात्रीसँग भयो । भूगोलले राम्रैसँग चिनेका मदन भण्डारीदेखि सामान्य मान्छेलाई पनि आफ्नो नजिकको ठान्यो । आफूमै समाहित गरायो । जसलाई प्रिय लाग्छ, उसलाई छानिछानी निलिहाल्ने विशेषता जो छ । कतै सडक दुर्घटना भएर नदीमा गाडी खसिहाले मान्छे ढुक्कका साथ त्रिशूली तिरै मथिंगल घुमाइहाल्छन् । मान्छे यसमा सतप्रतिशत विश्वस्त नै बन्न थालेको छ । 

त्रिशूलीकै कारण भर्खरै पालुवा हाल्ने तर्खर गरिरहेका सजिव मर्छन् । जीवनका न्याना सपनाको उचाई चुम्न हिँडेका मान्छेका तमाम आशाहरु नदीमा चिसिन्छन् । प्रकृति प्रदत्त कयौं सजिव तथा निर्जिवले रीतको लयमा मिसिन नपाउँदै आफूलाई मेटिएको भनेर संसारलाई सुनाउनै पाउन्नन् । 

के समाजमा खुसी भएर जिउनलाई आम सर्वसाधरणको अधिकारमा क्रोधित बनेर त्रिशूली अगाडी आउनैपर्छ र ? आम मान्छेको आक्रोश यति धेरै छ, बगाईको बेगमा सायद त्रिशूलीलाई यो सुन्ने धैर्यता छैन । बेगको लगाम खुल्ला छाडेर आफ्ना नजिकका बूढीगण्डकी र मस्र्याङ्दीलाई समागम गराएर नारायणी बन्दै बहिनु छ । शक्तिशाली बन्ने लालसाले त्रिशूलीलाई पनि छोपेको छ । 

त्रिशूली भोको छ । बर्षोदेखी आहाराविहिन बनेर बसेको छ । त्यसैले त यतिधेरै मान्छेलाई निल्दा समेत उसको भोक मेटिएको छैन । यो भोक मेटाउन कसको के भूमिका हुनुपर्ने हो, यो प्रश्नको उत्तर जगले खोजेको छ । चित्तबुझ्दो जवाफ छ ?

मान्छेका आखाँबाट असरल्ल बगेका आशुँको मात्रै हिसाब गर्ने हो भने पनि सानो समुन्द्र नै खडा हुने कुरामा सहमत नहुने नेपाली कोही हुँदैनन् । सरकारको तथ्याङ्कलाई केलाउने नै हो भनेपनि यसको आँकडा त्यतैतिर सोझिन्छ । घाइते तथा अङ्गभङ्ग हुनेहरुको जटिल दिनचर्याले सबैको ध्यान खिचेकै हुनुपर्छ ।
 
मान्छे निल्ने पहिचान बोकेको त्रिशूलीले आफ्नो बगाई फेर्ला या पुरानै किनाराको साक्षी बन्ला ? आम चासो सर्वत्र छ । त्रिशूलीले आफ्नो स्वच्छ बन्न नसकेको छवी बर्खे भेलझै धुमिल बनाउला कि सङ्ग्लो पार्ला त्यो पनि समयले देखाउने नै छ ।    

त्रिशूली भोको छ । बर्षोदेखी आहाराविहिन बनेर बसेको छ । त्यसैले त यतिधेरै मान्छेलाई निल्दा समेत उसको भोक मेटिएको छैन । यो भोक मेटाउन कसको के भूमिका हुनुपर्ने हो, यो प्रश्नको उत्तर जगले खोजेको छ । चित्तबुझ्दो जवाफ छ ?
 

माघ २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार