×

NMB BANK
NIC ASIA

दुई सरकारी निकायको विवादले अपी क्षेत्रमा नून अभाव, ढुवानीमा कमिसनको गन्ध !

माघ २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २८ माघ - नून बिक्रि वितरणको बिषयलाई लिएर प्रदेश नम्बर ७ का दुई सरकारी निकायवीचको विवाद चुलिएको छ । प्रदेश नंं. ७ स्थित दार्चुलाको अत्यन्त विकट अपी हिमाल गाउँपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीबीच विवाद चुलिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

सरकारी निकायबीचको विवादले सार्वसाधारणहरु सुलभ र सहज रुपमा नून उपभोग गर्नबाट बञ्चित भएका छन् । विवादकै कारण वितरणमा समस्या भएपछि दार्चुलाका दुर्गम क्षेत्रका स्थानीयहरु प्रति किलो ७० देखि ८० रुपैयाँमा नून खरिद गर्न बाध्य भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत कार्तिकमा अत्यन्त दुर्गममा पर्ने उक्त गाउँपालिकाले स्थानीयवासीलाई सस्तोमा नून उपलब्ध गराउने भन्दै साल्ट टे«डिङको दार्चुलास्थित गोकुलेश्वर डिपोबाट ५ सय क्वीन्टल नून खरिद गरेको थियो । पहाडी जिल्लामा प्रति किलो ९ रुपैयाँ कायम गरिएको मूल्यमा खरिद गरेको उक्त अनुदानको नून गाउँपालिकाले दुवानीलगायतको खर्च जोडेर २५ रुपैयाँमा बिक्रि वितरण गरिरेहको छ ।


Advertisment
Nabil box
Kumari

तर साल्ट टे«डिङले धनगढीबाट ढुवानी भएको त्यहि नून दार्चुलास्थित आफ्नो डिपोबाट ९ रुपैयाँ प्रति पोका बिक्रि गर्न खोज्दा गाउँपालिकाले अवरोध पु¥याएपछि विवाद उत्पन्न भएको हो ।

Vianet communication
Laxmi Bank

कर्पोरेशनका सह–महाप्रबन्धक केशवप्रसाद पाण्डेयले कम मूल्यको साल्ट ट्रेडिङको नून अपी हिमाल गाउँपालिकामा पुगेपछि सो गाउँपालिकाले बिक्री गर्न नदिएको बताए । ‘वितरण गर्न नदिएपछि ढुवानी भएको नून ओखल डिपोमा स्टक राखिएको छ । हामीले जनतालाई ९ रुपियाँमै नून दिन खोज्दा बिक्री गर्न दिइएन’ उनले लोकान्तरसँग भने, ‘स्थानीय सरकार जस्तो जिम्मेवार निकायले सिण्डीकेट लादेर जनतालाई कस्तो सेवा दिन खोजेको हो ?  बुझ्न सकिएन ।’ 

विवादकै कारण वितरणमा समस्या भएपछि दार्चुलाका दुर्गम क्षेत्रका स्थानीयहरु प्रति किलो ७० देखि ८० रुपैयाँमा नून खरिद गर्न बाध्य भएका छन् । 

तर गाउँपालिकाका अध्यक्ष धर्मानन्द मान्यालले धनगढीमा पत्रकार सम्मेलन नै गरेर खरिद गरेको नून बिक्री नहुँदासम्म ढुवानी नगर्न आग्रह गरेको बताए ।

साल्ट ट्रेडिङले कमिशनको खेलमा ढुवानी नरोकेको आरोप समेत लगाए । ‘झण्डै ५ लाख रुपियाँ लगानी गरेर हामीले खरिद गरेको नून फागुन महिनासम्म बिक्री भइहाल्छ, तबसम्म ढुवानी नगरिदनुस भनेर मैले साल्ट ट्रेडिङ धनगढीलाई पटक–पटक आग्रह गरेको थिएँ,’ अध्यक्ष मान्यालले भने– ‘ढुवानीमै कर्मचारी र ढेकेदारबीच ठूलो कमिशनको चलखेल छ ।’

चालु वर्ष अपी हिमाल गाउँपालिकाको लागि एक हजार क्वीन्टल नूनको कोटा निर्धारण भएको छ । जसमध्ये उक्त गाउँपालिकाले ५ सय क्वीन्टल खरिद गरेर २ सय क्वीन्टल बिक्रि गरिसकेको छ भने बाँकी अझै बिक्रि हुन बाँकी रहेको जनाइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले हालै उक्त गाउँपालिकाको लागि छुट्याएको कोटा मध्ये २ सय ७० क्वीन्टल नून ढुवानी गरेको छ । बाँकी कोटाको नून ढुवानी चैतमसान्त भित्रै गर्नुपरेकोले समस्या सिर्जना भएको साल्ट टे«डिङले जनाएको छ ।

‘नून ढुवानी सम्झौता अवधि अब दुई महिनामात्रै बाँकी रहेको छ, त्यहाँ भण्डारण गर्ने ठूलो गोदाम पनि छैन’, सह–महाप्रबन्धक पाण्डेयले भने– ‘चैत महिनाभित्र थप ढुवानी गर्न नपाएमा हामीले ठेकेदारलाई कारबाही गर्नु पर्ने हुन्छ । जबकी उसको दोष छैन ।’

साल्ट टे«डिङ र गाउँपालिकाबीच यहि फागुन पहिलो हप्तादेखि आपूर्ति सहज र सुलभ गराउँने मौखिक सहमति भएको बताइएको छ । जुन सहमति अनुसार साल्ट टे«डिङले कोटा बमाजिमको नून गाउँपालिकाको जिम्मा लगाउने भएको छ । तर गाउँपालिकाले कायम भएको मूल्यमा केहि हेरफेर गरेर बिक्रि गर्ने दाउमा पुगेको ।

गाउँपालिकाका अनुसार ९ रुपैयाँमा पाइने उक्त नून १७ रुपैयाँ प्रति किलोमा बिक्रि गर्ने रणनीति बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x