×

NMB BANK
NIC ASIA

राजबहादुरको उतारचढावपूर्ण यात्रा : सर्वस्वहरणदेखि प्रदेश सभामुखसम्म

माघ २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, २९ माघ– कुनै बेला तीनपटकसम्म अपहरणमा परेका, सर्वस्वहरण गरिएका व्यक्ति सभामुख बन्लान भन्ने धेरैलाई लागेकै थिएन । तर समय अनुसार परिस्थिति पनि बदलिँदो रहेछ । हिजो सर्वस्वहरणमा परेका व्यक्तिले प्रदेस सभा हाँक्ने अवसर पाएका छन्, ती व्यक्ति हुन प्रदेससभा सदस्य राजबहादुर शाही ।

Sagarmatha Cement
Muktinath Bank

दैलेख जिल्लाको विकट साविकको ठाँटीकाँध गाविस वडा नं. ७, छडाथान हालको ठाँटीकाँध गाँउपालिका वडा नं ६ मा विसं. २०२६ साल मंसिर २१ गते जन्मेका राजबहादुर शाही सरल र शान्त स्वभावका छन् । आफ्नोलागि कुनै पद चाहियो भनेर भन्न नरुचाउने शाहीले २०३९ सालमा नेमकिपाको विद्यार्थी संगठनको सदस्यता लिएर राजीतिक जीस्वनको सुरुवात गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थी संगठनमा आवद्ध भईरहँदा विसं. २०४५ साल अर्थात १९ वर्षको उमेरमा नेमकिपाको पार्टी सदस्यता प्राप्त गरेका शाही २०४७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको नेक्राविसंघका अध्यक्ष बने ।


Advertisment
Nabil box
Kumari

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सरिक हुनुपर्छ भन्ने धारणका साथ उनी विसं २०४८ मा नेमकिपाको जिल्ला कमिटि सदस्य बने । उनी दैलेखमा अन्य नेताभन्दा कम अवसर पाउने व्यक्तिमा गिन्ति हुन्छन् । २०५२ सालमा नेमकिपाको अधिकांश जिल्ला कमिटि नेकपा एमालेमा समाहित भयो । उक्त एकिकरण पश्चात उनि एमालेको जिल्ला कमिटि सदस्य समेत बने ।

Vianet communication
Laxmi Bank

समयक्रम बदलियो । सरकारले २०५४ सालमा स्थानीय निकायको निर्वाचन ग¥यो । उक्त निर्वाचनमा नेता शाही गाविस तोलिजैसी गाविसको अध्यक्ष पदमा चुनाव लडेर विजय प्राप्त गरे । लगत्तै उनि गाविस राष्ट्रिय महासंघको जिल्ला अध्यक्ष समेत बने । विसं. २०६९ सम्म नेता शाही एमालेको जिल्ला कमिटि सदस्य रहिरहे । 

तत्पश्चात २०६९ सालदेखि एमालेको नवौं महाधिवेशनसम्म उनी एमालेको अञ्चल समन्वय कमिटिको सदस्य बने । र अहिले आइपुग्दा उनी पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका छैनन् ।

सर्वस्वहरणमा पर्नु 

अब माओवादी सांसदहरुले उनलाई ‘माननीय सभामुखज्यू’ भनेरै सम्वोधन गर्नेछन् ।

तत्कालिन सशस्त्र संघर्षरत नेकपा माओवादीले उनलाई विसं. २०६० मा दुइपटक, २०६१ मा एकपटक अपहरण ग¥यो । अपहरणपश्चात माओवादीले उनको सर्वस्वहरण समेत ग¥यो । अहिलेसम्म पनि नेता शाहीको घर खाली छ । 

तर अब माओवादी सांसदहरुले उनलाई ‘माननीय सभामुखज्यू’ भनेरै सम्वोधन गर्नेछन् । उसोत राजबहादुरले पनि विगतमा तिक्तता बिर्षीसकेका छन् । माओवादीसंगको चुनावी तालमेलमा उनी विजयी भएका हुन् । 

त्यो भन्दा पहिले नेता शाहीले २०४६ सालको जनआन्दोलनमा नेपालगञ्जमा जेल समेत पर्नुप¥यो । यस्ता कयौं आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएको एमालेका कार्यकर्ताहरु बताउछन् ।

लाभको पदमा दोस्रोपटक

३५ वर्षे राजनीतिमा करिब दुइपटक मात्र उनले लाभको पद पाएका छन् । पहुँचका आधारमा पद पाइने नेपालमा विना पहँच, जनताको चाहना र सफल नेतृत्वदायी भूमिकाका कारण २०५४ सालमा ठाँटीकाँध गाविस अध्यक्ष र २०७४ सालमा दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । र आज उनी प्रदेशकै सम्मानित पद सभामुख बन्दैछन् ।

‘सबैलाई मिलाएर लैजान्छु’

सभामुख पदकालागि मनोनयन दर्ता गरेका नेता राजबहादुर शाहीले प्रदेससभामा भएका सबै राजनीतिक दलहरुलाई मिलाएर लैजाने बताए । ‘हाम्रो प्रदेश सबैभन्दा पछि परेकाले सबै दलहरुको सहकार्यले मात्रै यो प्रदेशको समृद्धि सम्भव छ’ उनले लोकान्तरसँग भने, ‘त्यसैले सवै राजनीतिक दलहरुमा विकास निर्माणका लागि एकता हुन आवश्यक छ ।’ उनले प्रदेशको मुहार परिवर्तन गर्न सभामुखका हैसियतले पहल गर्ने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x