ट्वाइलेटमा मोबाइल गेम खेल्ने भएको, शरीरको अंग नै बाहिर निस्कियो

काठमाडौं, २९ माघ — चीनमा शौचालयमा मोबाइल गेम खेलिरहेका एक व्यक्तिले अनौठो र पीडादायी अनुभव गर्नुपरेको छ । बेइजिङमा ती व्यक्ति ट्वाइलेटमा लामो समय बसिरहेर गेम खेलिरहे । त्यही बेला उनको शरीरको एक अंग बाहिर निस्कियो । 

सञ्चारमाध्यममा आएका खबरअनुसार, आधी घन्टासम्म मोबाइलमा गेम खेल्ने व्यक्तिलाई रेक्टल प्रोल्याप्स भयो । 

रेक्टल प्रोल्याप्स हुँदा ठूलो आन्द्राको अन्त्यमा जोडिएको रेक्टम (मलाशय) छुट्टिन्छ अनि मलद्वारबाट बाहिर निस्कन्छ । 

चिकित्सकहरूले बल आकारको १६ सेन्टिमिटरको उक्त रेक्टम सर्जरी गरेर निकाल्न प–यो । अहिले बिरामी चिकित्सकको रेखदेखमा छन् । 

चिकित्सकहरूले बताएअनुसार, बिरामी चार वर्षको हुँदा उसलाई यही समस्या भएको थियो तर त्यतिखेर रेक्टम सामान्य स्थितिमा फर्केको थियो । 

अस्पतालका एक चिकित्सक सु ड्यानले बताएअनुसार, यस्तो समस्यामा रेक्टम प्रायः आफैं सामान्य स्थितिमा आउँछ तर यो व्यक्ति त्यसमा अभागी रह्यो । यस स्थितिमा समयमै उपचार गरिएन भने हालत झन् खराब हुन्छ । 

दक्षिण चीनमा रहेको अस्पतालले जानकारी दियो, यो व्यक्ति बच्चै हुँदा यस्तै समस्या आएको थियो । तर उसले लामो समयसम्म ट्वाइलेट जाने बानीमा सुधार ल्याएन । आधुनिक जमानाको ट्वाइलेट कमोडमा लामो समयसम्म बसेर मोबाइल गेम खेल्ने बानी छ । 

मलत्यागको समयमा जोड दिँदा अनि सर्जरी वा बच्चा जन्माउँदा हुने टिस्यु ड्यामेजले यस्तो समस्या ल्याउँछ । स्वास्थ्य विशेषज्ञहरूले सल्लाह दिएअनुसार, पुरानो कब्जियतबाट पीडित मानिसहरूले फल सेवन अवश्य गर्नुपर्छ अनि यो
समस्याबाट मुक्ति पाइन्छ । 

एजेन्सी
 

माघ २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस