अमेरिकामा भयंकर हिमपात, १५ सय फ्लाइट रद्द

माघ २९, २०७४

काठमाडौं, २९ माघ — अमेरिकामा भयंकर हिमपात हुँदा जाडो भएर मानिसको जीवन समस्यामा परेको छ । हिउँसहितको तूफानका कारण मानिसहरूले अनेकौं समस्याको सामना गर्नुपरेको हो । 

मध्यपश्चिम (मिडवेस्ट) क्षेत्रमा हिउँयुक्त तूफानका कारण नौ इन्च मोटो हिउँको पत्र पूरै इलाकामा जमेको छ । खराब मौसमका कारण विद्यालयहरू बन्द भएका छन् । 

यातायातमा पनि नराम्रो असर परेको छ । तूफानका कारण थुप्रै कारहरू दुर्घटनाग्रस्त भए । पन्ध्र सयबाट उडान रद्द गरिए । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार, २३ करोड नागरिकले हिउँसहितको हावाको सामना गर्नुपरेको थियो । हिमपातका कारण दुईजनाको मृत्यु भइसकेको छ । पछिल्लो तीन वर्षमा यो सबभन्दा भयंकर हिमपात हो । 

अमेरिकी मौसम विभागले गरेको अनुमानअनुसार, मिडवेस्टमा अर्को हप्ता तूफान आउन सक्छ । वायोमिङदेखि जोर्जियासम्म बीस राज्यमा अलर्ट जारी गरिएको छ । न्युयोर्कको पश्चिमी क्षेत्रमा पनि हिमपात हुनेछ । 

एजेन्सी
 


ADVERTISEMENT

माघ २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस