×

NMB BANK
NIC ASIA

यसरी गरिदैछ गल्छी–रसुवागढी सडक निर्माण, चीनबाट नेपाल हुँदै भारत जोड्ने सडक

माघ २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट, २९ माघ - राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ । 

Muktinath Bank

अहिले दुई चरणमा दैनिक आठ घण्टा सडकमा सवारी आवागमन बन्द गरिँदै आइएकामा फागुन १ गतेदेखि एकै चरणमा दैनिक ६ घण्टा सडकमा आवागमन बन्द गरी सडक विस्तारको कार्यलाई गति दिन लागिएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन १ देखि दैनिक बिहान ११ बजेदेखि साँझ पाँचबजेसम्म सडकमा सवारी आवागमन बन्द गरी काममा तीव्रता दिने निर्णय जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शुक्रबार गरेको हो । यो सडकमा गएको पुस १ गतेदेखि यही माघ मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपरान्ह ४ बजेसम्म दुई चरणमा आठ घण्टा सवारी सञ्चालन बन्द गरी निर्माणको काम अघि बढाइँदै आइएको थियो । 
विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पुस १ देखि शुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम छ महिना थप सहित गरी २७ महिना (२०७५ फागुन ५)मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । यसअघि एक वर्ष अवधिको प्रगति निकै निराशाजनक भएपछि लक्ष्य पूरा गर्न अहिले युद्धस्तरमा काम भइरहेको योजना प्रमुख देवकोटाले बताउनुभयो । 
“भारतीय नाकाबन्दीले चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाकाको रुपमा छनोट गरिए पनि सडक विस्तारमा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेका छैनौं,” योजना प्रमुख देवकोटाले भन्नुभयो – “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, वन क्षेत्रमा काम गर्न अनुमति पाउन ढिलाइले तोकिएको समयमा काम पूरा गर्न गा¥हो भइरहेको छ ।” 
काम शुरु भएको एक वर्षको अवधिमा (विसं २०७४ मंसिर मसान्तसम्म) आर्थिक प्रगति दश प्रतिशत मात्र भएको थियो । पुस १ देखि सडकमा सवारी आवागमन बन्द गरी काम शुरु भएको करिब दुई महिनामा प्रगति उत्साहजनक देखिएको छ । योजना प्रमुख देवकोटाका अनुसार आर्थिकतर्फ २१ दशमलव ३ प्रतिशत र प्राविधिकतर्फ १४ दशमलव ३५ प्रतिशत पुगेको छ, यो प्रगति सफलता उन्मुख हो । सडक विस्तारको काम सम्झौता अवधि २१ महिना भएपनि छ महिना थप गरेर २७ महिना पु¥याइएको छ । 
पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक ८२ किलोमिटर लामो छ । 
सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किलोमिटर सडक (गल्छी–त्रिशूली–मैलुङ्ग)को काम सम्झौता भएर शुरु भएको एक वर्षमा दश प्रतिशत मात्र भएको छ । अब बाँकी रहेको एक वर्षमा ९० प्रतिशत कार्य गर्नुपर्नेछ । 


Advertisment
Nabil box
Kumari

फागुन १ देखि दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरी काम थालेर अबको दुई महिनामा प्रगति ३५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको योजना प्रमुख देवकोटाले बताउनुभयो । 

Vianet communication
Laxmi Bank

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म ८६ किलोमिटर सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा निर्माण गर्न रु नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ । साविक सडक सुधार तथा स्तरोन्नतिको काम ठेकेदार पक्ष कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनसहित नेपाली सेना र चीन सरकारमार्फत भइरहेको छ । 

गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किलोमिटर सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटर सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किलोमिटर सडक नेपाली सेनामार्फत ट्रयाक खोल्ने काम भइरहेको छ । सेनाले आगामी वैशाखसम्ममा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारमार्फत निर्माण गरिएको छ । 

मुख्य बजारमा चार लेन 

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भएपनि धादिङको गल्छी बजार र नुवाकोटको गंगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन लागिएको छ । गल्छीको मुख्य बजारमा ५०० मिटर र गंगटेदेखि ढुङ्गेसम्म पाँच किलोमिटर सडकमा बीचमा फूलबारी (क्वारी) सहित चार लेनको बनाउन लागिएको योजना प्रमुख देवकोटाले बताउनुभयो । उहाँका अनुुसार दुई लेन सडकमा ११ मिटर कालोपत्रे बनाइने सडकको मध्यभागदेखि दायाँबायाँ १५÷१५ मिटर जग्गा अधिग्रहणका लागि नापी कार्यालयमार्फत लगत संकलन भइरहेकाले जतिसक्दो चाँडो यकिन गरी मुआब्जा वितरण गर्न पहल भइरहेको छ । रु नौ अर्ब पचास करोडको लगानीमा निर्माण भइरहेको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किलोमिटर सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो । 

त्रिदेशीय मार्ग बन्ने 
चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्ग समेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिङ्गो मुलुकको आर्थिक विकासमा यो सडक ठूलो योगदान रहने छ । 
राष्ट्रिय गौरवको योजनाको रुपमा हेरिएको यो सडक निर्माणको कामलाई जनअपेक्षाअनुसार नै नयाँ बन्ने सरकारले तीव्रता दिने आशा गरिएको छ । भारतीय सरकारबाट अघोषित नाकाबन्दी भइरहेको समयमा विसं २०७२ कात्तिक २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यो सडक निर्माण गर्ने निर्णय गरेको थियो । सडक सञ्चालनमा आएपछि चीनसँगको सीमा रसुवागढीदेखि त्रिशूली, गल्छी हुँदै काठमाडौँ पुग्न १२८ किलोमिटरको मात्रै यात्रा तय गर्नु पर्नेछ । योजना प्रमुख देवकोटाका अनुसार रसुवागढीदेखि गल्छी हुँदै भारतीय सीमा क्षेत्र पर्साको ठोरीसम्मको दूरी २७८ किलोमिटर मात्र हुनेछ । 
सन् २०२० सम्म केरुङमा रेल सेवा विस्तार गर्ने चीन सरकारको योजनाले रसुवागढी–काठमाडौँ तथा रसुवागढी–ठोरी सडकको उपयोगितालाई अझै बढाइदिने छ । रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x